घण्टाघरबाट हेर्दा

औठा छापहरुको दिन सिद्धिए
कहिलेकाहीँ हाम्रो सर्वोच्च अदालतले नि गज्जबकै निर्नय गर्छ । पूर्व मन्त्रीहरुले राजदूत पड्काउने मनुवा अब नपाले हुने भएको छ । माने स्नातक नगरेका औँठा छाप मन्त्रीहरुलाई
राजदूत बनाउने निर्देशिका सर्कारले ल्याएसी सर्वोच्च अदालतले त्यसलाई धोती लगाइद्या हो । गनगान, भनसुन गरे राजदूत हुने सपना देख्या पूर्व मन्त्रीहरु सर्वोच्चको निर्नयसँगै उत्तानोचित्त प¥या छन् । देशमा यत्रा विधि पढेलेखेका मान्छे हुँदाहुँदै पढेलेखेकालाई खाँडीतिर बेल्चा हान्न लगाउन पठाएर औँठा छापहरुचहिँ राजदूत भएर मुन्टिने गर्थे । सरकारले मन्त्री भैसक्याहरुको योग्यता नचाहिने निर्देशिका ल्याएको थियो । त्यस्तो निर्देशिका कसरी ल्याउन सक्या होला ? हुन त सरकारमा बस्ने एक आद्यबाहेक कोचाहिँ पढेलेखेका छन् र ? सबैले आफनो समुदायको संरक्षण त गर्नै प¥यो । कि कसो हौ ?
मुखमा हान्नुपर्ने

विगडल पिएचडी बाउरामकी न हिस्सी न हस्स परेकी चौवीसै घण्टा नाकमा अपानवायु छाडेर बिग्रिएको थुतुनो भएकी सडियल जोईले अस्तिका दिन भन्या जस्ले शिव र बुद्धको पूजा
गर्छ त्यो कोरोना लागेर मर्छ । न हिस्सा न हस्स परेको त्यो पिचासले त्यस्तो के बोल्या होला ? अब तिन्का खप्परले काम गर्नै छोड्या जस्तो छ । सडियल थुतुनोमा जे आएको छ फलाकेको छ । हैन ती सडियललेचाहिँ कस्को फोटोमा पूजा गर्छिन् हँ ? तिन्कै कारन विगडल पिएचडी बाउराम चारतिर भौतारिएर हिँड्या छन् । कहिले मधेशीको धोती बोक्न दौडन्छन, कहिले लाँग्रेसको पुच्छर समात्न बुर्कुसी मार्छन् । विचरा स्थिर भएर बस्नै सक्या छैनन् । नेपालीमा एउटा उखान छ गतिली श्रीमति नभए खसमले साह«ै दुःख पाउँछन् । ती हिस्सा न हास्सकीको कहिले चेत खुल्ला ?
राहतमा बा आमाको व्यानर

कतै बाढीले च्याखुरा बगाएर बेपत्ता बनाएको छ, कतै पहिरोले ढुंगा माटो सोहोरेझै मान्छे सोहोरेर पुरेको छ, कतै कोरोनाले उठाएको छ । यस्तो बेलामा साइबरका छाउराहरुले दुई केजी चामल, दुई केजी आलु, एक केजी नुन दिँदा नि बा आमाको फोटोको व्यानर बनाएर बाँडेको देख्दा घण्टाघरलाई उदेक लाग्न थाल्या छ् । राहतमा समेत राजनीति गर्न साइवर स्यालहरु बडो खप्पिस छन् । हुन त बा आमाको स्याल न परे ।
खप्रओले चोटिलो जवाप दिए

यत्रो बाढी पहिरो आएर यत्तिका मान्छे मरे, घरबारविहीन भए, सरकारले केही गरेन, राहत पनि दिएन भनेर फलाक्नेहरुलाई पर्धानमन्तरी खप्रओले दह«ै झापड हानेछन् । उन्ले अस्तिका दिन भन्दिए बाढी, पहिरो सरकारले ल्याएको होइन । क्या चोटिलो जवाफ । बाढी पहिरो सकारले ल्याएकै होइन । सरकारले नल्याएको कुरामा सरकारले राहत किन दिने ? जे भएपनि राहत चाहियो भन्न त सरम लाग्नु पर्ने हो । फेरि सरकारले यत्तिका विधिलाई कहाँबाट ल्याएर राहत दिनु ? रहत माग्ने पनि तरिका हुन्छ नि  कोरोनाको भ्याक्सिन माग्दा माग्दा हाडछाला भएको सरकारसँग राहत माग्नु पनि भएन । हँुदा सरकारले देकै हो । नभएपछि विचराले के गरोस, अन्तेमा रामनाम सत्ये हो । कि कसो हौ ?
सर्पनाथको अण्डकोष सुनिएपछि

