आफ्नै पार्र्टी कार्यालय तोडफोड

संखुवासभा÷एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले संखुवासभाको खाँदबारीस्थित रहेको एमाले पार्टी कार्यालय तोडफोड गर्नुका साथै कार्यालयमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्ण कदको डमी भत्काएका छन् ।
प्रधानमन्त्री ओली पक्षीय राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष धु्रव खड्काले दिएको जानकारी अनुसार नेपाल–खनाल पक्षका केही कार्याकर्ता आएर कार्यालयमा कोही नभएको अवस्थामा प्रधानमन्त्री ओलीको डमी र कार्यालय तोडफोड
गरेका हुन् । उनीहरुले कार्यालयमा
राखिएका अन्य सामानहरु सिरक, डस्ना, कागजात समेत लिएर गएको खड्काले बताए । उनले एक विज्ञप्ती प्रकाशित गरी तोडफोड कार्यको भत्र्सना गरेका छन् । कानूनी कार्वाहीका लागि उनले प्रशासनलाई आग्रह समेत गरेका
छन् ।
उता माधव–झलनाथ समूहका राष्ट्रिय युवा संघ संखुवासभाका अध्यक्ष हेमराज घिमिरेले पार्टी कार्यालयमा
राखिएको प्रधानमन्त्री ओलीको डमी हँटाउन केन्द्रीय निर्णय भएकोले आफूहरुले हँटाएको बताएका छन् । डमी हँटाउन यसभन्दा अगाडि मौखिक रुपले भनिए तापनि नहटाएपछि आफूहरुले हटाएको घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया