धरान÷नेपालमा पछिल्लो समय कोरोनाका कारण धेरै कलाकार, साहित्यकार, कवि तथा लेखहरुको निधन भइसकेको छ । सावधानी अपनाउँदा अपनाउँदै पनि कतिबेला संक्रमण भयो भन्ने थाहा नहुने र अन्तमा उपचारका क्रममा मृत्यु हुने गरेको छ ।
टेलि चलचित्र तथा ठूलो पर्दामा सन्देशमुलक सामाग्री पस्किन खप्पीस शम्भुराज थापा उर्फ बखतेको कोरोना संक्रमणकै कारण शनिवार निधन भएको छ ।
एक महिना अगाडि सामान्य रुघा खोकी लागेर घरमै बसेका थापाको स्वास्थ्य विग्रदै गएपछि चेक गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई हप्ता अगाडि उनलाई उपचारार्थ पाटन अस्पताल भर्ना गरिएको र पछिल्लो समय भेन्टिलटरमा राखेर उपचार भइरहेको थियो । थापाको १८ दिनदेखि उपचार भइरहेको थियो ।

६४ बर्षीय थापाले मह सञ्चारको आमा, मदनबहादुर, हरिबहादुर, भद्रगोल, मेरीबास्सै लगायतका टेलि चलचित्रमा अभिनय गरेका थिए । बखतेसँगै हल्का रमाइलो नामले परिचित थापाले आफ्नै लगानीमा विरानो चलचित्र निर्माण गरेका थिए । स्व. कलाकार थापाका श्रीमति, एक छेरा र एक छोरी रहेका छन् ।
