धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरको चरम आर्थिक अनियमितताका कारण विघटनको संघारमा पुगेपछि प्रतिष्ठानका चिकित्सक, कर्मचारी, विद्यार्थी, प्राध्यापकहरुले संयुक्त रुपमा पदाधिकारीहरुको बर्खास्तीको माग गर्दै जारी आन्दोलनप्रति बीपी चिन्तन प्रतिष्ठान सुनसरी धरानले ऐक्यबद्धता जनाएको छ ।
संयुक्त संघर्ष समितिले आषाढ १ गतेदेखि आन्दोलन गर्दै आएको छ । बीपी चिन्तन प्रतिष्ठानले जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै भनेको छ नेपालको पूर्वी क्षेत्र प्रदेश नं. १ को सुन्दर नगरी धरानमा अवस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एक प्रतिष्ठित स्वास्थ्य विज्ञान प्रतिष्ठान हो ।
ऐक्यबद्धतापत्रमा भनिएको छ धरानबासीले प्रतिष्ठानलाई आफ्नो नगरको गहना र गौरवका रुपमा लिएका छन् तर प्रतिषठनमा एक बर्षदेखि प्रारम्भ भएको अनियमितता, भ्रष्टाचार बेथिति र अति राजनीतिकरणका कारण प्रतिष्ठानको अवस्था जर्जर र नाजुग बन्दै गएको छ । गम्भीर विरामीहरुको उपचार गर्ने प्रतिष्ठान आज स्वयम गम्भीर विरामी भएर आइसियुमा पुगेको अवस्था छ ।
बीपी चिन्तन प्रतिष्ठाना अध्यक्ष डा. आनन्दप्रसाद आचार्य्, उपाध्यक्ष प्रा.डा गोपाल भण्डारी, श्यामा रेग्मी र सचिव पुष्पराज ढकालद्वारा हस्ताक्षरित आन्दोलनप्रति प्रतिबद्धता पत्रमा भनिएको छ प्रतिष्ठानको समग्र संकटपूर्ण स्थितिप्रति हामी सम्पूर्ण नगरबासी सहित बीपी चिन्तन प्रतिष्ठान सुनसरी परिवार संवेदनशील भएका छौं । प्रतिष्ठानमा व्याप्त भष्टाचार, अनियमितता, बेथिति र अति राजनीतिकरणको अन्त्यका निम्त प्रिितष्ठनका चिकित्सक वर्ग, नर्स, कर्मचारी, विद्यार्थी प्रतिनिधि सम्मिलित संयुक्त संघर्ष समितिद्वारा प्रतिष्ठानलाई पुनर्जीवन प्रदान गर्न प्रारम्भ भएको न्यायपूर्ण र सत्यको मार्गमा सञ्चालित आन्दोलनप्रति बीपी चिन्तन प्रतिष्ठान सुनसरी परिवार ऐक्यवद्धता र समर्थन गर्दछ । चार हप्ता अगाडिदेखि प्रारम्भ भई न्यायपूर्ण जायव मागमा अडिग भई सञ्चालन भएको आन्दोलनलाई नेपाल सरकार अन्तर्गत प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयबाट शीघ्रतिशीघ्र सार्थक वार्ता प्रारम्भ गरी समस्याका समाधान गर्न प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयसँग अपिल समेत गरेको छ ।
