धरान÷कोभिड विरुद्धको खोप आपूर्ति गरी अभियानहरु निरन्तर सञ्चालन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय आषाढ २८ गतेको निर्णय अनुसार खोप उपलब्धताको आधारमा हिजो मंगलबारदेखि पुनः खोप अभियान सञ्चालन गरिएको छ ।
भेरोसेल खोपको हकमा ५५ बर्ष र सो भन्दा माथिको उमेर समूहका कोभिडविरुद्ध पहिलो खोप लगाउन बाँकी सबै नागरिकहरु, विश्व विद्यालय, विद्यालयका प्राध्यापकहरु, शिक्षक कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा खोप लगाउन बाँकी रहेकाहरुलाई दिइने भएको छ ।
यसैगरी अमेरिकाले प्रदान गरेको व्बलककभल ब्म् द्दठ ऋयखद्द।ढ ख्बअष्लभ ५० बर्षदेखि ५४ बर्ष उमेर समूहका, कोभिड विरुद्धको पहिलो खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण र अति अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मीहरुलाई दिने भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिनुभएको छ ।
