घण्टाघरबाट हेर्दा

सभापति नमान्ने रे
हैन हौ मान्छे बुढो भयो भने निहुँ खोज्छ गोरु बूढो भयो भने भीर खोज्छ भनेर हाम्रा बाजे बराजुले त्यसै उखान बनाएका हैनन रै’छन् गाँठे । अब हेरम न जता गए नि उत्तानोचित्त भएर पछारिने, न हयाउ छ, न खर्च बर्च गर्छन्, त्यस्ता मान्छेले घुर्र्की लगाएको देख्दा उदेक लाग्छ । माने
रामचन्द्र बाजे । अस्तिका दिन तिन्ले भन्या नेप्लिज लाँँग्रेसको १४ औं महाधिवेशन भदौ १९ गते नगराए २३ गतेदेखि बुढानिलकण्ठे काजी आच्या काजकल वाल्वाटारतिर परिवारै सहित बँसाई स¥या छन् क्यारे देउवालाई सभापति नै नमान्ने रे । अलि चल्दोमिल्दो गफ पो हान्नुपर्छ त ? जथाभावि गफ हानेर हुन्छ ? पौड्याल बाजेले काजीलाई सभापति नमान्दा केही लछारपाटो लाग्ने हैन क्यारे । अरुले सभापति मानिहाल्छन् । जिसका माल उसीका कमाल भन्ने कुरा बाजेलाई थाहै रै’नछ । भदौ २३ पछि कस्ले काजीलाई सभापति मान्दिन भन्छ ? लौ त म हेरुम ? लिंठिङ्ग परिएला है बाजे । समयमै चेतना भया ।
झलुका दाना फेरिएछ


