धरानमा एउटा सरकारी कार्यालयको अवसान

धरान÷धरानमा एउटा सरकारी कार्यालयको अवसान भएको छ । अर्थात खानेपानी संस्थान धरान शाखा एसियाली विकास बैंकको ऋण अनुदानमा सञ्चालित असफल आयोजना आइयुडिपी अन्तर्गतको बोर्डमा उसको अरबौको सम्पत्ति र दायित्व हस्तान्तरण भएको छ ।
संस्थान जोगाउन धराने जनताले विगत सात बर्षदेखि विभिन्न चरणको आन्दोलन गर्दे आएको र वर्तमान नगर नेतृत्व (बोर्डको अध्यक्ष) प्रति ठूलो अपेक्षा समेत गरेका थिए । तर केन्द्रदेखि स्थानीय सञ्जालसम्मको एउटा तप्काले संस्थान कब्जाका लागि निक्कै ठूलो मेहनत गरेको थियो र अन्तत ः उनीहरु फागुन १७ गते सफल भएका छन् । संस्थानका एक कर्मचारी कमल थापाले संस्थान बोर्डमा हस्तान्तरण भएपछि भने आजबाट नेपाल खानेपानी संस्थान धरान शाखा औपचारिक रुपमा समाप्त भयो । धरान खानेपानी व्यवस्थापन बोर्डले सबै सेवा सञ्चालन शुरु गरेको छ ।
उनले भने आज निक्कै नमिठो लागेको छ, मन अमिलो भएको छ, कता कता मन मुटुहरु अस्थिर भएको अनुभूति भइरहेको छ ।

तपाईको प्रतिक्रिया