धरान÷खानेपानीको अभाव भएपछि धरानमा स्थानीय आन्दोलित भएका छन् । खानेपानीको अभाव भएपछि स्थानीयहरु खानेपानीको विल काउन्टर नै बन्द गरेर आन्दोलनमा उत्रिएका छुन् । यता बोर्डले भने खानपानी आपूर्तिका गर्ने नाममा जलाधार क्षेत्र सरसफाइ गर्ने, थम्थम्याउन पत्रकार समेलन गर्ने लगायतका काम गरिरहेका छ ।
गत फागुन १७ गते नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पती तथा दायित्व धरान खानेपानी व्यावस्थापन बोर्डमा ल्याएपछि नगरबासीलाई सहजरुपमा खानेपानी वितरण गर्ने बोर्डको दावि थियो । तर, खानेपानी संस्थान वोर्डमा मर्ज गरेको यतिका दिन वितिसक्दा समेत सजह रुपमा खानेपानी वितरण स्थाीय रीता राई बताउनुहुन्छ ।
धरानको वडा नम्बर १, २, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ मा शुख्खायामसगै खानेपानी अभाव भएको छ । धरानको खानेपानि समस्या नया भने होइन, वर्षाै देखी खानेपानीको समस्या झेल्दै आएको धरानमा खानेपानीको अभाव हुन नदिन सुरु भएको खानेपानि आयोजनाको डिपिआर अनुसार नै भुमिगत पानी उत्पादन गरिएको दाबी आयोजनाले गर्दै आएको छ । तर, वितरण प्रणालीमा समस्या भएको कारण पानिको आपुर्तिमा भने समस्या भएको वोर्डले जनाएको
छ । वोर्डका अनुसार संस्थानले हस्तान्तरण गरेका वेलहरु मर्मत गर्नुपर्ने भएको कारण आवश्यकता अनुशारको पानी वितरणमा केही दिन लाग्ने बोर्डका कार्यकारी प्रमुख राजु पोख्रेल बताउनुहुन्छ
भुमिगत स्रोतबाट दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन भइरहेको जनाइएको छ । जसमा संस्थानको वेलहरुबाट दैनिक ६० लाख लिटर उत्पादन हुँदा आयोजनाको ७ वटा वेलहरुबाट दैनिक ९२ लाख २० हजार लिटर भुमिगत पानी उत्पादन भइरहेको छ । धरान खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुबाट वर्षायाममा दैनिक १ करोड ७४ लाख ९० हजार लिटर र सुख्खायाममा ४५ लाख लिटर पानी जम्मा हुने गरेको छ ।
खानेपानी चरम अभावलाई चाडै हल गर्न लागिरहेको धरान खानेपानी व्यावस्थापन बोर्डले जनाएको छ । विज्ञ समितिको राय अनुसार मात्र आयोजनाको जिम्मा लिने स्पष्ट पादै तत्काल खानेपानी सहज रुपमा वितरण गर्ने भन्नेमा आफुहरु केन्द्रीत रहेको र अनावश्यक टिकाटिप्पणी नगर्न नगरबासीलाई मेयर तिलक राईको आग्रह छ ।
धरानमा दैनिक २ करोड लिटर पानी माग भएको र माग अनुसार खानेपानी उत्पादन गरिएपनि वितरण प्रणालीमा केही समस्याका कारण सहज रुपमा पानी वितरणमा समस्या भएको बोर्डले स्विकार गरेको छ ।