माकुन्याउको भ्यागुते दलका सर्वोच्च नेता माने झल्लाझलुको किड्नीको दाना नयाँ हालिएछ । नेपालमा यत्रा एकसे एक डाक्टर हुँदा हुँदै दिल्ली गएर दाना किनकान गरेर टाँसे रे । उल्फाको धन फूपूको श्राद्ध भन्या यही हो । यो टालटुले झतिमाने सरकारले पनि विदेशीहरुसँग ऋण लिई लिई झलुलाई उपचारको पैसा पठाएछ । जन्ताका थाप्लामा ऋण बोकाई त्यस्ता हिरिक्क भएर चल्दिने बेला भएकालाई किन खर्च ग¥या होला ? हुन त खप्रओले झलुको उपचारमा राज्येकोषबाट खर्र्च दिने निर्नय ग¥या थे । अहिले ओलीका सबै निर्नय उल्ट्याउँदै हिड्या टालटुले सरकारका मुखियाले यो निर्नियचाहिँ किन नउल्ट्याएका होलान् ? सोच्ने वात छ ।
छिर्के लगाउ“दैछन्
जहाँ छियो त्यही घुनले जस्तै कुटुकुटु खाएर सिध्याउने बाउराम कामीको भरपर्दा उपिन्दर जादव पनि सिद्धेलान् जस्तो भा’छ । अब हेरम न सग्लो जसपालाई बाउराम कामीले छिनभिन्न बनाइदिए । तै पनि ती सडिकयल उपिन्दरको होस खुल्या छैन । यतिबेला सरकारमा जान धोती उचालेर बस्या उपिन्दरलाई सरकारमा जानै हुँदैन भनेर मन्त्रण गर्न थाल्या छन् । उपिन्दर सरकारमा गए आफू कौन पुछे खेसरीके दाल हुने भयले जादवलाई सरकारमा जान नदिन छिर्के लगाई रा’छन् । जादवलाई रोक्न सके आफ्नी हिस्स परेकी हिसिला जोइलाई मन्त्री बनाउन सकिने बाउराम कामीले आइडिया लगाका छन् । जेहोस् बाउराम कामीको दिमागचाहिँ मान्नैपर्छ । सैतानको खोपडीजस्तै ।
विचराको निद हराम
पुतली जुँगे माकुनेको पछि लागेर हिड्ने सांसदको यतिबेला निद हराम भा’छ । किन नहोस त ? माकुनेले आफ्नै घरमा आगो झोस्न लगाए, घरका मुलीलाई बलुवाटारबाट बाल्कोटको बार्दलीमा पु¥याएर बुढानिलकण्ठे मुखियालाई वाल्वाटारमा हुल्न सहयोग गरे । माकुनेको पछि लाग्नेहरु कम्ता गद्गद् थिएनन् । सिंहदरबार भित्रका खाली कुर्सीमा गएर ढलीमली गर्न पाइएला, सन्तान दर सन्तानलाई पुग्ने जोहो गरमला, सलोट खाँदै चिल्ला कारमा दौडिमला, सुरा सुन्दरीसँग रमल्ला भनेर विचाराहरुले देखेको सपना चकनाचुर हुने भएसी’ यतिबेला थक्कथक्क मान्दैछन । न सग्लो घर रहयो न मन्त्री हुन पाइएलाजस्तो भयो । यहाँभन्दा वहुत टेन्सिन अर्थोक के हुन्छ ? मन्त्री वनम्ला भनेर रामकुमारी झाँक्रीले नयाँ फरिया किनेकी थिइन्, खप्रओको सरकारमा मन्त्री बनेर स्वाद पाएका प्रेम आले, किसान श्रेष्ठ, भेटमणि चौधरीले नयाँ मन्त्राल पाउन दौरा शुरुवाल सिलाएका थिए । विचराहरुको हविगत हिँस्स बूढी हरियाँ दाँत हुने भयो ।
फेरि पुत्ला जल्न थाले
खप्रओले गठन गरेको भूमि आयोग स्यालबहादुरले जरैदेखि उखेलेर फालेसी यतिबेला मुलुकभरि स्यालबहादुरको पुत्ला जल्न थाल्या छन् । हैन हौ यो सुकुम्बासीहरुलाइ जुनसुकै सरकार आए नि हल्लाउने काम मात्र गर्छन् । विचाराहरु हल्लिएका छन् हल्लिएका छन् । खप्रओले हल्लाए अब देउवाले हल्लाउँदै छन । विचरा स्यालबहादुलाई बदनाम मात्र गरे । किन पुत्ला चलाउनु, किन सडकमा सिठ्ठी फुक्नु ? एउटा सरकारले गरेको काम अर्को सरकारले भत्काउनै पर्ने नेपालमा जो नियम छ । एउटाले गरेको अर्काले जस्तोकोतस्तै राखे सरकार परिवर्तन भएको महसुस कसरी गर्ने ? सरकार परिवर्तन भएको सबैले महसुस गर्नु परेन ? सडकमा उफ्रनेहरुलेपनि महसुस गर्नु पर्दैन ? तातो न छारो अर्काको पुत्ला जलायो, नानाभाँति फलाक्यो । जे होस् देशमा मुर्दा शान्तिचाहिँ नहुने भएको छ ।
मन्त्री भुषालको टिमिक्क पहिरन
मन्त्री नै गतिछाडा भएसी अरुको फुइøयाँ आलोचना गर्नु ? यतिबेला बुढीकन्या ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले लगाउने पहिरनलाई लिएर सर्वत्र आलोना भा’छ । हुन त खिसीटेउरी गर्नेहरुको यहाँ ठूलै जमात छ । अरुले यसो हाइफाई कपडा लगायो भने आफ्नै जिब्रो टोकेर हैरान । अब हेरम न अस्तिका दिन एक दर्जन आसेपासेलाई लिएर भुषाल हेलिकोप्टर यात्रामा मनाङ पुगिछन् । बाढी पहिरोको निरीक्षण गर्न गाकी रे । तामझामसहित लाखौ खर्च गरेर त्यहाँ जानु भन्दा पीडितलाई द्या भे नि त हुन्थ्यो । खैर राहत भन्दा हेलिकोप्टर चढ्नु मन्त्रीकालागि महत्वपूर्ण हो ।क ुरो हेलिकोप्टर चढ्नुमा मात्र सीमित भएन तिन्ले लगाएको टिम्म परेको पिडुलाका गरा देखिने पाइन्ट, टिमिक्क प¥या भेष्ट, चकचक टल्कने डिंंगो बुट कालो चस्मा देख्या भुषाल सुटिङ गर्न गा’जस्तै देखिन्थे । मन्त्रीले कस्तो लुगा लगाउनुपर्छ भन्ने तिन्लाई अलिकति पनि हेक्का भएन छ । हुन त कमनिष्ठा भएका तिनीहरुको जातै यस्तै हो । प्रचण्डाउले नि बाबु मास्तिर जाँदा टाइसुट, पेन्ट, जुत्ता लगाएरै गाथे । कि कसो हौ ?
माकुन्याउको घुर्की
महाकुलंघार नेता माकुन्याउ हिजो आज खप्रओलाई घुर्की लगाएर समय विताइरा’छन् । भएका गोडावाइसेक सांसदले पनि विस्तारै छाड्न थालेसी माकुनेले खप्रओलाई घुर्की लगाउन थाल हुन् । अझै पनि मौका छ खप्रओले सीमा नाघे डिभोर्स हुन्छ रे । माकुनेको कुरा सुनेर हिजोआज सबैलाई कुरीकुरी लाग्न थाल्या छ । एकै ठाउँमा बस्न सकिदैन भने चल्दिनु नि । के ल्याङ्ग ल्याङ्ग गरेर बस्या होला ? खप्रओले अन्त गए हुन्छ भन्दिइसक्या छन् त । फेरि किन ल्याङ ल्याङ ? अन्त हिँड्न हुती पनि छैन फर्केर आउँ सर्वाङ्ग नांगो भैसक्या छन् ।
अन्तेमा
यसपालि उदयपुरको बेलका नगरपालिकाका जनप्रतिनिधिले ठोस विकासको काम गरेछन् । त्यस्तो अनौठो, अपत्यारिलो, अझसम्म अरुले गर्नै नसकेको काम गरेको देख्दा घण्टाघर पनि कम्ता गदगद भा’छैन । जनप्रतिनिधिहरुले ६० लाखको लागतमा यमानको सुंगुरको प्रतिमा बनाएछन् । यहाँ भन्दा ठूलो र गतिलो अरु कामै हुँदैन । अब बेलका नगरपालिकालाई सुंगुरे नगरपालिका घोषना गर्दा अझ उपयुक्त हुन्थ्यो । यसतर्फ स्थानीय निकायका जनप्रतिनिधिको तत्काल ध्यान जाला कि ?

तपाईको प्रतिक्रिया