धरान÷ प्रविधिको पहुच नपुगेका विद्यालयहरुलाई प्राविधिक सामाग्रीहरु निजी स्तरबाट सहयोग हुने गरेका छन् ।
पछिल्ला समय सिजी फुड्स उद्योग प्रालीले पनि देशभर प्राविधिक पहुच नपुगेका विद्यालयहरुलाई कम्प्युटर र एलसिडी टिभी वितरण शुरु गरको छ ।
यसैक्रममा भर्खरौत्र उद्योगले दुहवी र गढीका दुई विद्यालयलाई कम्प्युटर र एलसीडी टिभी हस्तान्तरण गरेको छ । सिजीको डिजिटल कक्षा कार्यक्रम अन्र्तगत उक्त विद्यालयलाई ति सामग्री उपलब्ध गराइएको हो ।
सिजी क्वालिटी स्कूल कार्यक्रमको लागि छनौट भएका विद्यालयलाई डिजिटल कक्षा सहयोगी सामग्री हस्तान्तरण गरिएको सिजी ग्रुप प्रदेश १ का प्रमुख रामजी कटवालले बताउनु भयो ।
कटवालका अनुसार सुनसरीको धरान, दुहवी र गढीका गरी तीन विद्यालय सिजीको डिजिटल कक्षा कार्यक्रममा छनौट भएका छन् ।
देशभरका कम स्रोत र साधन भएका विद्यालयलाई गुणस्तरीय शिक्षा कार्यक्रममा समावेश गर्ने उद्येश्यसाथ चौधरी फाउण्डेसन सँगको सहयोग र पहलमा डिजिटल कक्षा कार्यक्रम संचालनमा ल्याइएको कटवालले बताउनु भयो ।
सिजी ग्रुपले विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी आठ थान कम्प्युटर, एलसीडी टिभी र प्रोजेक्टर हस्तान्तरण गरेको थियो ।
गढीको सरस्वती माविमा आयोजित सामग्री वितरण कार्यक्रममा गाउँपालिका प्रमुख श्रीप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत भूपध्वज थापा सहित विद्यालय व्यवस्थापन समितका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
