भोजपुर÷सत्तासीन नेकपाको अन्तरकलह एवम् फुटको असर केन्द्रमा मात्र नभएर जिल्ला तहहरुमा समेत देखिएको छ । संसद पुनस्र्थापनाको फैसलाले हौसिएका माधव–खनाल पक्ष फागुन २३ गतेको सर्वाेच्चको निर्णयपश्चात
पुरानै एमालेमा फर्किए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार वालुवाटारमा केन्द्रीय समितिको बैठकबाट नेपाल–खनाल पक्षका नेता कार्यकर्तालाई जम्मेवारीविहीन बनाएपछि उनीहरु थप चिढिएका मात्र छैनन् जिल्ला तहदेखि स्थानीय तहसम्म समानान्तर कमिटी गठन गर्दै हिड्न थालेका छन् ।
आइतबार माधव खनाल पक्षले भोजपुर जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा छुट्टै समानान्तर कमिटी समेत गठन गरेका छन् । उनीहरुले भोजपुरको दिंग्ला बजारमा जिल्ला कमिटी समेत गठन गरेका छन । शरणकुमार राईको नेतृत्वमा उनीहरुले छुट्टै साइनबोर्ड राखेर जिल्ला कमिटी गठन गरेका हुन् । शरणकुमार राई यसभन्दा अगाडि नेकपाको जिल्ला सचिव रहेका थिए । कार्यालय स्थापना गर्न राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला अध्यक्ष सन्दिप राई, स्वयवियु सभापति प्रकाशसिंह राई, अनेराश्ववियुका अध्यक्ष धुव्रराज राईको समेत सहभागिता रहेको थियो ।
