भारतकी संघीय अर्थमन्त्री निर्मला सितारमणद्वारा सन २०२१/०२२ का लागि ३४८ खर्ब बजेट विनियोजन बार्षिक रुपमा नेपाललाई दिइने अनुदानमा १ अर्ब ७९ करोड २० लाख नेपाली रुपैया“ बृद्धि

धरान/नेपालको भौतिक पूर्वाधार जलविद्युत, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सबैभन्दा ठूलो दातृ राष्ट्रको रुपमा रहेको भारतले बार्षिक रुपमा नेपाललाई उपलब्ध गराउँदै आएको अनुदानमा यसपटक १ अर्ब ७९ करोड २०लाख नेपाली रुपैया बृद्धि गरेको छ ।
सन् २०२१÷०२२ को बार्षिक बजेट फ्रेबु्रअरी १ अर्थात माघ १९ गते सोमबार भारतकी संघीय अर्थमन्त्री निर्मला सितारमणले लोकसभामा सार्वजनिक गर्नुभएको हो । उहाँले आर्थिक बर्ष २०२१÷०२२ को कूल बार्षिक बजेट ३४८ खर्ब सार्वजनिक गर्दै नेपाललाई दिइने अनुदानमा बृद्धि गरेको जनाउनु भएको थियो ।
भारतले गत आर्थिक बर्षको बजेटमा नेपालको पूर्वाधार विकासका लागि ८ अर्ब ८० करोड भारतीय रुपैया अर्थात १४ अर्ब ८ करोड रुपैया छुट्याएको थियो भने यसपटक थप गरेर १५ अर्ब ८७ करोड २० लाख रुपैयाँ छुट्याएको छ । सन् २०१९÷०२० मा भारतले नेपाललाई ११ अर्ब ९८ करोड भारतीय रुपैयाँ अर्थात १९ अर्ब १६ करोड ८० लाख रुपैयाँ अनुदान प्रदान गरेको थियो । भारतले आÏना छिमेकी देशहरुलाई मात्र नभएर गरिबीको रेखामुखी रहेका कम विकासशील राष्ट्रहरुको भौतिक पूर्वाधार लगायतका क्षेत्रमा अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । आफ्ना छिमेकी राष्ट्रहरुमा यस पटक सबैभन्दा बढी अनुदान पाउनेमा भुटान रहेको छ । भुटानका लागि यसपटक भारतले विगतका बर्षहरुमा झै ३० अर्ब ४ करोड भारतीय मुद्रा अर्थात ४८ अर्ब ६करोड ४० लाख नेपाली रुपैया अनुदानका लागि छुट्याएको छ ।
भारतीय अर्थमन्त्री निर्मला सितारमणले यसपटक १ घण्टा ४८ मिनेटमा पेपरलेस ट्याव मार्फत बार्षिक बजेट विनियोजन गर्नुभएको थियो । विनियोजित बजेटले यस आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नु भएको थियो । कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा शिथिलता आएको भएपनि भारत सरकारले प्राथमिकता छुट्याउदै, छिमेकी राष्ट्रहरुलाई अनुदानको दायरा समेत बढाएकोप्रति भारतीय अर्थविज्ञहरुले बजेटलाई सकारात्मक रुपमा लिएका छन् । बजेटको सबैभन्दा सवल पक्ष भनेको विश्व महामारीका रुपमा देखा परेको कोभिड १९ को लागि यसपटक भारतले विश्वका १ सय भन्दा बढी देशलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता समेत बजेटमा गरेको छ । बजेटमा कोभिड खोपका लागि ३ खर्ब ८० अर्ब, स्वास्थ्यमा २२ खर्ब ३८ अर्ब ४६ करोड, वायु प्रदूषणमा २२ अर्ब १७ करोड, बैंकिङ्ग क्षेत्रलाई राहतका लागि दुई खर्ब उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
बजेटप्रति सर्वत्र सकारात्मक प्रतिक्रिया
सोमबार अर्थमन्त्री निर्मला सीतारमण (Finance Minister Nirmala Sitharaman) ले लोकसभामा प्रस्तुत गर्नुभएको बजेटप्रति भारतमा सर्वत्र सकारात्मक प्रतिक्रिया देखिएको छ ।
अर्थमन्त्री निर्मला सितारमणले यो तेस्रो बजेट प्रस्तुत गर्नुभएको हो । प्रधानमन्त्री मोदीका लागि यो नवौ बजेट हो, कोरोना महामारी संकटका बेला केन्द्र सरकारको यो पहिलो बजेट हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विनियोजित बजेटप्रति आएका सकारात्मक टिप्पणीप्रति यस प्रकारको बजेट हालसम्म आएकै थिएन । यो बजेट एउटा असाधारण परिस्थितिमा आएको हो । यो बजेट यथार्थ र विकासप्रति लक्षित छ । उहाँले कोरोना भाइरसले संसारलाई प्रभावित बनाएको अवस्थामा आएको यो बजेटले भारतको हरेक वर्गलाई समेटेको छ । बजेटमा खास गरेर तीनवटा सिद्धान्तलाई पछ्याएको छ त्यसमा उत्पादनका इन्फ्रास्ट्रचर निर्माणका लागि नयाँ क्षेत्रको विकास गर्न, आधुनिकता तर्फ अग्रसर हुन । प्रधानमन्त्री मोदीले कृषि क्षेत्रमा दब्रिलो टेवा दिनु, किसानको आय बढाउन अत्यन्तै प्रयास गरिएको, उत्पादनका लागि सहुलियत दरमा किसानलाई ज्यादा ऋण उपलब्ध हुन सकोस्, देशको मंडिहरुलाई अझ सवल बनाउने प्रावधान गरिएको भन्दै बजेटको दिलमा गाउँछ, हाम्रा किसान छन् भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया