बाजेको राडे रुवाई शुरु
नेप्लिज लाँग्रेसका तेस्रो लिंगी माने न आइमाइको स्वर न लोग्ने मान्छेको स्वर भएका रामचन्द्रे बाजेको जीवनमा सदैव एउटै घिटघिटो रहने भो । हिजो आज त उनले आफैले आफूलाई धिर्कान थाल्या छन् । पार्टीभित्र बरिष्ठको पगरी भिरेका बाजे न जीन्दगीमा पार्टी सभापति हुन सक्लान् जस्तो त पर्धानमन्तरी बन्न सक्लान् जस्तो छ । विचरा मरिच झै चाउरिदै गएका छन् । कहिले म तेह्र«ौ महाधविेशनको घाइते हुँ मलाई सभापतिमा सघाउनुस् भन्दै हिड्छन, कहिले सभापतिमा उठ्न खुट्टा उचालेर बसेकाहरुलाई चौधौ महाधिवेशनलाई सघाउनुस एक बर्षपछि म पद हस्तान्तरण गरिदिन्छु भन्दै घर घर चहार्न थाल्या छन् । विचरा व्राम्हणको कन्तविजोगै हुने भयो । खाली पछारिने भाग्य मात्र पाएका रै’छन् बाजेले । सभापमिा लड्यो पछारिएकै छ पर्धानमन्तरीमा लड्ने झन साह«ो १७ पटकसम्म पछारिए ।
व्यवस्था परिवर्तन हुदैछ
नेपालाँ अब चाँडै नै व्यवस्था परिवर्तन हुने छाँटकाँट देखिन थाल्या छ । शनि, राहु, केतुको ग्रहले छोड्ला छोड्ला जस्तो छ । कहिले राणा शासन गयो, कहिले पञ्चायती शासन गयो, कहिले के गयो त्यसपछि गनतन्त्र आ’थ्यो त्यो पनि चिलिम हुने भयो । मान्छे मासेर धर्म मासेर, इमान जमान मासेर आएको गनतन्त्रले भकाभक भ्रष्ट, बलातकारी, डन, माफिया जन्माउन थालेको मात्र होइन जुन दलसंँग लगनगाँठो कसेर हसुर्नै ठाउँमा पुग्यो अहिले त्यसलाई छाडेर सुटुक्क अर्कोसँग लगनगाँठो कस्न थालेसी अब बहुदलीय पञ्चायती व्यवस्था आउने भा’छ । यो व्यवस्थाका सुत्रधारहरुचाहिँ झालेमालेका माकुने, झल्लाझलु लगायत नै हुन् । गनतन्त्रमा त एउटासँग वरमाला गरेकाले अर्कोसँग सुटुक्क गएर विवाह दर्ता गर्न पाइँदैन । त्यसकालगि त वहुदलीय पञ्चायती व्यवस्था नै चाहिन्छ ।
टाटेको उफ्राई
जाबो संसदमा पनि आफनै गामघरबाट जित्न नसक्ने एकजना जनकपुरतिरका ओठभरि टाँटा भएका टाटे निधि यतिबेला नेपाली काँग्रेसको सभापति लड्छु भनेर खुट्टा उचालेर हिड्या छन् । मैले सभापतिमा लड्नुृ भन्या छु छोड्छु भन्या छैन रे । टाटे निधिले गज्जबकै सपना देख्न थाल्या रै’छन् । उठ्न कसैले कसैलाई छेक्न सक्दैन तर निधिचाहिँ उठेका उठ्नै होलान् जस्तो छ । हुन त लगौटीको जुमं्रा टाउकोमा पुग्यो भने बढी सक्सकाउँछ भन्छन् । यिन्लाई पनि लगौटीबाट टाउँकोमा पुग्ने रहर जागेछ । रहर जाग्नु राम्रै हो । बूढानिलकण्ठे काजीले भातमारालाई अहिलेसम्म दूध पिलाएकारै’छन् क्यारे । जस्ले गर्दा मेरे बिल्ली मरेको दिन म्याउ गर्न थाल्या छ । तर म्याउ गर्ने मात्र हो मुसा मार्ला जस्तै चाहिँ छैन ।
भात खाने बानीले आयात बढ्यो ?
हाम्रा पर्धानमन्तरी उखानप्रसाद पनि कहिलेकाँही आवश्यकता भन्दा बढी नै हँसाउछन् । यत्रो कोरोनाले मान्छे मरे उखान टुक्का भन्या छन् हँसाएका छन् । लकडाउनले मान्छेको बेहाल भएको छ उखान टुक्का भन्या छन् हँसाएका छन् । बाढी पहिरोले कैयौ मनिस गए, कैयौ वेखबर भए, कैयोै विस्थापित भए उखान टुक्का भन्या छन् हसाएका छन् । जस्तोसुकै विपत्त पर्दापनि रुनचाहिँ दिएका छैनन् । हँसाएका छन् नेप्लिज जन्ताले गज्जबकै पर्धान्तमन्तरी पाएका छन् । अस्तिका दिन नेपालमा धान आयात बढ्यो यो चिन्ताको विषये हो भने विज्ञहरुले के भन्या थिए उखानल प्रसादले Ïयाट्टै भन्दिए नेपालीहरुको विहान–बेलुकै भात खाने बानीले धानको आयात बढ्या हो । उखानप्रसादको कुरा सुनेपछि कृषि विज्ञहरु सेन्टी
विचरा माकुने
जता छि¥यो त्यतै भ्वाङ्ग बनाउने योग परेका प्रचण्डाउसँग गहिरो लभ परेका माकुनेले आफेनै घर खरानी बनाएर भाग्न खोज्दा विचराको झनै वेहाल होलाजस्तो पो छ । माकुन्याउ र प्रचण्डाउको माया–पिरतीमाथि अदालतले धावा बोलिदियो । कसैको माया पिरतीमा त्यसरी धावा बोल्नु हुन्थेन तर के गर्नु त्यस्तै भयो । प्रचण्डाउले यसो २०–३० जना लोकती लिएर माकुने आउलान् भनेर कम्ता आशा ग¥या थेनन् । तर माकुन्याउका लोकन्तीहरु विस्तारै विस्तारै फर्किएर कुचो कसिंगर लगाउन थाल्या छ् लोकन्तीहरु धमाधम फर्कन थालेसी विचरा माकुने अन्तेमा एक्लै पर्लान जस्तो छ । यसो गोडा २०–३० सेक लोकन्ती लिएर आउलान् भनेर कुरेर बस्या प्रचण्डाउले पनि माकुनेसँग पारापाचुके गर्लान गर्लान जस्तो छ । नहुने बेला गन्हाउने मुख भन्या यही हो ।
स्यालबहादुरको बृद्धि फि¥या हो ?
नेप्लिज लाँग्रेसका मुखिया आच्या बुढानिलकण्ठे दरबारपति श्यालबहादुरको घैटोमा घाम लागेको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । अस्तिका दिन उनको बुद्धिमा लागेको विक्रो फ्वात्तै उघ्रिएछ । प्रचण्डाउले, माकुन्याउले, उपिन्द्र जादव लगायतले पर्धानमन्तीको लालीपप देखाइदिएसी स्यालबहादुर कम्ता गजक्क प¥या थेनन् । ज्योतिषीले सात पटक पर्धानमन्तरी हुन्छन् भनेर चामलका दाना फुकेर फुस्स खरानी छर्किदिएको भरमा पर्धानमन्तरी बन्ने दौडमा लाग्या स्यालबहादुरले बल्ल कुरा बुझेछन् । अस्तिका दिन तिन्ले प्रचण्डाउले खप्रओलाई फँसाउन नसकेसी मलाई फँसाउन खोज्या रै’छन् पो भने । छँदाखाँदाको झालेमालेलाई तितरवितर बनाएर भाँडभैलो मच्चाइदिएको कुराले स्यालबहादुरको घैटामा बल्ल घाम लागेछ । यसका लागि स्याल बहादुरलाई बधाई छ ।
सम्भावना चैट
झालेमालेभित्रको महाभारत यतिबेला उत्कर्षमा पुग्या छ । कौरव पक्षमा रहेका माकुन्याउ र पाण्डव पक्षमा रहेका खप्रओले अब आ–आप्नो बाटो लाग्ने निर्नय ग¥या छन् । यी दुइ वीचमा माने माकुने रखप्रओबीचमा झगडा लगाउने सकुनी प्रचण्डाउ यतिबेला पासा खेलिरा’छन् । अब दुवैबीच कित्ताकाट भैक्या छ । खप्रओ कसैलाई पर्खिएर बस्ने पक्षेमा छैनन् । बारम्बार सित्तिके धन नानी के साद्ध भनेझै माकुनेले कम्ता नाटक देखाएनन् । हुन त पुतलीजँगे माकुने यस भन्दा अगाडि दुई दुई ठाउँमा चुनाउ हार्दा नि उनलाई पर्धानमन्तरी बनाएकै थियो । अहिले हरामको पद खान नपाएसी कहिले सडकमा गएर उफ्रीपाफ्री गर्छन्, कहिले प्रचण्डाउको हातबाट लड्नु बजाउँछन् ।
अन्तेमा
अति गर्नु अतिचार नगर्नु भनेर हाम्रा बाबुबाजेले त्यसै भन्या होइनन् । अब हेरम न बीपीका सिसी र ताक परे तिवारी नत्र गोतामेको चरित्र बोकेका रेग्मीलाई यतिबेला आन्दोलनकारीहरुले डल्लो परिदिएका छन् । यिन्का फूर्तिफार्ति सानो थिएन । मान्छेलाई मान्छे नै नगन्ने । अक्टोवपस जस्तै हात खुट्टा भएका यिन्ले जताबाट पनि सोहोर्नै काम मात्र गरे ।
कर्मचारीहरुका कुरा भाँडमा जाओस्, विरामी तंग्रिन कि घाटतिर जाउन, चिकित्सकहरु भुकिरहन्छन उनलाई बाला मतलव छैन । अहिले आएर तिनका बाजेको विहे देख्या छन् । बेलैमा झोली तुम्बा बोकेर बाटो लागे तै बरु तै नत्र यी दुवै कहाँ जुठे कहाँ जुठेकी आमा बन्लान् जस्तो पो छ ।
