इटहरी÷कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण वैसाखदेखि बन्द भएको गोरखा डिपार्टमेन्ट स्टोर लकडाउन खुकिुलिएसँगै पूर्ववत रुपमा सञ्चालनमा आएको छ ।
गत बर्ष चैत्र ११ गतेदेखि झण्डै ६ महिना कोरोना संक्रमणकै कारण बन्द हुन पुगेको गोरखा डिपार्टमेन्ट स्टोर यस पटक पुन ः दुई महिना लकडाउनले बन्द हुन पुग्दा हजारौ ग्राहकहरुले सास्ती व्यहोर्नु
परेको थियो । स्थानीयहरुसँगै पूर्वाञ्चलका ग्राहकहरुका लागि मात्र नभएर भारतको पश्चिम बंगाल, दार्र्जीलिङ्ग, सिक्किम, विहार, आसाम, मणिपुरसम्मका ग्राहकहरुको पहिलो रोजाईमा रहेको गोरखा डिपार्टमेन्ट स्टोर यतिबेला छोटो समयमै पूर्ववत अवस्थामा फर्किएको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले बताउनुभयो । म्यानेजर गौतमका अनुसार असार २२ गतेदेखि स्टोरका सबै डिपार्टहरु पूर्ण रुपमा सञ्चालनमा आएको छ । स्वास्थ्यका सम्पूर्ण सावधानी अपनाएर सञ्चालनमा आएसँगै ग्राहकहरुको उल्लेखनीय भीड बढेको हो । उहाँले भन्नुभयो ग्राहकहरु स्थानीय मात्र नभएर पूर्ववत अवस्थाकै जस्तो ग्राहकहरु आउन थाल्नु भएको छ । यति छोटो समयमा ग्राहकहरुको उल्लेखनीय भीड बढेको हो । उहाँले भन्नुभयो ग्राहकहरु स्थानीय मात्र नभएर पूर्ववत अवस्थाकै जस्तो ग्राहकहरु आउन थाल्नु भएको छ । यति छोटो समयमा ग्र्राहकहरुको उल्लेखनीय भीड बढ्नुको कारण के हुनसक्छ त भन्ने जिज्ञासामा गौतम भन्नुहुन्छ गोरखा डिपार्टमेन्ट स्टोरमा एउटै छानोमुनि स्वदेश तथा विदेशका सम्पूर्ण ब्राण्डेड सामान बजार मूल्यभन्दा कम मूल्यमा पाइनुलाई नै ग्राहकहरुको गोरखा डिपार्टमेन्ट स्टोरप्रतिको आकर्षण भएको बताउनु हुन्छ ।
अझै पनि पूर्ववत अवस्थामा आउन केही समय लाग्ने म्यानेजर गौतमको कथन छ । कोभिडको सन्त्रास अझै पनि आम सवसाधारणमा रहेको छ । यद्यपि ग्राहकहरु आफै पनि स्वास्थ्य सावधानी अपनाएर आउनुलाई सकारात्मक मान्नुपर्छ । म्यानेजर गौतमले भन्नुभयो । लकडाउनका समयमा अर्थात वैसाख, जेष्ठ र असारमा गोरखा डिपार्टमेन्ट स्टोरले चाइना, भारत, हङकङ, मलेसिया, सिंगापुरबाट सात कन्टेनर विभिन्न आइटमका ब्राण्डेड समान ल्याएको छ । हाल आयात गरिएका समानहरुमा किचन वायरका नयाँ नयाँ आइटम, हेयर रोलर, नयाँ नयाँ डिजाइनका स्टेट मेशिन, बच्चाका खेलौनाहरु, नयाँ नयाँ सजावटका लागि प्रयोग गरिने फूलहरु, दाह«ी काट्ने आकर्षण डिजाइनमा मेशिनहरु, सो पिसहरु, सफ्ट टोइज (नरम प्रकारका खेलौनाहरु), डेकोरेशनका समानहरु, आकर्षण डिजाइन सुटकेशहरु, आकर्षक सर्टिङ्ग सुटिङका कपडाहरु, बाल बालिकाहरुका लागि चाहिने नरम र आकर्षण कपडाहरु गोरखा डिपार्टमेन्ट स्टोरले लकडाउनका समयमा आामयता गरेको छ । म्यानेजर गौतम भन्नुहुन्छ दुई वटा समानका कन्टेनरहरु पाइप लाइनमा रहेका छन । चाँडै नै ती सामानहरु पनि आइपुग्ने उहाँले बताउनुभयो । हाल गोरखा डिपार्टमेन्ट स्टोरमा सम्पूर्ण सामानहरु भरिभराउ रहेको छ ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
गोरखा किचनमा ग्राहहरुको चाप बढ्दै
लकडाउनका कारण झण्डै दुई महिना सुनसान जस्तै भएको गोरखा डिपार्टमेन्ट स्टोरको टप फ्लोरमा रहेको गोरखा किचनमा यतिबेला ग्राहकहरुको चहलपहल ह्वात्तै बढेको छ ।
