उदयपुरमा लागू औषधसहित एक प्रक्राउ

उदयपुरको बेलका नगरपालिकाबाट गाजा सहित एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा उदयपुर ७ बस्ने २४ बर्षीय अनिस राई रहेका छन् । प्रक्राउ परेका राईबाट प्रहरीले लागूऔषध गाँजा पाइएको उदयपुर प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान साढे ९ बजे बेलका नगरपालिका ८ स्थित कोठु चेकपोष्टमा बा४च १५१६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार रहेका राईलाई लागूऔषध गाँजा ६ केजी २५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया