धरान÷खेलकुदको विकासमा स्थानयि तहहरुले दतारुकता देखाउन थालेका छन् । स्थानीय स्तरबाटै विभिन्न खेलकुदका गतिविधिलाई चलायमान बनाउन स्थानीय तहहरुले खेलकुदका गतिवधि गर्नका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिन थालेका छन् ।
पछिल्लो समय इटहरी नगरपालिकाले पनि खेलकुदको विकासका लागि सुविधा सम्पन्न वहुद्देश्यीय कवर्ड हल निर्माण शुरु गरेका छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर १२ मा सुविधा समपन्न बहुउद्देश्यीय कबर्डहल लागेको हो । कवर्डशिलान्यास समेत गरिसकिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र वडा नम्बर १२ का वडाध्यक्ष हेमानन्द दाहालले सन्युक्त रुपमा बहुउद्देश्यीय कबडहल शिलन्यास गरेसंगै अब खेलकुदका गतिविधिले तिब्रता पाउने अपेक्षा खेलप्रेमीहरुले गरेका छन् ।
निर्माण हुन लागेको कवर्ड हलमा खेलाडीहरुलाई सहज रुपमा खेल खेल्न सहज हुनुका साथै खेलाडीलाई डूेस चेन्जका लागि चेन्जिगं कोठा तथा शौचालय निर्माण गर्न लागिएको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले बताउनुभयो ।
कवर्डहल निर्माण समितिका सचिव इन्द्र सुब्बा अनुसार २५ लाख रुपैयाकोलागतमा कवर्ड हल निर्माण हुन लागेको हो । पहिलो चरणको १३ लाख २५ हजार रुपैया इटहरी उपमहानगरपालिकाले दिएको हो । यो कवड हल निर्माणपछि यस क्षेत्रको खेलकुद विकासमा टेवा पुग्ने वडा अध्यक्ष हेमानन्द दाहालले बताउनुभयो ।
