नेपाल–भारतका सैनिकको संयुक्त अभ्यास सम्पन्न

धरान÷नेपाल र भारतका सैनिकहरुको संयुक्त अभ्यास भारतको उत्तराखण्डको पिथौरागढमा शनिवार सम्पन्न भएको छ ।
भारतीय रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ सूर्यकिरण शैन्य अभ्यास १४ दिनसम्म चलेको थियो । प्रत्येक बर्ष हुँदै आएको संयुक्त शैन्य अभयासमा यसपटक नेपाली सेनाका रिपुमर्दन गण र भारतीय सेनाको छैठौ गढवाल राइफल्सको सहभागिता रहेको जारी विज्ञप्तीमा जनाइएको छ ।


असोज ४ गतेदेखि सञ्चालन भएको संयुक्त शैन्य अभ्यासमा आतंककारी गतिविधि नियन्त्रण, दैवी प्रकोप उद्वारसँगै दुई देशका सेनाबीचको पारस्परिक सम्बन्धमा केन्द्रित गरिएको थियो । संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तर्फबाट कर्णेल विजय बस्नेतले नेतृत्व गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व पनि सोही तहका सेनाले गरेका थिए ।

तपाईको प्रतिक्रिया