म सामान्य नागरिक भए तापनि मैले विगत केही दिनदेखि महेन्द्र वहुमुखी क्याम्पस धरानमा देखको र सुनेको कुरा कुनै हिसाबमा सामान्य छैनन्, ती असाधारण छन् र असमान्य पनि छन् ।
मैले भन्न लागेको कुरा यस क्याम्सको एउटा कार्यक्रमसँग सम्बन्धित छ । BBM अर्थात Bachelor of Business Manggement को कुराको चुरोमा पुग्नुपूर्व निम्न मिति हेक्का राख्न आवश्यक छ ।
२०७७ फागुन ११ : त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका–अन्य क्याम्पस झै यस क्याम्पसमा पनि BBA र BBM मा भर्नाथ CMAT ०२० को परीक्षा सञ्चालन गरियो ।
२०७७ चैत्र १७ : CMAT ०२० को योग्यता क्रम (मेरिट लिष्ट) प्रकाशित गरियो । उक्त लिष्टमा परेका सफल उमेद्वारहरुलाई २०७७ चैत्र भित्र भर्ना हुन सुचित गरियो ।
चैत्र २४ गतेसम्म BBA को सबै ६६ सिट भरियो भने BBM को ८८ सिट मध्ये ६० वटा मात्र भरियो । तर चैत्र २४ गते नै घट्नाले रोचक मोड लियो । चैत्र २४ गते अपरान्ह ४ बजेपछि BBM का लागि दोस्रो मेरिट लिष्ट निकालियो जुन लिष्टमा भर्ना हुन बाँकी २८ भएपनि १५ जनाको मात्र नाम समावेश गरिएको थियो ।
चैत्र २५ गते प्रकाशन गरिएको लिष्टमा १५जनाको नाम समावेश गरिएको थियो जबकि २८ हुनुपर्ने थियो । क्याम्पस बाहिरका चिया पसलहरुमा सुन्नमा आयो १३ वटा सिट विद्यार्थी संगठनहरुको भागबण्डा हो । तर शायद धेरैवटा संगठन भएकोले भागबण्डा मिलेन होला त्यसैले चैत्र २९ गते राति ९÷१० बजेतिर क्याम्पसको आधिकारिक ेवेवसाइटमा तेसो लिष्ट प्रकाशन गरियो र भर्ना अवधि एक दिनको राखियो । यदि केही थिएन भने तेस्रो लिष्ट प्रकाशन गर्न तीन दिन किन लाग्यो ? शायद आंकलन गरिएको थियो कि कम समयमा सबैलाई जानकारी हुँदैन र सबै सिट भरिदैन । आंकलन गरिएको कुरा सही हुन पुग्यो । त्यो दिन मात्र ८ जनाको क्याम्पसमा भर्ना भयो ।
त्यसपपछि सोध्न आउने अभिभावक र विद्यार्थीहरुलाई ५ वटा सिट बाँकी रहेको जाकारी दिइएन । त्यसैगरी BBA को एकजनाको सिट लुकाइयो । अन्तिममा भर्ना गर्दा थाहा पाउँछन् भनेर बीचको रोल न. ४१ खाली राखियो । अन्त्यमा सबैतिर भर्ना सकिएपछि चुपचाप उक्त सिटमा भर्ना गरियो । उक्त सिटमा भर्ना विद्यार्थीको Merit List मा १३० भन्दा तल नाम रहेको छ । यहाँ खुल्लम खुल्ला ६० जना भन्दा बढी विद्यार्थीलाई ठगिएको छ । केही दिन अगाडि मैले सामाजिक सञ्जालमा यो कुरा सार्वजनिक गर्दा फेक आइडी भन्नुभयो । कतिले मलाई व्यक्तिगत या राजनीतिक रिसइवीको बद्ला लिन क्याम्समाथि आक्षेप लगाइएको भन्नुभयो । तर आज म प्रमाणसहित उपस्थिति भएको छु । यहाँ ४० र ४२ को बीचमा ४१ नहुनुले के कुरा बताउँछ ? यति मात्र नभएर BBM, MBB १७७ जनाको योग्यता क्रममा नाममा नभएको विद्यार्थीलाई भर्ना दिइएको छ । साथसाथै अरु विद्यार्थीको नाम पनि योग्यता क्रममा निकै तल रहेको छ ।
क्याप्टेन माग
