आइतबार भारतले आफ्नो स्वतन्त्राको ७५ औं बर्षगाँठ मनाएको छ । सन १९४७ अगस्त १५ तारेखमा अँग्रेजको औपनिवेशबाट स्वतन्त्र भएको भारत ७५औ स्वतन्त्रता दिवससम्म आइपुग्दा संसारकै शक्ति सम्पन्न राष्ट्रको सूचिमा उक्लिएको छ ।
आफ्नो ७५ औं स्वतन्त्रता दिवसलाई यस पटक भारतले औपचारिकतामा मात्र सीमित गरेको छैन । स्वतन्त्रता दिवसलाई स्वदेश तथा विदेशमा समेत सन् २०२३ सम्म आजादीको अमृत महोत्सवको रुपमा जारी राख्ने भएको छ ।
७५ औं स्वतन्त्रता दिवसको अवसरमा भारतमा यसलाई राष्ट्रिय पर्वको रुपमा मनाइएको छ भने अन्य देशमा आप्mना कुटनीतिक नियोग, महावाणिज्य दुतावासहरुले विविधि कार्यक्रमका साथ हर्षोल्लासपूर्वक मनाएका छन् । यसै सन्दर्भमा नेपालस्थित रहेको भारतीय कुटनीतिक नियोग अर्थात भारतीय राजदुतावास, भारतीय महावाणिज्य दुतावास वीरगञ्च, भारतीय दुतावास पेन्सन वितरण कार्यालय पोखरा, धरान, बुटलमा होर्षल्लासका साथ स्वतन्त्रा दिवस मनाएको छ ।
स्वतन्त्रता दिवसका लागि आयोजित समारोहमा कुटनीतिक नियोगका प्रमुख एवम् पदाधिकारी, नेपालका राजनैतिक दलका शीर्षस्थ नेताहरु, सरकारका प्रतिनिधिहरु, विभिन्न पेशा तथा व्यवसाय गरी नेपालमा बसोबास गर्दै आउनु भएका भारतीय नागरिकहरु, भारतीय शुभचिन्तक नेपाली नागरिकहरु लगायतको समुपस्थिति रहेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण इच्छुकहरु चाहेर पनि समारोहमा सहभागी हुन सकेका थिएनन् । यसै सन्दर्भमा नेपालस्थित भारतीय राजदूूत विनयमोहन क्वात्राले दुतावासमा आयोजित विशेष समारोहमा शुभकामना सन्देश दिनु भएको थियो ।
राजदूत क्वात्राले दिनु भएको सन्देशमा भनिएको छ आधुनिक भारतको यात्रालाई दिशा निर्देश सम्पूर्ण मानव प्रयासमा भएका अदम्य शाहस एवम् उल्लेखनीय प्रगति महोत्सव समर्पित रहेको छ । वर्तमान असाधारण महामारीको प्रकोपसँग अघि बढ्दै गर्दा आफ्ना बहादुर छोराछोरी जसले हामीलई स्वतन्त्रता दिलाउन र स्वतन्त्रताको रक्षार्थ अनवरत संघर्ष गरिरहेका हाम्रा स्वतन्त्रता सेनानी, शहीदको लगनीलता, इच्छा शक्ति र शासकबाट प्रेरणा हासिल भएको छ । उहाँले स्वतन्त्रता संग्राममा नेपाली जनताको योगदानलाई समेत भुल्न नसकिने कुरा बारम्बार दोहो¥याउनु भएको थियो ।
भारत नेपालको सबैभन्दा निकटको मात्र नभएर नेपालको सर्वाङ्गिण विकासमा सहयोग गर्ने सबैभन्दा ठूलो दातृ राष्ट्र पनि हो । नेपालको प्रगति र चौतर्फी विकासका लागि भारतले सडक निर्माण, ऊर्जा
परियोजना, रेल कनेक्टिभिटी, शिक्षा, स्वास्थ्य, साँस्कृतिक सम्पदाको पुनः निर्माण लगायतका विविध क्षेत्रमा अनुलतीय सहयोग गर्दै आएको छ । पछिल्ला बर्षहरुमा अत्यन्तै महत्वको तराई सडकको स्तरोन्नति, विराटनगर र वीरगञ्जपछि नेपालगञ्जमा शुरु भएको एकीकृत जाँच चौकी, सीमा पार ऊर्जा व्यापार, अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइम लाइन, कार्गो रेल सञ्चालन, कोभिड महामारीसँग लड्न भारतले निरन्तर नेपाललाई पु¥याउँदै आएको औषधि उपकरण लगायतका सहयोग, (खोप, स्वास्थ्य सामाग्री, अत्यावश्यक उपकरण) लगायतका सहयोगले दुई देशको सरकार सरकारबीचमा मात्र नभएर जनता–जनताबीचमा एउटा दब्रिलो सम्बन्ध स्थापित गर्ने काम भएको छ ।
