धरान÷सामुहिक नेतृत्व, मजबुत संगठन र पारदर्शिता, सुनिश्चित सुशासन हाम्रो प्रतिबद्धता भन्ने नारा सहित नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन लक्षित धरान उपमहानगर समितिको सभापतिमा नेपाली काँगे्रसका युवा नेता किशोर राईले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको छ ।

आगामी श्रावण १६ गते हुने नेपाली काँग्रेसको धरान उपमहानगर समितिको सभापतिका लागि राईले सोमबार आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सदस्य समेत रहनु भएका राईले धरानका क्रियाशील सदस्य एवम् शुभेच्छुकहरुमा अभिवादन गर्दै आसन्न अधिवेशनलाई एकताको अधिवेशनको रुपमा लिई नेपाली काँग्रेसलाई नयाँ उँचाइँमा पु¥याउन, सवल,सुक्षम र समन्वयकारी नेतृत्वको चयन गर्दै भव्यताका साथ सफल बनाउन सबैमा अग्रिम शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
उमेद्वारी घोषणासँगै उहाँले सबैको माया, सदभाव, सल्लाह,सुझाव, सहयोग र चाहनालाई हृदयदेखि नै अपनत्व स्विकार गर्र्दै धरान र सिंगो नेपाली काँग्रेस पार्टीको लागि आसन्न अधिवेशनमा आफूले नगर सभापतिको उमेद्वारी दिएको घोषणा गर्नुभएको हो ।
