काँग्रेस जिल्ला सचिव स्व. थापाको तमोरमा अन्त्येष्टी

धरान÷आइतबार मोरङको विराटचौकमा सवारी दुर्घटनामा निधन भएका नेपाली काँग्रेस धनकुटाका जिल्ला सचिव एवम् प्रभावशाली युवा नेता कृष्णबहादुर थापाको सोमाबार मुलघाटस्थित तमोर नदीमा अन्त्येष्टी गरिएको छ ।
पाख्रीबास वडा नं. ७ मुगाका थापा आइतबार साँझ ७ः३० बजे दुघटनामा पर्नुभएको थियो । उपरचार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइए पनि चिकित्सकले उहाँलाई मृत घोषित गरेका थिए ।थापाको पार्थिव शरीरमा नेपाली काँग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौड्याल, क्षेत्रीय सभापति इन्दिरा थापा, जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले
चारतारे झण्डा ओढाउनु भएको थियो । सो अवसरमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै सभापति पौड्यालले भन्नुभयो कुशल संगठनकर्ता, समाजसेवीको पहिचान बनाउनु भएका थापाको निधनले धनकुटा काँग्रेसले असल नेता मात्र गुमाएको छैन पार्टीलाई समेत अपुरणीय क्षति भएको छ । पचास बर्षीय थापाका पिता फणिन्द्र थापा, आमा नानीमाया थापा, श्रीमति कमला थापा, छोरी सिर्जना थापा र छोरा रोमियो थापा रहनु भएको छ ।

तपाईको प्रतिक्रिया