राजधानी÷नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत नेपालका
सरकारी, गैर सरकारी तथा गैर नाफामूलक संघ संस्थालाई भारत सरकारले ३९ वटा एम्बुलेन्स र ६ वटा स्कूल बसहरु उपहार स्वरुप प्रदान गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले वैसाख ९ गते एक विशेष समारोहका बीच भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा एम्बुलेन्स र बसहरु हस्तान्तरण गर्नुभएको हो ।
भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ भारत सरकारले नेपालका मुनाफारहित शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुलाई प्रत्येक बर्ष एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गर्दे आइरहेको र वैसाख ९ गते हस्तान्तरण गरिएको एम्बुलेन्स र बसहरु त्यसैको निरन्तता भएको जनाएको छ । भारत सरकारले सन् १९९४ देखि दुतावासमार्फत हालसम्म विभिन्न सरकारी अस्पताल, गैर मुनाफामूलक सामाजिक संघ संस्थाहरुलाई गरी ८६२ वटा एम्बुेन्स प्रदान गरिसकेको छ । यस बर्ष दुतावासमार्फत हस्तान्तरण गरिएका एम्बुलेन्स तीन फरक मोडेलका रहेका छन् । जसमा एडभान्स लाइफ सपोर्ट, वेसिश लाइफ सपोर्ट र कमोन लाइफ सपोर्ट रहेका छन् । हस्तान्तरण गरिएका एम्बुलेन्समा भेन्लिेटर, इसिजी, अक्सिजन मोनिटर अन्य इमरजेन्सी मेडिकल उपकरणहरु जडान गरिएका छन् । यी एम्बुलेन्सहरु भारत सरकारले नेपाल सरकारको गाइड लाइन अनुसार निर्माण गरेको हो ।


यसैगरी भारत सरकारले ६ वटा स्कूल बसहरु समेत एम्बुलेन्ससँगै हस्तान्तरण गरेको छ । सन् १९९४ देखि हाल प्रदान गरिएका ६ वटा बस सहित भारत सरकारले नेपाल विभिन्न सरकारी शिक्षण संस्थाहरुलाई १६६ वटा बसहरु प्रदान गरिसकेको छ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा भारत सरकारले नेपाललाई उल्लेखनीय सहयोग पु¥याउँदै आएको छ । दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ भारत सरकारले नेपालका स्वास्थ्य सेवाहरु, आपत्तकालीन चिकित्सा सेवाहरुको सुदृढिकरणमा निरन्तर सहयोग उपलब्ध गराउँदै आएको छ । विद्यार्थीहरुको पठनपाठनमा सहजता होस् भनेर बसहरु प्रदान गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । पछिल्ला केही दिन यता दोस्रो लहरको कोरोना भाइरसको संक्रमण अत्याधिक बढिरहेको अवस्थामा सम्पूर्ण उपकरण जडित एम्बुलेन्सबाट सेवा लिने नागरिकहरुले अनाहकमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले एम्बुलेन्सहरु स्तान्तरण गरिएको भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण समारोहमा बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।
