घण्टाघरबाट हेर्दा

खुट्टी हेर्दै थाहा पाइयो
प्रतिबन्द्वीसँग वडाको सदस्य समेत जित्ने हैसियत भएका मिन विके र आफनो जिल भोजपुरबाट जीवनभरि चुनाव जित्ने अ‍ैकात नभएर गाँठ र शक्तिको आँडमा सुनसरी झरेर चुनाव जितेका ज्ञानेन्द्रबहादुर कार्कीको यसपटक कार्जेकर्ताको राम्रैसँग खुट्टी देख्न पाए । वाल्वाटारे शेरु काजीको चरम चाकडी गरेर आmूर्ला तीसमार खाँ सम्झदै हिँड्या यी दुवै खलपात्रहरु यसपटक ह्वाङ्गै हुने गरी नांगिएका छन् । शेरुको धमास लगाएर सुनसरीमा अकोरात्र खथिएका कार्जेकर्ताहरुलाई पन्छाई अको ढोकाबाट बसाई सरेकालाई १४ अहौं महाधिवेशनमा उमेदवार बनाएसी’ यिन्को हैसियत अब कार्यकर्ताले खुट्टी हेर्दो चाल पाएका छन् । आन्तरिक प्रतिष्पर्धामा पनि शेरुबाट फोन गराएर एउटालाई थेचार्ने, अर्कोलाइए उठाउने गर्दा सुनसरी क्षेत्र १ बाट क्लिनस्पि हुनुप¥या छ । झोलेहरुले अब त चाल पाए होलान् टुप्पोबाट पलाएकाको ल्याकत ?
टालाटुली बाटुलीको बेहुला
टालाटुली बटुलेर झुम्राको पुतलीमा बेहुला भएका बाल्वाटारे मुखिया त्यसै त्यसै गजक्क परेर बस्या छन् । प्रचण्डाउ, माकुने, जादवले बोकेको भरमा गजक्क परेक मुखियालार्य कहिले सद्बुद्धि आउला कुन्नि ? आफ्नो घर लथालिंग बनाएर कतिन्जेल तिन्लाई काखी च्याप्ने हुन ? न ती सँग विचार मिल्छ, न नीति मिल्छ, न नारा मिल्छ । अक्टोपस जस्ता तिलने कहँ पु¥याएर खँदारिदिने हुन् । जतातै आदमीहरुले थुक्न थाले, अर्काको काँधमा सदैव बसिररहन पाइन्न भन्ने मुखियालाई कस्तो हेक नभएको होला ? सधै पुतलीको बेहुला भएर पनि त चल्दैन होला । कि कसो हौ ?
गोरखा टुक्र्याउनुपर्छ रे


नेपाली राजनीतिमा एकजना खलपात्र छन । ती कहिल्यै सद्धे गफ गर्दैनन् । कहिल्यै अरुको भलो चिताउँदैनन् । जहिल्यै नि भाँड्ने, भत्काउने, उजाड्ने, विगार्ने ध्याउन्नमै हुन्छन् । दश बर्षसम्म गाँडेर आएका तिन्को स्वभाव अबचाहिँ बद्लिएला कि भन्ने थियो । के को बद्लिन्थ्यो ? कुकुरके पुछडी बाह्र बर्षसम्म तनक्क तन्काएर राखेपन िअन्तेमा उही बाँगाको बाँगै । ती खलपात्रको नाम हो बाउराम कामी । अस्तिका दिन तिन्ले गोरखा जिल्लालाई टुक्र्याएर दुई वटा बनाउनुपर्छ भनेर भाषन ठोकेछन् । तिन्ले किन त्याृ भन्या रैछन् भन्या त विचराको आउने चुनाउमा धोती न टोपी हुनेवाला रै’छ । पहिला पो काँग्रेसको पुर्कौ अँठ्याएर चुनाव जित्या थे । अब सग्लै गोरखा जिल्ला हुँदा चुनाउमा तिनलाई हातलागी शून्य हुने चालपाएर टुक्र्याउनुपर्छ भनेर उफ्रदा रै’छन् । भोलि तिन्लाई असहज भए देशै टुक्र्याउँ
भन्लान् ।
दुई तिहाई ल्याएर रेल कुदाउने रे
झालेमलेका अध्यक्ष खप्रओसँग गफ गर्न त कस्ले सक्ने ? हजार जिब्रा भएका शेषनागलाई पनि धौ धौ नै पर्ला । हाँडीमा मकैको फूल बुरुरु बुरुरु पड्क झै ओलीको थुतुनो पड्केसी बेग्ला बेग्लै जानका पाँचवटा झुम्राका पुतलीहरुको अपानावायु नै बन्द हुन्छ । पछि तीनीहरु पालैपालो भम्किन्छन् । अस्तिका दिन खप्रओ वाले अब हुने चनावमा दुई तिहाई मत ल्याएर पूर्व पश्चिम रेल कुदाई दिने गफ हान्दिए । सत्तामा बसेका झुम्राका पुतली मकुने र प्रचण्डाउले कतैबाट एक सिट जित्न नसक्ने कुरा घामजस्तै छर्लङ्ग भाको बेला खप्रओले गफ हान्देसी तिनको यतिबेला होसहवासै उड्या छ । ठाम पाए भने खपओले गर्छन भन्ने कुरा तिन्ने राम्ररी बुझ्या छन् । उनेरु यतिबेला आफ्नो इज्जत जोगाइदिन वाल्वाटारे शेरुलाई हारगुहार गरिरहेका छन् । गठबन्धन बनाएर चुनाउमा जानुपर्छ भनेर ल्याङल्याङ गरिरहेका छन् । हेरुम शेरु मुखियाले के गर्छन् ?
राजनीति समाप्त पार्न खोजे
आफूले बोल्या कुरा आफैलाई पत्तो नहुने, अरुको बुई चढेर जंघार गर्ने बानी प¥या प्रचण्डाउले अस्तिका दिन भन्या गलनायकहरुले मेरो राजनीति साफ पार्न खोज्दैछ् रे । आफै साफ भएकालाई कस्ले साफ बनाउने ? आउने चुनाउमा बध्ी ालेर खोज्दा नि फेला पार्न मुस्किल हुने अवस्था पुगेसी विचारा हिराआज जतिखेर नि बर्बराउन थाल्या छन् । राजनीतिमा अरुको डाहा गरेर हुने भए त यो घण्टाघर पनि मादल ठोकेर डाहा गर्ने थियो लगौटी कम्मरम दह«ो कन्दनी छउन्ज्याल मात्र अडिन्छ । कन्दनी छिनेपछिलगौटी सिद्धि नै भयो । आफ्नै कार्जैकर्ताले मुदालाई जुम्राले छोडेर हिडेजस्तै हिडिसकेपछि अब फुइøयाको गन गन गरेर अरुलाई दोष दिनु ?
समान्य कार्जेकर्ता
दिउँसै बत्तीबालेर हिँड्दा पनि सग्लो अनुहार निकाल्न मुस्किल पर्ने झालेमालेका नेता लालबाबु पण्डितले भन्या नेकपा एसका प्रोपाइटर माकुने भन्या प्रचण्डाउका सामान्ये कार्यकर्ता मात्र हुने रे । कुरा त पण्डितले सोह«आना ठीक भने । प्रचण्डाउकै उक्साहटमा आफ्नो घरमा डोजर चलाए । प्रचण्डाउ जसे इमन्दार नेता देखेको छुइन भनेर माकुनेले त्यसै भन्या होइन नि गाँठे । अन्दरका वात पण्डितले ठ्याक्कै पत्ता लगाएछे । आखिरी अनुहार नपरे पनि लालबाबु पण्डित हुन नि ।
एमाले हिड्दैन दौडिन्छ रे
माकुनेको मलद्वारलाई नि हरिद्वार देखेर महिनौसम्म पछुवारा भएर हिडेका ताक परे तिवरी नत्र गोतामे स्वभाव भएका योगश भट्टराई रोइकराई गरेर खप्रओतिरै छि¥या छन् । नांगिनुसम्म नाँगिएपछि लाल सरमको कुरा पनि आउँदैन । अस्तिका दिन तिन्ले भन्या अब एमाले हिड्दैन, दौडिन्त र सरकरमा कमव्याक हुन्छ । हैन हौ गोरखा तिरको एउटा भट्टराई खुस्केरसबैलाई हैरानीबनाएको बेला ताप्लेजुङ्गतिरका अर्का भट्टराई पनि खुस्किएछन् । नहिडी कोही दौडिन्छ ? बोल्दा नि यसो लोकलाज नहुने गरी भाँती पु¥याएर त बोल्नुपर्छ ।
अन्तेमा
नप्लिज कँग्रेसको आसन्न १४ आंै महाधिवेशन अन्तरगत सुनसरी क्षेत्र न. १ मा भएो पैदेश र क्षेत्रीय निर्वाचनम आायारामहरुको कन्त विजागगै भएो छ । पद जति सबै आफ्नो पोल्टामाहुनुपर्ने मनसुवा राख्नेहरुालई यसपटक बुथ सभापति, क्षेत्रीय पतिनिधिरुले धोती धुलाइ दिएका छन । रातारात वल्लो घर छोडेर पल्लो घर भित्रिएकाहरु अब के पो गर्लान ? अरुलाई हराउँदा गर्व गरेर हिड्ने अनि आफै पाहा पछारिएझैँ पछारिदा बल्ल चेत भन्दैछन् कि । त्यसैले अरुकापति कहिल्यै कुभलो नचिाउनु भनेर बुढापाकाहरुले त्यसै भन्या होइन ।

तपाईको प्रतिक्रिया