धरान । भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा दोस्रो इन्टर भूपू समिति व्याडमिन्टन च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको छ ।
पूर्वाञ्चलमा रहेका भारतीय भूतपूर्व सैनिकहरुका वाह्रवटा समितिहरुबीच ५४ वटा टिम सहभागी भएर प्रतियोगिता सम्पन्न भएको थियोे ।
भूपूहरु कार्यक्षेत्रबाट रिटायर्ड हुनुभएको हो थाक्नु भएको होइन भन्ने मान्यतालाई प्रतियोगिताले प्रमाणित गरेको छ । दमक भूतपूर्व सैनिक संघबाट प्रतियोगितामा सहभागी हुनु भएका ८२ बर्षीय सुवेदार हस्तबहादुर राईले प्रतियोगितामा देखाउनु भएको जोश, स्फूर्ति अन्य उमेर समूहका भूपूहरुका लागि समेत अनुकरणीय रहेको थियो ।

प्रतियोगितामा धरान, दमक, इलाम, पथरी, विराटनगर, तरहरा, शान्तिनगर, इटहरी, झुम्का, बेलबारी, उर्लाबारी र वेलटारका भूपू समितिहरुले सहभागिता जनाएका थिए । जसमा ५० बर्ष उमेर भन्दा कमका २२ टिम, ५० देखि ७० बर्ष सम्मका १६ टिम, ६० बर्ष माथिका प्रतियोगी ४ टिम, ६० बर्षभन्दा माथि (cat (s) मा ६ टिम, र महिला अबत मा ६ टिम रहेका थिए । नेपाल भूतपूर्व सैनिक संघ केन्द्रीय कार्यालय धरानले संयोजन गरेको धरान भूतपूर्व सैनिक संघबाट सहभागी ५० बर्ष मुनिका प्रतियोगिले ४, ६० बर्ष माथिका प्रतियोगिले ४, ६० बर्षभन्दा माथि माथि (cat (s) समूहले ४ गरी कूल १२ अंक ल्याई पहिलोे भएका थिए । यस्तै दमक भूतपूर्व सैनिक संघबाड ५० बर्ष भन्दा कम उमेर समूहका पैतियोगीले २, ६ बर्ष सम्मका २, ६० बर्षभन्दा माथि (cat (s) समूहल ४ अंक प्राप्त गरी दोस्रो भएका थिए । प्रतियोगितामा सहभागी इलामका भूपूले ४, पथरीका भूपूहरुले २, विराटनगरका भूपूहरुले २, तरहरका भूपूहरुले २ अंक जोडेपनि अन्यले भने कुनै अंक जोड्न सकेनन् ।
विजेता तथा उपविजेता प्रतियोगीहरुलाई नगद, ट्रपी, शिल्ड वितरण गर्दै संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी गोविन्दकुमार साहले सेवानिवृत्त भएर बस्नु भएका भूपूहरुलाई यस्ता प्रतियोगिताले एकै ठाउँमा ल्याउन मात्र नभई आपसी भेटघाट र स्वास्थ्यमा समेत सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, हामी सबै यही समाजमा बसोबास गरेकाले यस्ता खेलहरुले एक आपसमा भातृत्वको बोध गराउने, आपसी सहयोगको आदानप्रदान हुने भएकोले आगामी दिनमा इन्टर भूपू व्याडमिन्टन प्रतियोगिताले निरन्तरता पाउने आशा व्यक्त गर्दै भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य लगायत दर्जनौ क्षेत्रमा उल्लेखनीय सहयोग उपलब्ध गराउँदै आएको पनि स्मरण गर्नुभयो । हामीबाट सहयोग आवश्यक परे जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत उहाँले बताउनुभयो ।
यसैगरी पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले व्याडमिन्टन प्रतियोगितामा सहभागी भूपूहरुको कसैको पनि हार जीत नभई यसलाई भेटघाटको माध्यम मान्नुपर्ने धारणा राख्नुभयो । उहाँले पटक पटक दोहो¥याउनुभयो तपाईहरु रिटायर्ड हुनु भएको हो टायर्ड हुनु भएको होइन । महिला सशक्तिकरणलाई ध्यानमा राखेर यसपटकदेखि महिलाहरुलाई समेत सहभागी गराएको जानकारी दिँदै दमका ८२ बर्षीय सुवेदार हस्तबहादुर राईको खेल स्प्रिट र अनुशासनको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।
