दक्षिण एसियामा आफ्नो प्रभाव विस्तार गर्न चीनले समय समयमा विभिन्न रणनीति अवलम्बन गर्दै आएको छ । कहिले वान वेल्ट वान रोडको अवधारणा अघि सार्छ, कहिले वित्तीय सहयोगका नाममा गरिब मुलुकहरुमाथि आफनो प्रभाव जमाउने कुचेष्टा गर्छ तर कहिले अन्य आकर्षक नीतिहरु अख्तियार गर्दै आएको छ ।
पछिल्लो पटक उसले चीन–दक्षिण एशियाली मुलुक गरिबी उन्मुलन र सहकारी विकास केन्द्र स्थापना गरेर आफनो मिशनलाई अगाडि बढाउने प्रयास गरेको छ । श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानस्थान जस्ता देशको आन्तरिक मामलामा खेल्दै अर्काे चीन केन्द्र स्थापना गरेर अन्य मुलुकमा समेत छिर्ने प्रपञ्चमा रहेको प्रष्ट देखिन्छ ।
दक्षिण एसियामा छिर्ने प्रयास चीनले धेरै बर्ष अगाडिदेखि गर्दैै आएको छ । यसका लागि दक्षिण एसियाली सहयोग संगठन सार्कलाइ उपयोग गर्न सके अर्थात यस संगठनको सदस्यता लिन सके आफ्नो मिशनलाई पूरा गर्न सकिने सोच उसको थियो । सार्कको सदस्यताका लागि चीनले धेरै प्रयास नगरेको पनि होइन । गरिब राष्ट्रहरुलाई आर्थिक सहयोग उपलब्ध गराएर उसले प्रभावमा लिने प्रयास गरेको थियो । तर चीनको कुटिलता र यसको रणनीतिले दीर्घकालमा पार्ने प्रयासलाई राम्रोसँग बुझेको भारतका कारण सार्कको सदस्यता बन्न ऊ असफल रहयो ।
यतिबेला नेपाल, भुटान, भारतबाहेकका पाँचवटा मुलकुलाई उसले यतिबेला आफ्नो प्रभावमा पारेको छ । सार्कमा छिर्ने आफनो पटक पटकको प्रयासलाई भारतले असफल पारेपछि सार्कका अन्य पाँचवटा मुलुकलाई उसले आफ्नो प्रभावमा पारी दक्षिण एसियामा छिर्ने रणनीति बनाएको देखिन्छ । उसले असार १९ गते शुक्रबार ती पाँचवटा मुलुकका राजदूतहरुसँग छलफल समेत गरेको छ । छलफलमा नेपालका राजदूतलाई समेत उसले निम्त्याएको थियो । सिचुवान प्रान्तको चोङ्गकिङ्गमा राजदूतहरुको भेला गरी सहायक विदेश मन्त्री, चोङ्गकि नगरपालिकाका उपमेयर र राजदूतहरुको भेला भएको थियो ।
राजदूतहरुको भेलामा सहायक विदेश मन्त्रीले प्रसंगलाई सिधै राजदुतहरु समक्ष नराखी चिनियाँ कम्युनिस्ट पार्टीको सतबार्षिकीको प्रसंग उठाउँदै चीनले पूर्ण गरिबीको समस्या समाधानमा लागि अभियान चाल्न लागेको सुनाएका थिए ।भर्खरै मात्र चीनले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतबािर्षकी मनाएको थियो । बेइजिङ्गको तियान्मेन चौकमा उसले आफनो शतबार्षिकी मनाइरहँदा विश्वले केही बर्ष अगाडि स्वतन्त्रताको माग राखेर आन्दोलनमा उत्रिएका १० औं हजार विद्यार्थीहरुलाई क्रुरतापूर्वक ट्यांकरले किचेर मारेको स्मरण गरेका थिए । स्वतन्त्रको आवाज उठाउनेहरुको आज पनि चीनमा पासविक हत्या हुने गरेको समाचार यदाकदा बाहिर आउने गरेका छन् । कतिपय ज्यान जोगउन अन्य मुलुक पलायन भएका छन् । भर्खरैमात्र चीनले त्यहाँ रहेका अल्पसंख्यक उइगुर मुसलमानहरुप्रति गरेको नृसंसक हत्या, बर्बरताको विश्व समुदायबाट निन्दा र भत्र्सना भइरहेको छ । बेलायतको क्राइम अदालतमा यस सम्बन्धी मुद्धा चल्दै आएको छ । हजारौ तिब्बतीहरु ज्यान जोगउनकैलागि अन्य मुलुकमा पलायन भएका छन् । यस्तो अवस्थामा सार्कका केही अल्प विकसित, मुलुकहरुलाई हातमा लिएर दक्षिण एसिया छिर्ने चीनको कदमप्रति आशंका हुनु स्वभाविक हो ।
