कोरोना संक्रमित विरामी धमाधम मर्न थाले

चैत्रको पहिलो हप्ता पछि दोस्रो लहरको कोरोना संक्रमित विरामीहरु धमाधम मर्न थालेपछि आम सर्वसधारणमा सन्त्रास उत्पन्न भएको छ ।
चीनको बुहान प्रान्तबाट गत बर्ष फैलिएको कोरोना संक्रमणको पहिलो लहर शिथिल हुन नपाउँदै दोस्रो लहरको सक्रमणबाट संक्रमितहरु भकाभक मर्न थालेका छन् । पहिलो लहरको ंसक्रमणका अस्पतालहरुमा चिकित्सकहरुले रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापीले कैयौ संक्रमितहरुले पुर्नजीवन पाएका थिए ।
तर अहिले यी कुनै पनि स्वास्थ्य पद्धतिले काम गर्न सकेको छैन । संक्रमितहरुको चाप एकाएक अस्पताल र एवम् सस्वास्थ्य संस्थामा बढ्दा बेड अभावमा भर्ना प्रक्रिया नै अवरुद्ध भएको छ । अस्पतालहरुमा बेड छैनन्, अक्सिजन छैन, उपचार पद्धति प्रभावकारी छैन, पुरानो उपचार पद्धतिले काम गर्दैन, चिकित्सकहरु आपैm संक्रमित बन्दै गएका छन्, कतिपय चिकित्साकर्मीहरुको समेत मृत्यु भइसकेको छ । भर्ना भएका विरामीहरु निको हुनुको सट्टा धमाधम मृत्युवरण गरिरहेका छन् । वास्तवमा भन्ने हो भने कोरोना विरुद्ध उपचार पद्धति मात्र हैन उपचारै छैन । त्यसमाथि स्वास्थ्य क्षेत्रमा सरकारको उदाशीनताले थप अन्यौल सिर्जना गरेको छ ।
पहिलो लहरको संक्रमित दरमा कमी आएसँगै अस्थायी रुपमा खडा गरिएका कोभिड अस्पतालहरु थप व्यवस्थित बनाउनुको सट्टा गाइगोठमा परिणत गरिए । करोडौ खर्चिएर जडान गरिएका आइसियु, भेन्टिलेटर, बेडहरुको संरक्षणमा कसैले ध्यान दिएन । आज परिस्थिति भयावह बन्दै गएपछि कोभिड अस्पतालहरुका लागि पुन ः तिनै सामाग्री खरिद प्रक्रियामा सरकार लागेको छ । पहिला पनि त्यस्ता सामाग्री खरिद गर्दा खरबौ रुपैया भ्रष्टाचार भएको तथ्य बाहिर आएका थियो । स्वयम् तत्कालीन स्वस्थ्यमन्त्री भनुभक्त ढकालले ओम्नीसँगको साँठगाठमा १ अर्ब ७५करोड भष्टाचार गरेको लेखा समितिको प्रतिवेदनले देखाइसकेको छ । स्वास्थ्य सामाग्री खरिदमा सरकारका अन्य मन्त्रालय, निकाय पनि प्रतिष्पर्धीकै रुपमा अगाडि देखिएका थिए । यसगरी निजी क्षेत्रले समेत भरमार रुपमा सर्वसाधारण लुट्नेक काम ग¥यो । सामान्य सेनिटाइजर र १० रुपैयाँको मास्क समेत सरकारले निःशुल्क रुपमा आफ्ना नागरिकहरुलाई वितरण गरेन । खाद्यान्न लगायत राहत वितरणमा विभिन्न सामाजिक संघ संस्था, व्यक्ति, औद्योगिक प्रतिष्ठानहरु, रोजगारीका लागि विदेशमा बसेका नागरिकहरुले सहयोग गरे । तर सरकारले राहतका लागि अरबौ बजेट छुट्याए पनि सर्वसधारणको भागमा पुगेन ।
अब पनि प्रवृत्ति त्यही नै हुने हो । कोरोना संक्रमणको दोस्रो लहरका लागि सरकारले अन्य शीर्षकको बजेट रकमान्तर गरेर अरबौ छुट्याउँछ । यसमा कसैले सन्देह नमाने हुन्छ । तर त्यो प्रभावित व्यक्ति तथा परिवारसम्म आइपुग्दैन । कोडिभलाई देखाएर सरकारले विश्व बैंक तथा अन्य दातृ राष्ट्रहरुबाट अरबौ ऋण लियो भने कसैले पनि त्यसलाई अन्यथा नमाने हुन्छ । त्यसरी लिएका रकम सरकार तथा मातहतका निकायलाई सेवा सुविधा बढाउन उपयोग हुन्छ । नत्र कोरोना भाइरसको दोस्रो लहर चल्दा सरकारले त्यसलाई नियन्त्रण गर्न किन दतारुकता देखाएको छैन ? नेपाल भारत सीमा नाका खुल्ला छ् । एक खाद्य ठाउँमा कडाइको नाटक मञ्चन गरिए पनि अन्य स–साना नाकाहरुबाट निर्वाध आउजाउ चलिरहेको छ । सीमा नाकाहरुमा स्वास्थ्य सजगताको सामान्य मापदण्ड पनि अपनाएको पाइँदैन । हजारौको आवतजावत दैनिक भइरहेको छ । सीमा नाकामा बसेका सुरक्षाकर्मीहरुले एक आद्य स्थान बाहेक कहीकतै आगन्तुकको लगत राख्ने, सामान्य सोधपुछ गर्ने काम भएको छैन । अवस्था जटिल बन्दै गएको छ । यो राष्ट्रिय संकटको घडी हो । सरकार तथा सम्बन्धित निकाय स्वास्थ्य सावधानी अपनाऔ भनेर सञ्चारमाध्यमहरुबाट सूचना सम्प्रेषण गर्ने काम गरेर आफ्ना दायित्वबाट पन्छिरहेको छ । यही अवस्था विद्यमान रहे भोलिका दिनमा भारतका केही राज्यहरुमा जस्तै लास जलाउन पनि पालो कुरेर बस्नुपर्ने अवस्था नआउला भन्न सकिदैन ।

तपाईको प्रतिक्रिया