कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

धरान÷नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता शर्मालाई आइतबार एक्कासी ज्वरो आउने, जीउ दुख्ने भएपछि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
पिसिआर रिपोर्ट पोजेटिव आएपछि सोमबार विहान प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै आफूमा कोरोना संक्रमण देखिएको सबैमा जानकारी गराएका थिए । कोरोना संक्रमण भएपछि शर्मा कुनै अस्पतालमा भर्ना भने भएका छैनन् । उनले ट्विटमा उच्च मनोवलका साथ घरमै आइसोलेसन बसेको जानकारी गराएका छन् । शर्माले शुक्रराज ट्रपिकल अस्पतालका चिकित्सक अनुप वास्तोलाको निगरानीमा बसेको र बास्तोलाकै निर्देशनमा औषधि सेवन गरिरहेको बताएका छन । उनले कोरोना भाइरसको नयाँ भेरियन्टबाट सजग रहन सबैमा आग्रह गर्दै आफ्नो सम्पर्कमा केहीदिनदेखि रहेकाहरुले स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल राख्न पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया