धरान÷नेपालस्थित भारतीय राजदूतावासको पहलमा विदेश मन्त्रालयमार्फत भारतीय रक्षा मन्त्रालयद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्याधुनिक अक्सिजन प्लान्ट उपलब्ध गराइएको छ ।Trident pheumatics PVT LTD बाट उत्पादित rident Onsite qxygen Plant शुक्रबार र भारतको Somayampalayam, pudur road बाट प्रतिष्ठानमा आइपुगेको हो ।
प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाका अनुसार अक्सिजन प्लान्टले प्रतिष्ठानलाई ठूलो राहत भएको छ । प्रतिष्ठानमा आफ्नै अक्सिजन प्लान्ट भएपनि पुराना, जीर्ण र बारम्बर बिग्रिने गर्दा विरामीहरुले समेत सास्ती व्यहोर्नु परेको थियो । डिन झा भन्नुहुन्छ एक महिना अगाडि प्रतिष्ठानका उपकुलपति र म काठमाण्डौ गएका थियौं । उपकुलपतिले भारतीय राजदुतावासमा पहल गर्नुप¥यो भन्नुभयो हामीले पहल ग¥यौं । पहिला दुतावासको ९भमगअबतष्यल धष्लनक० शैक्षिक शाखामा सम्पर्क राख्यौ । पछि भारतीय राजदूत विनय मोहन क्वात्रासँग सम्पर्क ग¥यौं । राजदूत क्वात्रासँग उपकुलपतिले प्रतिष्ठानलाई अक्सिजन प्लान्टका लागि सहयोग गरिदिन आगह गर्नुभयो । डिन झाले भन्नुभयो त्यसपछि राजदूत क्वात्राले सहयोग गर्ने बचन दिनु भएको थियो ।
एक महिनामै प्लान्ट प्रतिष्ठानमा आइपुग्यो

कोभिड महामारीको समयमा सक्रिय संक्रमितहरुका लागि अक्सिजन अत्यावश्यक हुन्छ । हाम्रो आग्रहलाई भारतीय राजदूतावासले सम्बेदनशील रुपमा लिएकै कारण एक महिना भित्रैमा अक्सिजन प्लान्ट प्रतिष्ठानमा आइपुगेको हो डिन झाले भन्नुभयो । एक महिना अगाडि अक्सिजन प्लान्ट खरिद गर्न टेन्टर समेत गरेको थियो प्रतिष्ठानले । अब त्यो टेन्डर खारेज हुन्छ हामीले अत्याधुनिक अक्सिजन प्लान्ट पाएका छौं, डिन झाले भन्नुभयो । अक्सिजनको अभावलाई हेरेर दुतावासमा पहल पनि गर्ने टेन्टर पनि गर्ने नीति लिएका थियौं । तर हामीले सोचेभन्दा छिटो भारतीय दुतावासको पहलमा
भारतीय विदेश मन्त्रालयमार्फत भारतीय रक्षा मन्त्रालय (DRDO) ले नेपाल भारतर फ्रेन्डसीप सोसाइटी अन्तर्गत अक्सिजन प्लान्ट प्रतिष्ठानले प्राप्त गरेको हो । उहाँले भन्नुभयो भारतीय
राजदूत विनय मोहन क्वात्रसँग वार्ता गरे पछि अक्सिजन प्लान्ट राख्न घर तयार गर्नु भनेर हामीलाई भनियो । हामीले पनि रातारात घर तयार ग¥यौं ।
प्रतिमिनेट ९६० लिटर अक्सिजन उत्पादन
भारतीय राजदूतावासको पहलमा प्रतिष्ठानले हाल प्राप्त गरेको अक्सिजन प्लान्टले प्रति मिनेट ९६० लिटर अक्सिजन उत्पादन गर्ने क्षमिता राख्दछ । Trident pheumatics PVT LTD सँग भारत सरकारले ९५ लाख भारतीय मुद्रामा खरिद गरेको प्लान्ट नेरु १ करोड २२ लाख पर्छ । तर आफैले खरिद गर्दा वा टेन्डर मार्फत ल्याउँदा २ करोड ५० लाख भन्दा बढी पर्ने डिन झाले बताउनुभयो । उहाँले भन्नुभयो यो मेशिनको मोडल Go 960 sln-2021/7/G236, capacity 960 lmp, end connection -1″ BSPF, MWP-7 kg/Om2 र Eeotrical-230 v Ac 50 Hz, 1 Ph रहेको छ ।
प्रतिष्ठानको समग्र विकासमा दुतावास सकारात्मक
नेपाल र भारतको संयुक्त लगानीमा अल इन्डिया इस्टिच्युट मेडिकल साइन्स (एम्स) को अवधारणमा निर्माण भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समग्र विकासमा सहयोग गर्न भारतीय राजदूतावास सकारात्मक रहेको छ ।
प्रा.डा. डिन शिवेन्द्र झा भन्नुहुन्छ भारतीय राजदूत लगायत दुतावासका प्रथम सचिवहरुसँग भएको वार्तामा उहाँहरु प्रतिष्ठानलाई हर सम्भव सहयोग गर्न तयार भएको आफूले पाएको छु । उहाँहरुले भन्नुभयो हामी प्रतिष्ठानलाई हरसम्भव सहयोग गर्न तयार छौं । प्रतिष्ठानलाई ट्रान्सप्लान्ट सेन्टर बनाउन उहाँहरुले बचन दिनु भएको छ । विद्यार्थीहरु बोक्नका लागि बस उपलब्ध गराउने बचन दिनु भएको छ । प्रतिष्ठानको समग्र विकासका लागि दुतावास अत्यन्तै पोजटिव छ । अरु पनि धेरै सहयोगहरु हुने भएका छन् । डिन झा भन्नुहुुन्छ चाँडै नै कम्पनीका इन्जिनियरले अक्सिजन प्लान्टको इस्टलेसन गरेपछि यसको औपचारिक उद्घाटन हुनेछ । सम्भवतः अगस्त १० तारेक सम्ममा यसको औपचारिक उद्घाटन हुने छ, झाले भन्नुभयो ।
