धरान÷एन्फा एकाडेमीले फुटबल खेललाई व्यवसायिक बनाउने उद्देश्यले दिएको प्रशिक्षणमा प्रशिक्षण लिन आउनेहरुको रुचि बढेको देखिएको छ ।
अन्तर्राष्टिूय स्तरमा फुटबलको क्रेस बढेसंगै एन्फाले समेत ग्रास लेबलबाट प्रशिक्षणलाई तिब्रता दिएसंगै फुटबल सिक्नेको सहभागिता बढेको हो । विगतमा अध्ययनलाई मात्र बढी प्राथमिकता दिने गरेका बालबालिकाका अभिभावक समेत फुटबलप्रति आकर्षित हुदै आफ्नो बच्चाको सहभागितामा जोड दिन थालेका छन् ।
विश्वमामात्र हैन नेपालमा समेत फुटबल खेलको लोकप्रियता बढेसंगै पछिल्लो समय अखिल नेपाल फुटबल संघ एन्फाले सानै उमेरदेखि नै खेलाडी उत्पादन गर्न प्रशिक्ष्ँण कार्यक्रलाई अगाडि बढाएको छ । गाउ, नगर, जिल्ला तथा प्रदेशबाट नै खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटबलप्रति आकर्षण बढाउन चलायमान रहेको एन्फाको अहिले प्रदेशमा समेत कार्यालय खुलेको छ । नेपालमा संघीयता आएसंगै स्थानीय तहले समेत ग्रास रुटबाटै खेलाडी उत्पादनसगै विभिन्न प्रतियोगिता आयोजना गर्न थालिसकेको अवस्थामा एन्फाले समेत यस्ता गतिविधिलाई अगाडि बढाएपछि बालबालिकाकाका अभिभावकहरु समेत आफ्ना नानीहरुलाई फुटबल खेलाडी बनाउने अभिलापा राखेर प्रशिक्षणमा सहभागी गराउन थालेका हुन् । नेपालले फुटबल खेललमा नेपालीहरुले अबका नया खेलाडीबाट अन्तर्राष्टिूय स्तरम राम्रो राम्रो छाप छोड्न सक्छन् भन्ने विश्वास पनि अभिभावकहरुमा खेम रसाइली र रोशन श्रेष्ठ बताउछन् ।
फुटबल खेलाडी उत्पादनसगै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अहिले प्रदेशमा समेत एन्फाको कार्यालय सञ्चालनमा आउन थालेका छन् । हजारौ बालबालिालाई प्रशिक्षण दिई राम्रा राम्रा खेलाडी उत्पादन गरेको एन्फाको उद्देश्य पनि ग्रास लेवलबाटै राम्रो खेलाडी तयार पार्नु रहेको एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष एवम् प्रदेश नं. १ एन्फाका अध्यक्ष किशोर राई बताउनुहुन्छ । उहाले अब फुटबल खेललाई स्थानीयदेखि केन्द्रसम्म व्यवसायिक बनाएर लानुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय फुटबलको लोकप्रियता विश्वभरि नै बढ्दै गएको समयमा यसको विकासमा नेपाल पनि अगाडि बढ्दै गएको छ । स्थानीय निकायदेखि, प्रदेश र संघीय सरकार यसमा लागेको अवस्था छ । एन्फाले समेत अहिले गाउ गाउमा यस्ता प्रतियोगिता गरेर जिल्लाको छनौट गर्ने, जिल्लाबाट प्रदेशको छनौट गर्ने र अन्त्यमा राष्टिूय खेलाडी उत्पादन गर्ने कुरालाई जोड दिएको छ । यसमा सबै पक्षले सकारात्मक रुपमा लिएका छन् ।
