भारतका चर्चित सिने कलाकार अनुपम श्यामको निधन

भारतको चर्चित सिने कलाकार अनुपम श्यामको आइबार निधन भएको छ । जोडदार अभिनय क्षमता भएका अनुपमले भारतका साना ठूला पर्दामा आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाएका थिए ।
केही दिनदेखि श्याम अस्वस्थ रहँदै आउनु भएको थियो । चिकित्सकहरुका अनुसार उहाँका शरीरका केही अंगहरुले राम्ररी काम गर्न छाडेका थिए । मल्टि आर्गन फेल्योरका कारण उहाँको ६३ बर्षकै उमेरमा निधन हुन पुगेको भारतीय चिकित्सकहरुले बताएका छन् ।


विगत एक बर्षदेखि उहाँको किड्नीमा समस्या देखिएको थियो । किड्नीको उपचारका लागि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । किड्नीको समस्याका कारण केही दिनदेखि उहाँलाई भेन्टिलेटरमा
राखेर उपचार गरिदै आएको थियो । कलाकार अनुपम श्याम ओझाको आर्थिक अवस्स्था पनि त्यति राम्रो थिएन । उहाँलाई उपचार गर्न उहाँका भाइले चन्दासमेत संकलन गर्नुपरेको थियो । अनुपम श्याम ओझाको अत्यन्तै निकटका साथी राजीव मिश्रले उनको निधन हुनुभन्दा केही समय अगाडि भारतीय सञ्चार माध्यमलाई भनेका थिए अनुपम श्याम ओझा लामो समयदेखि किड्नीको समस्यासँग
जुधिरहनु भएको थियो । उहाँको उपचार नयादिल्लीस्थित लाइफलाइन अस्पस्तालमा भइरहेको थियो । सोही अस्पतालमा उहाँको डाइलइसासिस समेत हुँदै आएको थियो । पहिला १५ दिनमा एकपटक डाइलासिस गरिँदै आएकोमा स्वास्थ्य खराब बन्द गएपछि हप्तामा चार पटकसम्म उहाँको डाइलाइसिस गरिँदै आएको थियो ।
सुप्रसिद्ध सिने कलाकारको निधनप्रति भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले सोमबार एक ट्विट गर्दै शोक सन्तप्त परिवारजनमा मेरो समवेदना छ । प्रभु श्रीरामसँग पार्थना गर्दछु । स्वर्गीय अनुपम श्याम ओझालई आफ्नो चरणमा स्थान दिऊन् ।

तपाईको प्रतिक्रिया