धरान÷धरान १ रेडक्रसदेखि धरान १४ विजयपुर चौकसम्म पुग्ने सडक बुधबार राति आएको सामान्य बर्षाल भत्काएको छ ।
सडक निर्माणसंगै सेल्फी रोडले परिचित यो सडक रेडक्रसको घुम्तीदेखि एक माथि बर्षाद् सडक तलतिर पहिरो गएपछि सडक नै भत्किएको छ । ह्ेर्दा विदेशकै जस्तो लाग्ने सो सडक सामान्य बर्षादले पनि भत्किनुमा भौगोलिक अवस्थाको परीक्षण नभई बनेको सडक भएका कारण भत्किएको हुन सक्ने स्थानीयहरु बताउछन् ।
पाूच महिना अगाडि निर्मासम्पन्न भएको रेडक्रस विजयपुर सडक बुधबार राति आएको सामान्य बर्षाले भत्एिको छ । विजयपुरको भौगोलिक अवस्थालाई ख्याल नगरी सडक निर्माण गरिएकाले पहिरोको कारण सडक नै भत्किने डर भएका धरान १३ का स्थानीय रमेश अधिकारी.बताउनुहुन्छ् । उहाले निर्माणसंगै अनुगमन नहुदा यस्तो समस्या आउने गरेको बताउनुभयो ।

रेडक्रसदेखि आदिवासी जनजातिको संंग्राहालय, केन्द्रीय प्रविधि क्याम्पस हुदै विजयपुरचौकसम्मको करिब २ किलोटिरको कालोपत्रे नै सम्पन्न भइसकेको पाच महिना अगाडि सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । सडक छेउैमा भिरालो जमिन भएका कारण सडक गुणस्तरीय भएपनि भौगोलिक अवस्थालाई नबुझी सडकको तलतिर कुनै सपोर्ट नभएका कारण सामान्य बर्षाले पनि सडक भत्काउने जोखिम बढेर गएको धरान १४ का स्थानीय लक्ष्मण भट्टराई बताउनहुन्छ ।
यस विषयमा बुझ्न सहायक प्राविधिक सौहार्द श्रेष्ठसंग फोन गर्दा सम्पर्क हुन सकेन । आर्शिवाद निर्माण सेवा उदयुरका ठेकेदार केशर बुढाथोकीले सडकको डिजाइन नै गलत भएका बताउनुभयो । उहाले भौगोलिक अवस्थालाई नहेरी डिजाइन बनाएकोले डिजाइन सुधार्न पटक पटक आग्रह गरेको बताउनुभयो ।
उहाँका अनुसार दुई बर्षभित्रमा करिब २ किलोमिटरको सो सडक निर्माण ५ महिना अगाडि नै सम्पन्न गरिसकेको बताउनुभयो । बीचमा निर्माण कार्य हुदा अवरोध धेरै आउदा निर्माण सम्पन्न गर्न अझ ढिलो भएको उहाको भनाई छ । विकासका नाममा भौतिक पूर्वाधार निर्माण गर्दा भौगोलिक अवस्थालाई धेरै स्थानीय तह तथा प्राविधिकहरुले विचार नपु¥याउने
गरेको पाइएको छ । तीन करोडको लगानीमा निर्माण सम्पन्न भएको सो सडक भौगोलिक पूर्वाधार नहेरी बनाइएको ठेकेदार कम्पनी, स्थानीयहरुले आरोप लगाएका छन् । निर्माण सम्पन्नमात्र ठूलो कुरा होइन, निर्माणसंगै गुणस्तरीय छ कि छैन भन्ने कुरालाई पनि सम्बन्धित पक्षले ्ध्यान दिन जरुरी छ ।
