धरान÷ धरान बास्केटवल संघको आयोजनामा शनिवार संपन्न भएको १८ वर्ष मुनिका हिमालयन मेघा थ्री वाइ थ्री वान डे प्रतियोगिताको उपाधि यलम्वर ब्लुले चुमेको छ ।
फाइनल खेलमा यलम्वरले सियोन स्कुललाई १७–९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि जितेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा आफ्नो टिमलाई विजयी गराउन यलम्वरका स्पल तामाङले व्यक्तिगत १० अंक जोडेका थिए । उनले प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)को पुरस्कार पनि हात पारेका छन् ।

विजेता तथा उप विजेता खेलाडिहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, हिमालयन मेघा कलेजका प्राचार्य भास्कर पौडेल, इमानुयल वोर्डिङ्ग स्कुलका अध्यक्ष एवं प्रिन्सिपल प्रभास राजवंशी लगायतले पुरस्कार वितरण गरेका थिए । यलम्वर व्लुले स्टयाग टिमलाई २२–१० र सियोन स्कुलले यलम्वर यल्लोलाई १०–४ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
