फोहोर धेरैजसाको लागि दुर्घन्धित वस्तु हो । फोहोर भन्ने वित्तिकै छिछि दुरदुरको भावना जागृत भएर आउछ । तर यही फोहोर कसैका लागि आम्दानीको स्रोत समेत बन्ने गरेको छ ।
धरान ५ का ६० बर्षीय विष्णु नेपाली धरान १५ मा रहेको फोहोर फाल्ने ठाउँमा फालिएको फोहोरको थुप्रोबाट आफूलाई चाहिने सामाग्री छान्दै हुनुहुथ्या । प्रत्येक दिन एक पटक त्यहा पुग्ने उहा फालिएका फोहोरको थुप्रोबाट फलामका सामाग्रीहरु र्संकलन गर्नुहुन्छ् ।

यसैबाट जीवन गुजारा चलाउदै आउनु भएका उहाँ फोहोरको थुप्रोबाट झन्झट विना फलामका समान काँटी, तार, छड लगायतका सामान छान्न व्यस्थ हुनुहुन्थ्यो । अलि अलि गरेर उहाले ५ केजी भन्दा बढी यस्ता फलामका सामान छानिसक्नु भएको थियो । बर्षौैदेखि धरान १५ सेउती खोलामा फालिएको फोहोरबाट छानेर निकालेको सामान उहा धरानका कवाडी पसलमा लगेर बेच्ने गर्नुहुन्छ र बेचेर आएको रकमले आफ्नो घर खर्चमा प्रयोग गर्नुहुन्छ् । बर्षादको सममा झरी परेको होस् या टन्टलापुर घाम होस उहा त्यसको कुनै प्रवाह नै नगरी फोहेर संकलन गर्न आउने बताउनुहुन्छ ।
त्यसो त धरान उपमहानगरपालिकाकै फोहोर कर्मचारी पनि सकलन गरेको सामाग्रीबाट मनग्ये आम्दानी हुने भएपछि छुट्टीको समयमा टिप्ने गर्छन । बजारमा फोहोर संकलन गर्दा नै प्रयोग हुने र नहुने सामाग्रीलाई छुट्टाछुट्टै पोका बनाएर ट्याक्टरमा लोड गर्ने गर्छन् । कर्मचारी नरेश मल्लिक नगरपालिकाको तलबका अलवा फोहोर संकलन गरेर राम्रो् आम्दानी गर्ने गरेको बताउनुहुन्छ् । उहाले गाडीमा लोड गर्नुअघि नै सामान प्याक गर्दा चाहिने र नचाहिने छुट्याउने गरेको बताउनुभयो । यसबाट मात्र दैनिक १ देखि १ हजार ५ यस सम्म कमाई हुने बताउनुहुन्छ ।
जथाभवि फालिएको फोहोरले दुर्गन्धित बनाए पनि यहा धेरैले रोजगारी पाएको स्थानीय जगतबहादुर राई बताउनुहुन्छ । उहा जंगलमा घास काट्न आउदा दुर्घन्धित भएर हिड्नै नसक्ने अवस्था हुने
बताउनुहुन्छ ।
नगरपालिकाको फोहोर बोक्ने ट्याक्टरका एक चालकका अनुसार धरान ७ को फोहोर फाल्ने स्थानमा दैनिक ७ ट्याक्टर फोहोर फाल्ने गरिएको छ । धरान उपमहानगरपालिकामा ८ वटा फोहोर फाल्ने ट्याक्टर रहेको छ, तर दैनिक ७ वटाले बोक्ने गर्छ, एउटा गाडीमा २ टन फोहोर हुन्छ । दैनिक १४ टन फोहोर त्यस स्थानमा फाल्ने गरिएको छ । फालिएका फोहोरमध्ये २५ प्रतिशत फोहोर काम लाग्ने र ७५ प्रतिशत फोहार काम नलाग्ने हुने गरेको चालक सुरेन राई बताउनुहुन्छ ।
फालिएको फोहोरको थुप्रोबाट काम लाग्ने सामाग्री छानेर विक्री गर्ने उनीहरुमात्र हैन यहा करिब ५० जना बढीले फोहोर संकलन गरेको सामाग्रीबाटै जीविको पार्जन गरेका छन् । अरुको लागि फोहोर दुर्गन्धित भए पनि उनीहरुलाई भने मोहोर कमाउने माध्यम बनेको छ ।
