शेयर सदस्यको बेमेलले उद्योग बन्द

धरान÷लेखाइमा नाफा र देखाइमा घाटा भएपछि शेयर सदस्यहरुबीच उत्पन्न किचलोका कारण धरान १६ स्थित रहेको सात्विक फुड्स प्रा.लि. बन्द भएको छ ।
तीन बर्ष यता सञ्चालनमा आएको सात्विक फुड्स प्रा.लि. बन्द हुँदा झण्डै तीन दर्जन मजदुर र तिनका आश्रित परिवार विचल्लीमा परेका छन् । उद्योग दुई करोडको लागतमा एघार जना शेयर सदस्यहरुबाट सञ्चालन हुँदै आएको थियो । अशोक अग्रवाल अध्यक्ष रहेको र अन्य शेयर सदस्यहरुमा सुनिल अग्रवाल, विनोद अग्रवाल, प्रवीण अग्रवाल, विनोद श्रेष्ठ, केदार थापा, अमित करण, विकी अग्रवाल, भवानी सुवेदी,शुक्रराज चाम्लिङ र त्रिलोक अग्रवाल रहनु भएको छ ।
यसै सम्बन्धमा सञ्चालक समितिका अध्यक्ष एवम् शेयर होल्डर अशोक अग्रवालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो हाल पार्टनरसँग कुरा नमिलेर बन्द भएको हो । शेयर सदस्यहरुसँग हिसाबकिताब मिलेन । हाम्रा पूर्व अध्यक्ष एवम् शेर सदस्य सुनिल अग्रवाल हाल बुटवलमा हुनुहुन्छ । अढाई महिनादेखि बन्द भएको उद्योग उहाँ आएपछि केही निकास निस्कने उहाँले बताउनुभयो । उता अर्का शेर होल्डर विनोद श्रेष्ठ भन्नहुन्छ म लकडाउनदेखि काठमाण्डौमै बस्दै आएको छु । उद्योग राम्रो चलेको थियो । सञ्चालनको जिम्मा लिएका साथीहरुले के के गरे गरे ? मिटिङ बोलाएर निर्णय गरेर बन्द गरेको पनि होइन । पौषदेखि अध्यक्षको जिम्मा अशोक अग्रवाललार्ई दिइएको थियो । घाटा भयो भनेर बन्द गरेछन्, म हुँदा ३०–३५ वटा डिलर बनाइएको थियो । मासिक ७–८ हजार कार्टुन विक्री भएको थियो । बीचमा साथीहरुले कसरी चलाए के गरे सबैतिर सम्बन्ध पनि विगारेछन् । उद्योग बन्द हुनुमा व्यवस्थापनको नेग्लेजेन्सी भएको भन्दै उहाँले उद्योग एउटा संस्था हो । संस्थाको रुपमा चलाउनुपथ्र्यो तर व्यक्तिगत रुपमा चलाउन खोजेपछि बन्द हुन पुुगेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो म्यानेजमेन्टले अलिकति हेलचेक्र्याई गरेकै हो । प्रा.लि. भएपछि तीन तीन महिना वा बढीमा ६–६ महिनामा मिटिङ हुनुपर्ने थियो । बर्षौ भयो न मिटिङ छ न कुनै जानकारी गराइएको छ । हिसाब देखाउँदा दुई करोड घाटा देखाएका छन्, लगानी जति नै घाटा देखाएपछि अर्को व्यवस्था नहुन्जेल बन्द गरिएको भन्दै उहाँले चाँडै निकास निस्कने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया