धरान÷विश्वलाई नै प्रभाव पारेको कोरोना भाइरस (कोडिभ १९) ले सबै क्षेत्र प्रभावित बनाएको छ । यसम पनि होटल व्यवसाय सबै भन्दा बढी मारमा परेका छन् । होटल व्यवसायहरु अहिले व्यवसाय छोड्ने हो कि गर्ने भन्ने दोधारमा छन् । उनीहरु लकडाउनका कारण व्यवसायी धरासायी हुदा लगानी गरेको ऋण नै कसरी उठाउन भन्ने चिन्तामा रहेका छन् ।
दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिभराउ हुने भेडेटार लकडाउन शुरु भएसूगै सुनसान छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी आन्तरिक तथा वा्ह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ करोडौंको लगानी गरेर व्यवसाय गरेका होटल व्यवसायीहरुलाई अहिले भने ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ ।
प्रदेश नं. १ कै पर्यटकी यस्थल मध्येको धनुटाको भेडेटार लकडाउन खुकुलो बन्दा समेत सुनसान नै छ । विगतमा आन्तरिक पर्यटक मात्र होइन छिमेकी देश भारतका विहार, सिक्किम, दार्जिलिङ, उत्तर प्रदेशलगायत विभिन्न क्षेत्रबाट दैनिक हजारौं संख्यामा आउने गर्दथे् । तर, यतिबेला विश्व व्यापी रूपमा फैलिएको कोरोनाको सन्त्रासले भेडेटार सुनसान छ । लकडाउन घोषणा भए पछि भेडेटार बजारको व्यापार–व्यवसाय ठप्प होटल व्यवसायी विष्णु श्रेष्ठ बताउनुहुन्छ ।
भेडेटारमा चैत्र देखि भदौ सम्मको समयलाई मुख्य सिजनको रुपमा लिने गरिन्छ । पर्यटकहरु आउने सिजन हुनै लाग्दा सरकारले पनि भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । भ्रमण वर्षका लागि व्यवसायीहरुले ऋण काढेरै भए पनि थप लगानी गरेका थिए । भेडेटार सहित नाम्जे, थुम्की लगायत क्षेत्रमा साना–ठूला गरी डेढ सयभन्दा बढी होटल सञ्चालनमा छन् । ती होटलमा १ अर्बभन्दा बढी लगानी छ । लकडाउनका कारण व्यवसाय संचालन गर्न नसक्दा लगानी डुब्ने खतरामा पर्दै गएको होटल एसोसिएनि अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउनुहुन्छ ।
लकडाउन खुकुलो भएपनि कोरोनाको सन्त्रास सर्वसाधारण उत्तिकै छ । जसका कारण सर्वसाधारण हिडडुल गर्न सकेका छैनन् । निजी सवारी साधन लिएर आउनेहरुको लर्को लाग्ने भेडेटार यदाकदा एउटा, दुईटा सवारी साधन दे्ख्न सकिन्छ । विगतमा व्यस्त रहने व्यवसायी अहिले फुर्सदिला छन् । व्यवसाय नहुदा व्यवसायीहरुले गरेको करोडौंको लगानी डुब्ने अवस्थामा पुगेको छ । राज्यले पनि यस्ता व्यवसायलाई पुन : सञ्चालनमा ल्याउन नया नीति बनाउन आवश्यक छ
