ुधे (झापा)÷झापा, मोरङ र इलामको दक्षिणी भेगमा बसोबास गर्ने भूतपूर्व भारतीय सैनिकहरुले झापाको दुधेमा भारतीय डिष्ट्रिक्ट सोज्लर बोर्ड (डिएसवी) राख्न भाग गरेका छन् ।
भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानद्वारा असोज ११, १२ र १३ गते अर्थात सेम्टेम्बर २७,२८ र २९ तारखेसम्म सञ्चालित रैलीमा सहभागी भूतपूर्व सैनिकहरुले त्यस्तो माग गरेका हुन् ।
झापाको दूधे स्थित संयुक्त सैनिक संघ नेपालको कार्यालयमा गत बर्ष पनि फागुन २ गतेदेखि ४ गतेसम्म अर्थात फ्रेबुअरी १४, १५ र १६ तारेखसम्म सञ्चालन भएको भारतीय भूतपूर्व सैनिकहरुको
रैलीमा उनीहरुले हरेक दृष्टिले पायक पर्ने दुधेमा डिष्ट्रिक्ट सोल्जर बोर्ड राख्न माग गरेका थिए । यसका लागि उनीहरुले पेन्सन वितरण कार्यालय धरान हुँदै भारतीय राजदूतावास रक्षा सहचरी (म्षभलअभ ध्ष्लनक) सम्मको ध्यानाकर्षण गराइसकेका छन् ।
दुधेमा तीन दिनसम्म चलेको रैलीमा सहभागी भारतीय भूतपूर्व सैनिकहरुले विगतमा झै यसपटक पनि सुविधाजनक ढंगले लाइभ सर्टिफिकेट नविकरण गर्ने, भारत सरकारले लागू गरेको दर्जन भन्दा बढी लोककल्याणकारी कार्यक्रमहरुका बारेमा जानकारी लिने, असावधानीबस आफ्ना डकुमेन्टहरुमा भएका त्रुटिहरु सच्याउन उत्साहका साथ सहभागी भएका थिए । गत बर्ष उनीहरुले गरेको आग्रह अनुसार पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहको पहल र भारतीय राजदूतावासको रक्षा सहचरीको स्विकृतिमा तेस्रो पटक दुधेमा रैली सम्पन्न भएको हो ।
झापा, मोरङ्गको उत्तरी पूर्वी क्षेत्र, झापासँग जोडिएको इलामको दक्षिणी भागमा ३५ सय भारतीय भूतपूर्व सैनिकहरु एवम् तिनका आश्रित परिवारको बसोबास छ । विगतमा उनीहरु झण्डै एक सय किलोमिटरको दूरीमा रहेको धरानस्थित पेन्सन वितरण कार्यालयमा पुगेर आफ्नो लाइभ सर्टिफिकेट नविकरण गर्ने, ECHS (EX-Servicemen Cotributory Health Scheme), लोककल्याणकारी कार्यक्रम लगायतका कुराहरुको जानकारी लिने गर्दथे । हरेक भारतीय भूतपूर्व सैनिकहरुले इसिएचएस कार्ड बनाउन लाइभ सर्टिफिकेट अनिवार्य रिनो गर्नुपर्र्ने व्यवस्था रहेको छ । भूतपूर्व सैनिकहरुले डिएसवी राख् गरेको आग्रहमा प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएपनि डिष्ट्रिक्ट सोल्जर बोर्डबाट उपलब्ध गराइने सम्पूर्ण सेवा रैलीबाट उपलब्ध गराइएपछि वृद्ध भूतपूर्व सैनिक, आश्रित बृद्धबृद्धा तथा एकल महिलाहरुले खुशी व्यक्त गरेका थिए ।
