धरान÷भारत र नेपालले भारत–नेपाल रेलसेवा सम्झौता २००४ का लागि पत्र आदान प्रदान Letter of exchange मा असार २५ गते हस्ताक्षर गरेका छन् ।
भारतले छिमेकी पहिलो नीति अन्तर्गत क्षेत्रीय कनेक्टीभिटी विस्तार गर्न नेपालको रेल्वे सेवालाइ भारतबाट कार्गो ढुवानी गर्न पाउने सहमति पत्रमा उल्लेख गरिएको छ ।
शुक्रबार भारतीय राजदूतावासद्वारा एक विज्ञप्ती प्रकाशित गरी दुई देशका सरकारबीच आषाढ २५ गते एक भर्चुअल समारोहको आयोजना गरी कुटनैतिक पत्र Note varbale तथा दुवै पक्षले हस्ताक्षर गरेको Letter of exchange आदानप्रदान भएको जनाएको छ ।
भारत सरकारको तर्फबाट भर्चुअल समारोहको नेतृत्व भारतीय रेल मन्त्रालय अन्तर्गतका परिचालक एवम् व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहान्तीले गर्नुभएको थियो भने नेपाल
सरकारका तर्फबाट समारोहको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गर्नुभएको थियो । भर्चुअल समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, भारतीय विदेश मन्त्रालयका उत्तरी प्रभागका सह सचिव अनुराग श्रीवास्तव, परराष्ट्र मन्त्रालयका नेपाल अन्तर्गत दक्षिण एसिया विभागका सह सचिव तीर्थराज वाग्लेको उपस्थिति रहेको थियो । समारोहमा दुवै देशका दुतावास एवम् सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरुको पनि उपस्थिति रहको थियो ।
अबLetter of exchange मा हस्ताक्षर भएसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटर गाडी माल रेल सञ्चालक, विशेष मालसामान रेल सञ्चालक वा भारतीय रेल्वेले स्विकृत गरेका अन्य माल ढुवानी सञ्चालक लगायतका अन्य सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरुले नेपाल आउने कन्टेनर र अन्य भारत र नेपालबीच ओसार पसार हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसमम ल्याउन भारतीय रेल मार्ग सञ्जालको पहुँचलाई विस्तार गर्नुका साथै सामानको ढुवानीलाई थप प्रभावकारी बनाइ मूल्य प्रतिष्पर्धामा बृद्धि गरी नेपाली
व्यापारी , ढुवानीकर्ता र उपभोक्ताहरुलाई लाभान्वित गर्नेै भएको छ ।
अझ यो Letter of exchange पश्चात भारतको रेल सञ्जालमा सञ्चालन हुने सबै किसिमका मालवाहक रेलले भारत र नेपालबीच मालसामान ओसार पसार गर्नेछन । यसले विशेष प्रकारका मालडिब्बामा बोकिने मोटर गाडी र अन्य केही वस्तुहरुको ढुवानी खर्चमा कमी ल्याउने देखिएको छ । निश्चित मापदण्ड र प्रक्रिया अनुरुप नेपाल रेल्वे कम्पनीको स्वामित्वमा
रहेका माल डिब्बाहरुले भारतीय रेल सञ्जालमा ९कलकता, हल्दियादेखि विराटनगर वीरगञ्ज रुटहरुमा० नेपाल आउने माल सामानहरु बोक्न पाउने भएका छन् । Letter of exchange ले भारत–नेपाल रेल सेवा सम्भौताका अन्य थुप्रै पक्षहरलाई अद्यावधिक गर्नुका साथै भारतीय र र नेपाली रेल्वेका परिचालन र पूर्वाधार सम्बन्धी नविन पक्षलाई समेट्ने दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
