इटहरी÷नेपालका अग्लो कदका चर्चित व्यक्तित्व राजन अधिकारी नेपाल वन निगम लिमिटेड विराटनगर शाखाका सातौ तहका कार्यालय प्रमुख विमल विक्रम पन्तजस्तो घुस्याहा हाकिम आजसम्म आफूले नदेखेको बताउनुहुन्छ ।
मोरङ्ग कानेपोखरी वडा नं. ४ हाल इटहरी बसाई सर्नुभएका अधिकारीले घर बनाउन चौकस लगायतका काठका लागि नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगरमा निवेदन दिँदा सास्ती खेप्नु
परेको बताउनुभयो । उहाँले भन्नुभयो घर बनाउन सम्पूर्ण कागजात सहित निवेदन हाल्दा पन्तले साह«ै झुलाए । एकातिर कर्मचारीलाई राजनजीलाई काठ दिइहाल्नु भनेर चिप्लो घसेर अह्राउने अर्कोतर्फ पोचा, सडेका मर्केका, कामै नलाग्ने काठ देखाउने अधिकारीले सुनाउनुभयो । निगमकै कर्मचारी कृष्ण निरौलाले हाकिमको कुरा हो मैले त भन्नु नहुने यस्तो काठ नलैजानुस् भनेपछि आफूले छोडेको पनि उहाँले सुनाउनुभयो । राम्रो काठ व्यापारी, मन्त्री, प्रहरीका उच्च पदस्थ कर्मचारी, पहुँचवालाहरुलाई रातरात लोड गरेर चर्को मूल्यमा बेच्छन् । तर सर्वसाधारणलाई सरकारले तोकेको राजस्व भन्दा बढी लिएर पोचा, चर्केको, मर्केको, कुहेको दिन्छन् अधिकारीले भन्नुभयो । उहाँले भन्नुभयो निजको कर्तुतका बारेमा म जहाँ गएर पनि बोल्न तयार छु ।

अधिकारी त एउटा प्रतिनिधि पात्र मात्र हुन् । निगमले सैयौ सर्वसाधारणलाई यसैगरी ठग्दै आएको र यसका मुख्य व्यक्ति कार्यालय प्रमुख विमल विक्रम पन्त नै भएको अन्य सर्वसाधारण बताउँछन् । टिम्बर कर्पोरेशन अफ नेपाल र वन पैदावर विकास समितिलाई दुई बर्ष अगाडि गाँभेर गठन गरिएको नेपाल वन निगम लिमिटेडले काठ दाउरा संकलन, चिरान उत्पादन तथा आपूर्ति, दाहसंस्कार, पुरातत्व विभागलाई काठ उपलब्ध गराउने, धार्मिक प्रयोजनका लागि दाउरा उपलब्ध गराउने, काठको सिजरिङ्ग र ट्रिटमेन्ट, पोल उत्पादन गर्ने, घर निर्माणका लागि सर्वसाधारणलाई न्यूनत्तम राजस्व लिएर काठ उपलब्ध गराउने दायित्व पाएको हो । आगामी पौषमा अनिवार्य रिटायर्ड हुने भएपछि पन्त ज्यान Ïयालेर कमाउधन्दामा लागेको निगमकै एक कर्मचारीले बताए ।
विगतमा लटै गायव
चरम भ्रष्टाचार र अनियमितिता गर्दापनि नेपाल वन निगम लमिटेड विराटनगर शाखाका प्रमुख पन्तलाई कार्वाही नगर्नुलाई कर्मचारीहरु समेत आश्चर्य व्यक्त गर्छन् ।
विराटनगर शाखाका एक कर्मचारीले भने २०७२ सालमा पन्तले नेपाल टिम्बर कर्पोरेशन नेपालगञ्चको कार्यालय प्रमुख हुँदा काठको लटै गायव बनाएका थिए । उनले भने एक लटमा ४ सय किवीदेखि १२ सय किवीसम्म हुन्छ । नेपालगञ्ज पछि कैलाली बस्दा पनि निजले बद्मासी गरेको उनले सुनाए । त्यसबेला निजको नाममा २ लाख ५० हजार बेरुजु निस्किएको थियो ।