विगतमा झै यसपटक पनि पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहको नेतृत्व सहितको प्राविधिक टोलीले तत्काल लाइभ सर्टिफिकेट (म जिउँदै छु) नविकरण गर्ने, डकुमेन्ट्समा भएका त्रुटिहरु सच्याउने, इसिएचएसका सम्बन्धमा जानकारी गराउने काम गर्दा भूतपूर्व सैनिकहरु खुशी भएका थिए । भूतपूर्व संनिक संघ दुधेका अध्यक्ष नरबहादुर राईले भन्नुभयो, रैलीमा भारतीय भूतपूर्व सैनिकहरुको उत्साहजनक सहभागिता रहेको थियो । लाइभ सर्टिफिकेट लिनेहरु मात्र २ हजार २ सय ७२ पुगेका थिए । कतिपय साथीहरुले धरानस्थित पेन्सन वितरण कार्यालयमै पुगेर लिनुभयो । डिएसवी राख्ने कुरामा पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी अत्यन्तै सकारात्मक हुनुहुन्छ, उहाँले प्रयास गरिरहेको बताउनुु भएको राईले सुनाउनुभयो । उहाँले भन्नुभयो हाम्रो आग्रहलाई भारतीय पेन्सन वितरण कार्यालय धरानले सुनेकोले रैलीमार्फत दुधेबाटै हामीले सबै सुविधा पाएका छौ, अध्यक्ष राईले भन्नुभयो । विगतमा झै यस पटक पनि लाइभ सर्टिफिकेट लिन बृद्धबृद्धाहरु, अशक्तहरुलाई प्रभावी अधिकारी मेजर अभिषेक सिंहले सुविधा होस् भन्ने हेतुले टेम्पो, सफारी, रिक्सा तथा अन्य सवारी साधनमा आएकाहरुलाई भुइँमा उत्रन नदिई तत्काल लाइभ सर्टिफिकेट उपलब्ध गराउनु भएको थियो ।
तीनदिनसम्म चलेको एक्स सर्भिसमेन रैलीलाई प्रत्येक दिन पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले सम्बोधन गर्नुभएको थियो । उहाँले यस क्षेत्रमा बासाबास गर्ने भूपूहरुका लागि हामी तेस्रो पटक आएका हौ । आगामी दिनमा पनि रैलीले निरन्तता पाउने भूपूहरुलाई विश्वास दिलाउँदै भन्नुभयो रैलीको प्रमुख उद्देश्य यस क्षेत्रमा बसोबास गर्ने भूपूहरुको लाइभ सर्टिफिकेट नविरकण, दोसंो पेन्सन केही कारणले रोकिएको वा रहलपहल भएमा त्यसका बारेमा जानकारी गराउनु नै हो । उहाँले लाइभ सर्टिफिकेटमा दुई वटा मापदण्ड तय गरिएको समेत जानकारी गराउनुभयो । ७० बर्ष भन्दा माथिका भूपू तथा उहाँहरुका फेमिली पेन्सनर जो हुनुुहुन्छ उहाँहरुलाई तत्काल लाइभ सर्टिफिकेट उपलब्ध गराउने र ७० बर्ष भन्दा मुनिका भूपू तथा फेमेली पेन्सनर समेत रैलीमा आउनु भएकोले उहाँहलाई समेत लाइभ सर्टिफिकेट उपलब्ध गराउने मेजर सिंहले आफ्नो सम्बोधनमा बताउनुभयो । उहाले भन्नुभयो भारत सरकारले भारतीय भूतपूर्व सैनिकहरुको सेवा सुविधालाई उच्च प्राथमिकता दिएको छ । सबै पेन्सनरहरुको पेन्सन बैंक खातामा हाल्ने गरेको, महँगी भत्ता उपलब्ध गराएकोले सबैलाई आफ्नो बैंक खाता चेक गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो बैकमा पेन्सन र महँगी भत्ता बढेर आएको छ । कसैलाई बढेको छैन भन्ने सन्देह लागेमा तुरुन्त पेन्सन वितरण कार्यालयमा सम्पर्क राख्न आग्रह गर्दै अब बृद्धबृद्धा, भर्खरै पेन्सनर भएर आएकाहरुले लाइभ सर्टिफकेट लिँदा विगतमा जस्तो एउटै लाइनमा बस्नुपर्दैन । सन् २०२० देखि अप्रिलमा ७० बर्ष भन्दा माथिका र नोभेम्बरमा ७० बर्ष भन्दा कम उमेर भएकाहरुले लाइभ सर्टिफिकेट नविकरण गर्नुपर्छ ।