कहिले सडकमा डम्फू बजाएर हिड्ने, कहिले तथानाम फलाक्ने, कहिले विदेशी हस्तक्षेप भयो भनेर कुर्लने, कहिले पेरिस डाँडा र बुढानिलकण्ठतिर साइत हेराएर पोइल जाने नेपालका सर्पनाथले
राज्यको ढुकुटी दोहन गर्न राम्रै अभिनय ग¥या छन् । विरामी भएँ भनेर लम्पसार परि स्याँ–स्याँ गरेपछि सरकारले कुस्त विटा दिने नै भयो । कसैले खोला नाला दोहन गरेर झ्याम–झ्याम बजाएका छन्, कसैले मेडिकल माफिया बनेर बजाएका छन्, कसैले किर्ते गरेर लुटेका छन् । तर झल्लाझलु माने सर्पनाले पैसो आर्जन गर्न बडो सरल तरिका अपनाएका छन् । स्याँ–स्याँ गरेर लम्पसार पर्दिएसी राज्येको ढुकुटीबाट पैसा लुतुतुतु । उनले सर्प पाल्न राज्यकै ढुकुटीबाट ७२ करोड बजाएका थिए । त्यो पैसोले अस्पताल खोल्दिएका भए जाति नै हुन्थ्यो । जे होस् आइडियाचाहिँ सर्पनाथको मान्नै पर्छ वा
भड्खालोमा जाक्ने भए

बुढानिलकण्ठे मुखिया आच्या स्यालबहादुुरले फेरि एकपटक ¥याल चुहाएका छन् । यस भन्दा अगाडि नि तिन्ले ¥याल चुहाएर पार्टी माने लाँग्रेसलाई सिनित्तै बनाएका थिए । न बोली बुझिन्छ न हाउभाउ बुझिन्छ तर पनि तिन्लाई पार्टीको मुखिया बन्ने भूत सवार भएको छ । उमेरले नी नेटो काट्न लाग्या छ अब त विश्राम लेलान् भन्या त अस्तिका दिन आफ्ना नजिकका नन्दीभृंगी, हुक्के, ढोके, बैठके, पिचास, पिचसिनी, डंकिनी, भूतप्रेत सबैलाई एकीकृत गरेर म पार्टी सभापतिमा उठ्छु, पार्टीलाई बलियो बनाउँछु, पार्टीमा अझ धेैरै काम गर्नुछ भनेर रामकहानी पो सुनाएछन् । अर्काका सांसद चोरचार गरेर पर्धानमन्तरी पड्काम्ला भन्ने सोच्या थे । अब त्यो मनसुवा पूरा नहुने छाँटकाँट नदेखेसी सभापति नै भएपनि अँठ्याइरहने ध्याउन्नमा पुग्याछन् । नकचरोको औषधि भए पो
कसरी सुइको पाएछन्

जता छि¥यो त्यतै भाँडभैलो मच्चाउने विषयमा सोध गरी डा. लेख्न थाल्या बाउराम बाजेले अहिलेसम्म कसैले नपाएका सुइँको पाएछन् । देशमा दिग्गज गुप्तचरहरु नि तिन्का अगाडि फेल भएका छन् । तिन्ले देशमा राजसंस्था फर्कदै छ भन्ने सुइँको पाएछन् । तिन्लाई कस्ले सुइँको दियो कुन्नि ? जहिल्यै पेपर टाइगर बन्ने हतकण्डा अपनाउन माहिर बाउरामको कथनीलाई मिडियाहरुले पनि सनसनीपूर्ण बनाइदिए । तर तिनले सुइँको कसरी पाएछन् ? तिन्लाई सुइँको कस्ले दिएछ ? यस सम्बन्धमा बाउरामले अहिलेसम्म स्यालको जस्तो थुतुनो खोल्या छैनन् । सुइँको पाएको प्रमाण पेश गर्नु पर्दैन ? विना प्रमाण भ्यागुताको जस्तो टर्टरिएर त भएन । कि कसो हौ ?
अन्तेमा
बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु त्यसै भन्या होइन । त्यो सिकेलाल भन्ने एकजना बहुरुपी मनुवाले अस्तिका दिन संस्कृतले हिन्दु तालिवान जन्माउँदै छ भनेर डंका पिटेछन् । अबचाहिँ तिन्को मति भ्रष्ट भएछ । देशी विदेशीले राम्रै लगानी गरेछन् । अब सिकेलाल र तिनका समर्थकहरुले पितृश्राद्ध अंग्रेजी, अरबी भाषामा गर्लान् जस्तो छ । जताबाट उनको नुन तेल चल्या छ उतैको भाषामा बाबु आमाको श्राद्ध गर्ने अठोट तिन्ले लिएका छन् । लौ लाल आमाको कोखमा लात्ताले हानेर अरुको तलुवा चाट्ने मेसो मिलेकोमा बधाई छ ।

तपाईको प्रतिक्रिया