भारतीय राजदूतावासद्वारा स्वतन्त्रता दिवस मनाइयो

काठमाण्डौ÷भारतको ७५ औं स्वतन्त्रता दिवस काठमाण्डौस्थित भारतीय दुतावासमा मनाइयो ।
यस पटकको स्वतन्त्रता दिवस ‘आजादीका अमृत’ महोत्सवका रुपमा मनाइएको हो । जुन प्रगतिशील भारतको ७५औ बर्ष र मानव प्रयासको सबै क्षेत्रमा भारतीयद्वारा प्राप्त उपलब्धीहरुलाई सम्झिने भारत सरकारको एक विशेष पहल कदमी हो ।


भारतीय राजदूतावास काठमाण्डौद्वारा जारी विज्ञप्तीका अनुसार भारतीय राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको शुरुवात गर्नुभएको थियो । सो अवसरमा राजदूत क्वात्राले भारतका राष्ट्रपति रामनाथ कोविन्दको सन्देश पढेर सुनाउनु भएको थियो । राष्ट्रपतिको सन्देशमा विगत ७५ बर्षहरुमा विभिन्न क्षेत्रहरुमा भएका प्रगतिलाई प्रकाश पारिएको थियो भने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धाञ्जली दिइएको थियो जसले भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गरेका थिए ।
भारतीय राजदूत क्वात्राले वीर गोरखा सैनिकका एकल महिला र भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरुका आफन्तहरुलाई चार करोड ४५लाख र प्रत्येक गोरखा सैनिकका परिवारलाई कम्बल
वितरण गर्नुभएको थियो । समारोहमा भारतीय राजदूताबासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाण्डौका शिक्षक र विद्यार्थीहरुद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो । दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ नेपालको साँस्कृतिक स्थलहरुको संरक्षणका लागि कला साँस्कृतिक विरासतकालागि भारतीय राष्ट्रिय ट्रष्ट INTACH) को वेभसाइटको पनि राजदूत क्वात्राले उदघाटन गर्नुभएको थियो । भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका साँस्कृतिक सम्पदाहरुको संरक्षण र पुनस्र्थापनाका लागि ५० मिलियन अमेरिकी डलरको सहायता प्रदान गरेको छ । यहाँ स्मरणीय कुरा के छ भने भारत सरकारको अजादीका अमृत महोत्सव स्वतन्त्र भारतको यात्रामा ऐतिहासिक कोशेढुंगा पार गरेको सम्झनामा मार्च २०२१ बाट शुरु भएको र यो यात्रा १५ अगस्त २०२३ सम्म जारी रहने विज्ञप्तीमा उल्ल्ेख गरिएको छ ।

तपाईको प्रतिक्रिया