होटल व्यवसायी संघ इटहरीको पहलमा इटहरी लगायत आसपासका सम्पूर्ण होटलहरु सञ्चालनमा आएसँगै आषाढ २२ गतेदेखि गोरखा किचन पनि सञ्चालनमा आएको हो । ग्राहक तथा उपभोक्ताहरुको पहिलो रोजाइमा रहेको गोरखा डिपर्ममेन्ट स्टोरको किचन सञ्चालनमा आएपछि ग्राहक तथा उपभोक्ताको भीड बढेको स्टोरका म्यानेजर गौतम बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ थकाली, स्पशेल, नेपाली खानाको स्वाद लिन यतिबेला स्थानीयसँगै बारिबाट समेत ग्राहकहरु आउन थाल्नुभएको छ । खानासँगै विभिन्न प्रकारका अन्य फास्ट फुडहरुले समेत ग्राहकहरुलाई लोभ्याएको उहाँको ठम्याई छ । गोरखा डिपार्टमेन्ट स्टोरका अन्य शाखाहरु मोरङ्गको विराटचौक, पथरीको र झापा दकमको समेत किचनहरु सञ्चालनमा एकसाथ आइसकेका छन् ।
अत्यन्तै स्वच्छ, सफा र प्राकृतिक र रमणीय दृश्यको अवलोकन गर्दै स्वादिष्ट व्यञ्जनहरुको स्वादकै लागि ग्राहकहरु गोरखा किचनमा पुग्ने गरेको पाइएको छ ।
ब्राण्डेड कम्प्युटर तथा ल्यापटपमा आकर्षण
हरेक उमेरका अहिलेका पुस्ताका लागि अनिवार्य जस्तै भएको कम्प्युटर र ल्यापटप खरिदका लागि ग्राहकको पहिलो रोजाईमा परेको छ गोरखा डिपार्टमेन्ट स्टोर । जुनसुकै साइजका ब्राण्डेड ल्यापटप र कम्प्युटर बजारमा पाइने मूल्य भन्दा कम मूल्यमा पाइएपछि पनि यसप्रति ग्राहकको रुची बढेको हो ।
एप्पल, डेल, एच.पी, लेनेर्वा, एसर जस्ता ब्राण्डेड ल्यापटपले प्रयोगकर्तालाई नलोभ्याइरहन सक्दैन । यसका अलावा अलइन वान कम्प्युटर (जसमा छुट्टै सिपियुको झन्झट नहुने र बर्षौसम्म टिक्ने) का कारण पनि कम्प्ुटर सेक्सनमा ग्राहकको सधै भिडभाड देखिने गरेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, दैनिक सरदर १० वटा ल्यापटप र त्यतिकै अनुपातमा अलइन वान कम्प्युटरहरु बिक्री हुने गरेका छन् । मनिटरमा डेल, सामसुङ्ग, आसुस, एक्सज सिरिज, प्रोसेसर, प्रोजेक्टरहरुसमेत फिक्स प्राइसमा उपलब्ध छन् । प्रिन्टरहरुमा सामसुङ्ग, ब्रदर, क्यानन,ब्लाक एण्ड ह्वाइट र कलर दुवैमा उपब्ध छन् । कम्प्युटरका लागि चाहिने सम्पूर्ण पार्टहरु समेत एकै ठाउँमा उपलब्ध छन् ।
डिपार्टमेन्ट स्टोरका कर्मचारी रन्जित मालाकारका अनुसार अहिलेका पुस्तामा इलेक्ट्रोनिक्स सामान खरिदमा आकर्षक नै बढेको छ । डिपार्टमेन्ट स्टोरको दोस्रो तलामा उपलब्ध सम्पूर्ण इलेक्ट्रोनिक्स सामान खरिदका लागि स्थानीयदेखि भारतको सिलगुढी, दार्जीलिङ्ग, सिक्किम , आसामसम्मका ग्राहकहरु आउँछन् ।
ग्राउण्ड फ्लोर र गोरखा गल्लीमा पनि उस्तै
गोरखा डिपार्टमेन्ट स्टोरको ग्राउन्ड फ्लोर र अन्डर ग्राउन्डमा खास गरेर गृहणीहरुको भीड लाग्ने गरेको छ । अन्डरग्राउन्डमा ताजा सागसब्जी जो कोही गृहणी पनि एकपटक लोभिन्छन् । अन्डर ग्राउन्डमा पाइने साग सब्जी, वेसिनजनका तकारीहरु जुन गोरखाले आर्गनिक ढंगले आफै उत्पादन गरेको हो । सुद्ध गाइभैसीको गोवर मलबाट उत्पादन भएका सागसब्जी किन्न धरान, विराटनगरबाट समेत उपभोक्ता पुग्ने गरेको गोरखाले जनाएको छ । त्यहाँ दर्जनभन्दा बढी प्रकारका सागसब्जी राखिएका छन् । ग्राउन्ड फ्लोरको उत्तरपट्टि रहेको बेकरी पसल सातैदिन खुल्ला रहन्छ । आफ्नै गाइगोठबाट उत्पादित दूध, घ्यूबाट बनाइएका अत्यन्तै स्वादिष्ट मिठाई, बेकरीहरुका लागि राति अवेरसम्म ग्राहकको भीड लाग्छ । यसैगरी गोरखा गल्लीमा पाइने फलफूल, फ्लोर ग्राउन्डमै पाइने खाद्यान्न, फ्रोजन आइटमका माछा मासुमा समेत ग्राहकहरु झुम्मिने गरेका छन् ।