ती कर्मचारीका अनुसार पन्तले कतिसम्म फट्याई गरेका थिए भने कैलाली बस्दा भाडा खान संस्थानकै गाडी ठेकेदारलाई दिएका थिए । पछि एक्सिडेन्ट भएपछि उनको थप कतुर्त बारिहएको थियो । ठेक्का कटान, मुछान, ढुवानी गर्दा ठेकेदारलाई संस्थानको गाडी दिन पाइदैन । त्यसबेला उनको हरेक अनियमिततामा बचाउ गर्ने हाल रिटायर्ड भइसकेका सह–महाप्रबन्धक रामचन्द्र भट्टराई थिए । यतिमात्र होइन २०७५ सालमा नेपाल टिम्बर कर्पोरेशन भरतपुरको कार्यालय प्रमुख हुँदा निजले अर्थमन्त्रालयको २ करोड ५० लाखको अनुदानमा सिजरिङ्ग र ट्रिटमेन्ट प्लान्टको रकममा समेत राम्रै घोटाला गर्न भ्याएका थिए । प्यालन्ट स्थापना नगरी कमिशनको चक्करमा ९ हजार लिटर केमिकल खरिद गरे । विराटनगरका व्यापारी विशाल केडियामार्फत खरिद गरिएको ती केमिकल भरतपुर नेपाल वन निगम लिमिटेडको कार्यालय परिषरमा हाल पनि डम्पिङ गरेर राखिएको छ । त्यसबबेला ९० लाखमा खरिद गरिएको केमिकल अब काम नलाग्ने अवस्थामा पुगेको नेपाल वन निगम लिमिटेड भरतपुरले जनाएको छ । यस सम्बन्धमा थप बुझ्न भरतपुरका कार्यालय प्रमुख प्रदीप निरौलासँग (९८६९१७०८२०) मा सम्पर्क राख्दा सम्पर्क हुन सकेन ।
भूकम्प पीडितको काठ व्यापारीलाई
वि.सं. २०७२ सालमा गएको महाभूकम्पपछि सरकारले सर्वसाधारणको घर निर्माणका लागि सहुलियत दरमा काठ विक्री गर्न कार्यविधि नै तयार गरी मातहतका निकायलाई निर्देशन दियो । तर निजले भूकम्प पीडितलाई काठ नदिएर व्यापारीहरुलई बेचेका थिए । तर सम्बन्धित निकायले हालसम्म यसमा छानविन नगरेकोमा निगमका कर्मचारीहरु नै आश्चर्य व्यक्त गर्छन् । २०७७ साल यता त भूकम्प पीडितले काठ पाउनै छाडेका छन् । यस्ता काठहरु सबै सेटिङ्गमा व्यापारीकहाँ पुगेको उनीहरुले बताए ।
विराटनगर आउनु अगावै सेटिङ
नेपाल वन निगम लिमिटेड विराटनगर आउनु अगावै सुनसरी, उदयपुर, मोरङ्गका राष्ट्रिय वनबाट ढलापला, सुख्खा, खडा गरी ३० हजार किवी काठ चिरानका लागि इटहरीको मनोकामना स–मिल र सिद्धकाली स–मिलसँग साँठगाँठ गरेको काष्ठ व्यवसायीहरु बताउँछन् ।
इटहरीका एक काष्ठ व्यवसायी भन्छन् चिरानको टेन्डर हुनु अगावै दुवै स–मिलसँग पन्तको भित्री सहमति भइसकेको थियो । गत पौष अन्तिम सातादेखि ३० हजार किवी काठ चिरान शुरु गरेको र हाल सम्म १८ हजार किवी काठ चिरान भइसकेको छ । १८ हजार किवी काठ चिर्दा १८ सय किवी काठ गायव बनाइएको र सोको मूल्य भ्याट सहित १ करोड ७० लाख २० हजार हुन आउँछ । यो संस्थागत भ्रटाचार हो ती व्यवसायीले भने । सहुलित दरमा आफ्नै डिपोबाट बेच्नुपर्ने काठ चिरान गरेको मिलबाटै व्यापारीहरुसँग प्रति किवी एक हजारदेखि १ हजार ५ सय बढी लिएर बेचिएको मात्र छैन चिरान आदेश मनोकामना स–मिललाई दिएर शिद्धकालीमा चिरान गर्नु नै भ्रष्टाचार भएको स्पष्ट हुन्छ, उनले भने ।
पन्त र जिएम भट्टराईको मिली भगत
नेपाल वन निगम लिमिटेड विराटनगर शाखाका कार्यालय प्रमुख विमल विक्रम पन्त र केन्द्रीय महानिर्देशक (जिएम) रामेश्वर भट्टराइको मिलीभगतमा संस्थागत भ्रष्टाचार हुने गरेको निगमको विराटनगर शाखाका एक कर्मचारीले बताए ।ती कर्मचारीका अनुसार जिएम भट्टराई र पन्तकै मिलीभगतमा असोजको पहिलो हप्ता राम सुन्दर खड्का भन्ने भित्री व्यापारीले इटहरी १६ स्थित सिद्धकाली स–मिलबाट तीन पटक छानी छानी चिरान काठ लिएर गएका थिए । ना ५ ख २०६६ नम्बरको १० चक्के गाडीबाट व्यापारीलाई त्यसरी काठ विक्री भएको कुरा सम्बन्धित निकायलाई जानकारी नहुनु थप आश्चर्यको विषय हो, उनले भने ।
