धरान÷नामको पछाडि झुण्ड्याइने उपनाम जीवनमा यदाकदा सार्थक बनेर आउने गरेका छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनमा सर्वहारा वर्गको लागि आजीवन गीत गाउने जेवी टुहुरको जीवन पनि टुहुरो जस्तो भएर इतिहास बिलिन भएको छ । धरान वडा नं ३ मा जन्मिएका टहुरे अर्थात जुठबहादुर खड्गीको परिवार पछि मोरङ्गको मधुमल्ला बसाई सरेर गएको थियो । वि.सं. २०१५ सालदेखि नै जनवादी गीत गाउन थालेका टुहुरे वि.सं. २०४० सालपछि विराटनगरबसेर महेन्द्र मोरङ वहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाइ सांगीतिक प्रशिक्षण समेत दिन्थे । नेपाली कम्युनिस्ट आन्दोलनमा आज पनि सर्वहारा वर्गको नेता हुँ भन्नेहरु अधिकांश उनकै गीतबाट क्रान्तिकारी भएका छने । तर उनीहरुले रंग बद्लेर उग्र पूँजीवाद र पूँजीपतिका भरौटे बने ।

चालीसको दशकपछि गाउँ गाउँमा पसेका जेवि टुहरेको गीतहरुले मुलुकमा कम्युनिस्ट बढाउन सबैभन्दा ठूलो सहयोग पुगेको थियो । उहाँले गाउनु भएको गीतहरुमा
बसाई हिँडनेको ताँतीले बस्नेको मन रुहाउँछ
लाखकौका लागि उजाड छ यो देश मुठ्ठी भरलाई त स्वर्ग छ ।
जान्न म त नि गार्खा भर्ति मलाया छाउनीमा
पापी मेरो कुहिरेको देशमा ।
आफ्नै पौरख खान्तम, आफ्नै सीपमा बाँच्छन्
दुःखकष्ट सहेर सृष्टि यिनले थाम्छन ।
सामान्तीको कुचाले यो, भ्रष्ट नीति पूँजीको
बुझी सब ब्युउझ अब ध्वस्त पार्न
नारी बन्धन ।
जस्ता गीतले टुहुरेलाई नेपाली गीत संगीतकारहरुले अनन्तसम्म सम्झने छन् । आजीवन कम्युनिस्ट बढाउन आफूलाई होमेका टहुरे जीवनको अन्तिम क्षणसम्म वास्तमै टुहुरे नै
रहनुभयो ।
