मन्त्रिपरिषद् चाडै रे
सभामुख आगो प्रसादको निगाहमा संसद पदको थमौति पाएका पोइको रिसले नभई सौताको रिसले पोइको काँध तुक्र्याउने लाल गद्धार मकुन्याउले भन्या मन्तरी परिषद् चाँडै गठन हुन्छ रे । मन्तरी परिषद गठन भए नि नभएनि नेपाली जनतालाई लुतो न कन्याई । फेरि मकुन्याउले मन्तरी परिषद् चाँडै गठन हुन्छ भनेर किन जान्ने पल्टेर बोल्या होलान् ? आफै पर्धानमन्तन्री भए झै पो गर्न थाल्या छन् त । हुन त लगौटीको जुम्रा टाउकोमा पुग्दा ज्यादा सक्काउँछ रे । फोहोर ठाउँबाट सुकिलो ठाउँमा पुग्दा सक्सकाउनु स्वभाविक हो । अहिले माकुन्याउलाई त्यस्तै भा’छ । सर्वोच्चले सांसद पद नुस्काउनज्याल त होला ? फुस्काएपछि पुतलीजुँगे माकुन्याउ के गर्दा होलान् ? हाम्रा बाजे बराजुले त्यसै भन्या होइन । सुखमा नमातिनु अनि दुःखमा नआतिनु । माकुन्याउ अहिले मातिएका देख्दा उदेक लाग्न थाल्या छ ।
निर्वाचन अधिकिृत गायव
नेप्लिज लाँग्रेसको चौधौ अधिवेशन बडो रोचक भा’छ । नहुनु पनि कसरी लाँग्रेस सबैभन्दा ठूलो र पुरानो पार्टी । पुरानो मात्र होइन खाइलाग्दो पनि छ । अब खाइलाग्दो पार्टीमा झिनामसिना कुरा हुनु, हल्का फुल्का दायाँबाया हुनु अनौठो कुरा होइन । सबैलाई पद चाहिएको छ । पद नभई त हुँदै हुन्न । पद दिन कसैले इन्कार गरे काँग्रेसका कार्जेकर्र्र्ता ठोकन थापा पनि हुन्छन् । नपत्याए धादिङ्गतिर अस्तिका दिन नजर डुलाएको भए गाँठी कुरा छर्लङ्ग हुन्थ्यो । निर्वाचन अधिकृतले यसो हल्काफुल्का दायाँबायाँ गर्न खोज्या थिए । कार्जेकर्ताले निर्वाचन अधिकृतलाई नै गायव बनाइ दिएछन् । बडो स्वच्छ र निष्पक्ष निर्वाचन गर्ने भन्थे । किन गर्नु गर्नुैप¥यो स्वच्छ र निष्पक्ष निर्वाचन ? जसका पाखुरी गाँठिएका छन्, बलिया छन्, हुल हुज्जत गर्न सक्छ उसैलाई थपक्क विजयी घोषणा गर्दिया भए लन्ठै साफ हुन्थ्यो । बडो स्वच्छ र निष्पक्ष गर्ने भा’का । जस्तो आँगन त्यस्तै नाच्नु पर्दैन ?
राजनीति नै सकाइ दिने भए रे
चम्की चम्की माकुन्याउको पछि लागेका भीम रावल सहितका दश जना लाउकेहरु यतिबेला वल्लो घाट न पल्लो तिरका भएका छन् । आफ्नै सरकार ढाल्न तिन्ले कम्ता बखेडा ग¥या थिएनन् दशै आयो खाम्ला पिम्ला भनेझै माकुन्याउको पछि लागेर खप्रओलाई हँटाउँला, गठबन्धन सरकारमा मन्त्री बनमला भनेर लगौटी कसेर लाग्या थिए । अहिले पर्पुरोमा हात राखेर पुरानै घरका मुखियाको शरणमा प¥या छन् । एक पटक बेइमान गर्नेलाई कसैले नि विश्वास गरिहाल्दैन । खप्रओले नि दश जना लाउकेलाई विश्वास गर्ने कुरै भएन । अहिले खप्रओले हाम्रो राजनीति भविष्य नै सकाइदिने भए भनेर डाको छोडेर हिँडन थाल्या छन् । विचराहरुको अघि बुद्धि पुगेन अहिले डाको छोडेर घ्वाँक पसारेर के गर्नु ?

टर्च बालेर खोज्नुपर्छ रे
हैन हौ ती पुतलीजुँगे माकुने हिजोआज ठाउँ न ठहर बुढीको रहर भनेझै ठाउँ कुठाउँ जताततै बर्बराउँदै हिँड्न थाल्या छन् । कहिले के भनेर
बर्बराउँछन्, कहिले के भनेर बर्बराउँछन् । तिनको बर्बराहाहटले झारफुक गर्ने झाँक्री पनि हत्तु हैरान भैसकिन् । चौवीसै घण्टा त्यसरी बर्बराएपछि कोचाहिँ हत्तु हैरान हुँदैन र ? अस्तिका दिन तिन्ले भन्या चुनाउ पछि खप्रओकोको झालेमाले सिद्धिन्छ । टर्च बालेर खोज्नु पर्छ रे । यो कुरा त चुनाउपछि नै थाहा होला । बरु मानुकेलाई खोज्नचाहिँ अहिलेदेखि नै तयार भएर बसे उत्तम हुन्छ कि ? गेल भैस पानीमै पररु सहित भनेझै हाला जस्तो पो छ । पहिला बाउदेउ त्यसैगरी बटारिएर हिड्या थे । चुनाउमा विचाराको धोती न टोपी भएसी फेरि गन्धे मुख लगाएर फर्किएको कसलाई थाहा छैन ?
