विराटनगर÷दुई महिना अगाडि नै प्रदेश नं. १ को सरकार जुनसुकै हालतमा भंग हुने घोषणा गर्नुभएका नेपाली काँग्रेसका सचेतक केदार कार्कीले आइतबार पुन ः सोही कुरा दोहो¥याउनु भएको छ ।
उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयो अब एक महिनाभित्रमा प्रदेश १ को सरकार भंग हुन्छ र गठबन्धनको सरकार बन्छ । दुई महिना अगाडि धरान साप्ताहिकसँगको वार्तामा उहाँले भन्नुभएको थियो ठ्याक्कै मितिचाहिँ नतोकौ तर सरकारचाहिँ ढल्छ । अब एक महिनाभित्रमा जसरी भएपनि यो सरकार ढल्छ, हेर्दै जानुहोला ।
प्रमुख सचेतक कार्कीले भन्नुभयो केन्द्रमा प्रतिनिधिसभा पुनस्र्थापना होस् कि नहोस्, संघीय सरकार रहोस् कि नहरोस्, संघीय सरकार विघटन भएर नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन होस वा नहोस् तर प्रदेश नं. १ को सरकारचाहिँ ढल्छ । एक महिनाभित्रमा प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा पनि सरकार गठन हुन सक्छ, एमालेभित्रकै असन्तुष्ट समूह माधव नेपाल खेमाको पनि कोही मुख्यमन्त्री बन्न सक्छन्, तर प्रदेश सरकारको नेतृत्व गरेका शेरधन राई मुख्मन्त्री रहँदैनन्, कार्कीले भन्नुभयो ।
