हाइड्रो इलेक्ट्रोसिटीको हव बन्दै ताप्लेजुङ ः सानिमा हाइड्रोमा ५० जना चिनिया कामदार

फुङलिङ÷नेपालका दुई ठूला छिमेकी मुलुक चीन र भारतसँग सीमाना जोडिएको प्रदेश नं. १ को उत्तरपूर्वी पहाडी जिल्ला ताप्लेजुङ हाइड्रो इलेक्ट्रिसिटीको हब बन्दै गएको छ । नेपाल सरकारको दुईवटा, प्राइभेट सेक्टरमा चारवटा गरी ८ सय मेघावाटका ६ वटा हाइड्रो इलेक्ट्रिसिटीले आगामी पाँच बर्षमा निर्माण सम्पन्न भएर उत्पादन दिने भएको छ ।
अधिकांश हाइड्रो आयोजना तमोर नदीमै बन्दै गरेका छन् । ताप्लेजुङ खिम्बुवामा नेपाल सरकारको ७५÷७५ मेघावाटका दुई आयोजना, प्राइभेट सेक्टरका मिटुवामेवामा १५० र ५० मेघावाट, तमोरमै सानीमा हाइड्रो इलेक्ट्रिसिटी धमाधम बन्दै छन् ।


नीजी क्षेत्रको सानिमा हाइड्रो इन्जिनियरिङले ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नं. १ र फुङलिङ नगरपालिका वडा न. १० फुरुम्बुमा ७३ मेघावाटको रनअफ द रिभर आयोजना निर्माण गरिरहेको छ । जलाशयविहीन उक्त ७३ मेघावाटको जल विद्युत आयोजना ७३ मेघावाटको भनिए पनि हिउँद महिनामा एक मात्र ट्वाईन चल्ने हुँदा २४ देखि ४८ मेघावाट सम्म मात्र उत्पादन हुने र बर्षायाममा तीनवटा टर्वाइन चल्ने हुँदा ७३ मेघावाट विद्युत उत्पादन हुने सानिमा जलविद्युत आयोजनाका प्रोजेक्ट म्यानेर मणिराज पोख्रेलले बताउनुभयो ।
सन २०१९ को मार्चबाट आयोजनाको निर्माण काम शुरु भएको हो । प्रोजेक्ट म्यानेजर इन्जिनियर पोख्रेलका अनुसार सन् २०२१ मा निर्माण काम सम्पन्न गर्ने भनिए तापनि सन् २०२२ वा २३ को फ्रेबुअरीमा सिध्याउने लक्ष्य आयोजनाले लिएको छ । काममा ढिलाई किन त भन्ने सवालमा पोख्रेलले भन्नुभयो विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण लकडाउन लगायतका विभिन्न कारणले पनि ढिलाई भएको हो । कुल १३ अर्ब ३३ करोडको सानिमा जल विद्युत आयोजनामा सरकारको कुनै लगानी छैन । पोख्रेलका अनुसार यो आयोजनामा युरोप, अमेरिका, बेलायत, जर्मन, जापान, रसिया लगायतका मुलुकमा बस्ने नेपाली र स्वदेशमै रहेका नेपालीहरुको लगानी रहेको छ ।
आयोजनाको डिजाइन, लागत इस्टिमेट सम्पूर्ण सानिमा हाइड्रो इन्जिनियरिङले गरे तापनि निर्माणको ठेक्का भने चाइनिज कम्पनीले गरिरहेको छ । चिनको चच्याङ्ग अफ हाइड्रोले काम गरिरहेको प्रोजेक्ट म्यानेजर पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो प्रोजेक्टको मुख्य ठेकेदार चाइनिज ठेकेदार कम्पनी चच्याङ्ग अफ हाइड्रो हो । अन्य सहायक कामहरु जस्तै मेटलको काम पोखराको माछापुछ«े मेट्रो वक्र्स, ट्रान्समिशन लाइनको काम कस्मिकले, टवाईनको काम चिनिया कम्पनी टिडब्लु–टिडब्लुले गरिरहेको छ । चाइनाको टिडब्लु –टिडब्बलु कम्पनीले अन्तर्राष्ट्रिय स्तरमै टर्वाइन सप्लाई समेत गर्दै आएको छ । यसैगरी सडकको काम नेपाली ठेकेदार कम्पनी बाबरी कस्ट्रक्सनले गरिरहेको छ ।
प्रोजेक्ट म्यानेजर पोख्रेल भन्नुहुन्छ, कोभिड १९ को प्रकोप शुरु हुनुभन्दा अगाडि २१८ जना चाइनिज कामदार र प्राविधिकले काम गरिरहेका थिए । तर प्रकोप बढेपछि उनीहरु अधिकांश फर्किए । हाल ५० जना चाइनिजले काम गरिरहेका छन् । चाइनिज इन्जिनियर डु थाङ्गसेङ्ग सहितका प्राविधिक रहेको पोख्रेलले बताउनुभयो । उहाँका अनुसार ताप्लेजुङ्गमा धेरै हाइड्रो
पावरका आयोजना बन्दैछन् । मेची
राजमार्गले छड, सिमेन्ट लगायतका हेभी इक्युमेन्टका सामानको भार धान्न सक्ने अवस्था छैन । यसको विकल्पको रुपमा सरकारले धरान, धनकुटा, बसन्तपुर, गुफापोखरी, ढुंगेसाँघु हुँदै दोभान
बजारसम्म सडक विस्तार गरिदिए सहज हुने पोख्रेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया