धरान÷देखावटी रुपमा इनरुवामा कपडा पसलको व्यवसाय गर्दै आएका राजकुमार सिंहलाइ मंसिर १९ गते धरानको आचार्यलाइनबाट प्रहरीले प्रतिबन्धित ७७ ग्राम ब्राउनसुगरसहित प्रक्राउ गरेपछि उनको एकपछि अर्को अवैध धन्दा उजागर मात्र भएको छैन निजको नेपाली नागरिकतासमेत नक्कली फेला परेको छ ।
लागूऔषध लगायत अन्य अवैध कारोबार गदै आएका सिंहले नक्कली बुबा खडा गरी नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनले भारतको र नेपालको दुवैतिरको नागरिकता लिएको देखिएको छ । उनले नेपाली नागरिकता सप्तरीबाट लिएको र उनले बाबु बनाएका ठाकुरप्रसाद सिंह समेत भारतीय नागरिक नै भएको प्रहरीले जनाएको छ ।
ब्राउन सुगरको कारोबारीका रुपमा प्रक्राउ परेका र पछि नागरिकता समेत नक्कली भएको राजकुमार सिंहले सप्तरीको तत्कालीन पकरी गाविस वडा नं. २ निवासी भरेर विवरण लेखाए पनि उनको नागरिता नै किर्ते भेटिएको थियो । प्रहरीले दिएको जानकारी अनुसार उनका नक्कली बाबु बनेका ठाकुरप्रसाद सिंह विहारको राज जिरोगा ग्राम पञ्चायत अन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड जिल्ला मधुवन निवासी भएको भेटिएको छ ।
प्रहरीले ग्राम थाना पुगेर राज जिरोगाका मुखियासँग सम्पर्क राख्दा मुखिया नुतन कुमारीले उनी भारतीय नागरिक भएको र उनको दुई छोरा समेत रहेको प्रमाणित गरेर दिएपछि
राजकुमार सिंह फन्दामा परेका छन् । राजकुमार सिंहलाई हाल पुर्पक्षकालागि क्षेत्रीय कारागार झुम्कामा राखिएको छ ।
