धरान÷प्रा.डा. भीम खतिवडाले साहित्यिक फाँटमा एउटा नयाँ आयाम पस्कनु नभएको छ । ‘गो याक हाइबुन । नियात्रा र हाइकुको फ्युजन हाइवुन । उहाँले भर्खरै प्रकाशित गर्नुभएको गो व्याक हाइवुन पाठकहरुका लागि नयाँ स्वाद हुन सक्छ ।
लेखक खतिवडाकै शब्दलाई पछ्याँउदा ‘कतै बाटोमा जाँदा वा साहित्यिक सन्दर्भलाई भावनात्मक कुराकानीमा राखेर लेखिने निवन्ध नियत्रा र पुराना कुरालाहरुलाई सम्झिएर लेखिएको यात्रा संस्करण बीचको साइनो पक्कै हुन्छ । हाइकु र नियत्राको संयोजक (फ्युजन) बाट हाइवुन बन्छ ।

उहाँले प्रकाशित गर्नुभएको गो व्याक हाइवुन दार्जीलिङ्गको घुम पहाडको सेरोफोरो समातेर जन्मिएको भए पनि यसले नेपालका पहाडी सडकहरुको समेत दार्जीलिङ्गको घुम पहाडको झै प्रतिनिधित्व गर्छ । केही समय अगाडि नेपाल प्रज्ञा पतिष्ठानका उपकुलपतिको नेतृत्वमा एक साहित्यिक कार्यक्रममा भाग लिन उहाँहरु दार्जीलिङ्ग बेलझुण्डी पुग्नु भयो । मोरङ्गको बेलबारीका रेखनाथ सुवेदी, शिला लेकाली, देवी थुलुङ्ग लगायत ६ जनासँगै हुनुहुन्थ्यो । उहाँले घुम पहाडको कल्याङ्गकुलुङ्ग परेको बाटोको प्रसंग कोट्याउँदै भन्नुभयो एउटा इन्जिनियर बंगालीले युरोपकी गोरी केटी विवाह गरेछ । विवाह गरेपछि काम गर्न जानै प¥यो । खर्साङ्ग, दार्जीलिङ्ग सडक,रेलबाटो कसै गर्दा पनि पत्ता लगाउन नसकेपछि दिक्क भएर घर फर्केछ । एक दिन त बसेछ अर्को दिन उसलाई श्रीमतिले घर बस्नै दिइनछन् । रातभरि चीसोमा बहिर बसेपछि भोलिपल्ट काममा गएछ ।
घरी फिता लिएर अगाडि पछाडि गर्दा उसलाइ आइडिया आएछ । पछि गो त्यसपछि व्यक गर्दा गो व्याक भन्ने सिद्धान्त बनेछ । यसैलाई प्रा.डा. खतिवडाले पुस्तकको रुपमा तयार गर्नुभएको हो । कल्याङ्गकुलुङ्ग सडक गो व्याकको सिद्धान्त हो ।
