दोभान बजार आगलागीबाट ध्वस्त

फङलिङ (ताप्लेजुङ)÷ताप्लेजुङ जिल्लाको दोभान बजारमा भएको भीषण आगलागीबाट ४५ घरहरु जलेर ध्वस्त भएका छन् । हिजो मंगलबार विहान ९ः३० बजेदेखि एक्कासी बीच बजारबाट आगलागी शुरु भएको ताप्लेजुङ्ग जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी गायत्रा अधिकारी (खड्का)ले जानकारी दिनुभयो ।
सूचना अधिकारी खड्काका अनुसार आगो निभाउने प्रयास भइरहेको छ । फुङलिङ नगरपालिकाको एउटा दमकलले आगो नियन्त्रणको प्रयास गरेपनि त्यो पर्याप्त नभएपछि पाँचथर नगरपालिकाको दमकल समेत मगाइए तापनि अपरान्ह १२ बजेसम्म आगलागी भएको स्थानमा दमकल आइनपुगेको पनि अधिकारीले जानकारी दिनुभयो । हाल स्थानीय बासिन्दा, जिल्लाबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले समेत आगो नियन्त्रणको प्रयास गरिरहेको छ । दोभान बजारमा विहानैदेखि पश्चिमी हावा चलिरहेकोले पनि आगो नियन्त्रणमा कठिनाई भएको अधिकारीले बताउनुभयो । आगो के कारणले लागेको र के कति क्षति यो भन्ने सवालमा उहाँले भन्नुभयो यसै भन्न सक्ने अवस्था छैन ।

तपाईको प्रतिक्रिया