पदकको बेइज्जत
अस्तिका दिन राष्ट्रपतिले धरैका ्घाँटीमा ट्याँस्स ट्यास्स झुन्ड्याइदिन् । ज–जसका घाँटीमा ती झुन्डिए ती लकेटको बेइज्जतै भयो । देश, जनता र समाज भाँड्नेका घाँटीमा पनि झुण्डिए, भ्रष्टाचारीका घाँटीमा पनि झुण्डिए, बलात्कारीका घाँटीमा पनि झुण्डिए, अख्तियारले डामेर छाडेकाहरुको घाँटीमा पनि झुण्डिए । राष्ट्रपतिले बाँड्ने लकेट त्यस्तैको घाँटीमा झुण्डिनु पर्छ, झुण्डियो पनि । लकेट सही ठाउँमा झुण्डिएको पनि कैयौ जोरी पारिलाई चित्त बुझेनछ । तिन्ले राष्ट्रपतिलाई अघाउन्ज्याल गाली गरेर आत्मसुन्तुष्टि बटुले । विचरी राष्ट्रपतिलाई किन गाली गर्नु ? वाल्वाटारले ज––जस्को घाँटीमा झुण्ड्याइदेउ भन्यो उन्ले तिनैका घाँटीमा अमिलो अनुहार लगाएर झुण्ड्याइदिइन् । जे होस यस पालिका लकेट सही ठाममा पुगेकै हुन् ।
गुण्डागर्दी भयो रे
नेप्लिज लाँग्रेसका केन्द्रीय सदस्य शेखराउले भन्या स्थानीय तहको अधिवेशनमा गुण्डागर्दी भयो रे ।यो कुनचाहिँ नौलो कुरा भयो र । राजनीतिमा गुण्डागर्दी त भैहाल्छ । गुण्डागर्दी नगरे त राजनीति नै हुँदैन । सोझा साझाले राजनीति गर्ने नै होइन । आजसम्म नेपालाँ सोझो राजनति गरेर कोही सत्तामा पुग्या छन् र ? शेखराउले के भन्या होला ? जिसका भैस उसका लाठी भन्ने कुरा किन बिर्सेका होला ? भैरव अर्यालले त्यसैै जय भुँडीमा लेख्या होइनन् । चोरी चकारी नगरे चतु¥याई हुन्न, दंगा फसाद नगरे इज्जतै रहन्न । राजनीतमा दंगा फसाद त गर्नेपर्छ । नत्र फुइøयाँको राजनीति ?
जादव चेपुवामा
यतिबेला जनता समाजवादी पार्टीका अध्येक्षे उपिन्दर जादव बडो चेपुवामा प¥या छन् । आफ्नै गृह जिल्लातिर जाँदा कार्जेकर्ताको लखेटाइमा प¥या जादव बढी जान्ने भएरै चेपुवामा प¥या हुन् । हुन त बाँदर बढी जान्ने भएर नै के जाति च्यापिएर सिद्धिन्छ भनेझै जादवले पार्टी विभाजन गर्न दबाब दिएर अध्यादेश ल्याउन लगाए, अंशबण्डामा प¥या सांसदलाई मन्तरी बनाइदिन्छु भनेर आश्वासन बाँडे । आफै मन्तरी खान धोति उचालेर बस्या जादव अरुलाई मन्तरीमा ज्यान गए सिफारिस गर्दैनन् । पार्टी विभाजन गर्न ल्याएको अध्यादेश जादवलाई सबैभन्दा घाँडो भएको छ । जादव पक्षेमा लागेका सांसद
राजकिशोर जादवले त उपिन्दरलाई चुनौति नै दिइसकेका छन् । बाँकी बचेका सांसदहरुलाई नि जादवले सग्लै राख्लान् जस्तो साह«ै छैन । जैसा करनी वैसा भरनी भन्या यही हो ।
अन्तेमा
हिजो आज वन झाँक्री निक्कै बकबक गर्न थाल्या छिन । छिचिमिराको प्वाँख पलाएपछि इहलीला समाप्त हुन्छ । झाक्रीको पनि प्वाँख पलाउन पलाउन आट्या हो कि क्या हो । कहिले खप्रओसँग चुनाउ लड्छु भनेर काम्दै बस्ने, कहिले गुल्मीबाट चुनाउ लडेर जित्छु भन्दै बक्ने । जित्ने हार्नेचाहिँ चुनाउ भएसी थाहा हुन्छ । वडामै जमानत जफत भएसी झाक्रीको चेत खुल्ला । सानो मान्छे मात्दैन मातेपछि बाँच्दैन भन्ने उखान विचरी झाक्रीलाई के थाहा ? तिनका आराध्ये देव माकुनेकै टुंगो छैन । वडामै गुड्केलान् जस्तो छ । वात करती है झाक्री ?
