महावाणिज्य दुतावासद्वारा लोकतन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको प्रासंगिता विषयमा छलफल

धरान ÷भारतीय महावाणिज्य दूतावाद्वारा मंसिर १० गते शुक्रबार ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत लोकतन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको प्रासंगिता विषयमा समूहगत छलफलको आयोजना गरेको छ ।
वीरगञ्जको क्वलर्स रिसोर्टमा भएको समूहगत छलफलमा सामाजिक कार्यकर्ता एवम् व्याख्याता श्रीमति मोनिका सिंह, साहु विचार मञ्च रक्सौलका अध्यक्ष सुरेशकुमार, अर्थशास्त्री श्रीमति लक्ष्मीकर्ण, हेटौडा उच्च अदालतका अधिवक्ता रामेश्वर सेढाई, वीरगञ्ज कलेजका प्रिन्सिपल विनोद गुप्ता, जिल्ला अदालत वीरगञ्जका अधिवक्त पन्नालाल गुप्ता, प्रोफेसर अनिलकुमार सिन्हा, एसकेजिसी सितामणि विहारका प्रिन्सिपल जगदिश शर्मा, प्रतिक प्रकाशन समूह प्रालिका अध्यक्ष भारतीय कन्सुलर जनरल नितेष कुमार, विरगञ्ज नागरिक समाजका पदाधिकारी, वाणज्य दुतावसाका पदाधिकारी तथा अन्य सदस्यहरुको छलफलमा उपस्थिति रहेको थियो ।


समूहगत छलफलमा रहेका सदस्यहरुले संविधानका विशेषताहरु तटस्थता, समावेशिता, परिमार्जनशीलता, प्रंगतिशीलता, शक्ति पृथकीकरण, सरकारको कर्तव्य र नागरिकको मौलिक अधिकारको संरक्षणको प्रत्याभूति आदिका बारमो प्रकाश पारेका थिए । १२१५ को म्याग्नाकाटादेखि २०१५ को नेपालको संविधानसम्मको संविधानको इतिहासलाई प्रतिविम्बित गर्दै लोकतन्त्रको सफलताका लागि संवधिान महत्पपूर्ण औजार भएको विश्लषण गरिएको थियो । बलियो लोकतन्त्र संविधानले त्यसका तीन खम्बा व्यवस्थापिका, कार्यपालिका, न्यायापालिकमा नियन्त्रण र सन्तुलन राख्ने, यसले लोकतन्त्रको फलिफाप, सफलता सुनिश्चित गर्ने सदस्यहरुको धारणा थियो । उनीहरुले भारतको संविधानमा जोड दिँदै नेपालले पनि केही प्रावधानहरु समावेशिता, प्रगतिशिलता, जनताको मौलिक अधिकारको सम्मान न्यायपालिकाको सर्वोच्चता आदि अंगीकार गर्न सक्ने सुझाव दिएका थिए ।कार्यक्रममा कन्सुलर जनरल नितेष कुमारले यस विषयमा विविधता तथा जानकारीमूलक विचारहरुका लागि सहभागीहरुलाइ धन्यवाद दिनु भएको थियो । उहाँले संविधानले प्रदान गरेको अधिकारको संरक्षणका साथै नागरिकले पनि कर्तव्यको पालना गर्दै यसमा व्यवस्था गरिएका उचित बन्देजको कदर गर्नुपर्ने बताउनुभयो । धन्यवाद ज्ञापन (पिपिएस) कन्सुलर शैलेन्द्र कुमारले गर्नुभएको थियो भने सञ्चालन आइसिएस कन्सुलर श–भु कुमारले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया