पहिलो पटक नेपालसँग भारतको सिक्किम राज्य स्थलमार्गबाट जोडियो : पर्यटन र व्यापारको प्रचुर सम्भावना

पाँचथर÷पहिलो पटक नेपालसँग भारतको उत्तरपूर्वी राज्य सिक्किम स्थल मार्गबाट जोडिएको छ । नेपालको पाँथथरको सीमानाका चिवाभन्याज्याङ्गसम्म सिक्कमले माघ १६ गते ट्रयाक खालेपछि दुई देश स्थल मार्गबाट जोडिएका हुन् ।
सामरिक दृष्टले समेत अत्यन्तै महत्पूर्ण मानिएको भारतको सिक्किम राज्यसँग नेपालका दुई जिल्ला पाँचथर र ताप्लेजुङ जोडिएका छन् । हालसम्म स्थल मार्गबाट दुवै जिल्ला जोडिन सकेको थिएन । पुष्पलाल मध्यपहाडी लोकमार्गको शूरुवातीविन्दु पाँचथरको चियाभञ्ज्याङ्गसम्म नेपाल सरकारले सडकको ट्रयाक खोलेर कालोपत्रेको काम समेत गर्दै आएको र केही समय अगाडि सीमा सुरक्षा बल विओपी समेत स्थापना गरेको छ ।
सिक्किम सरकारले पश्चिम सिक्किमको महत्वपूर्ण व्यापारिक बजार उत्तरेबाट सोक्पाख, जरिवुर्त भालुवाले हुँदै चिवा भञ्ज्याङ्ग सम्म सडकको ट्रयाक खोलेको हो । सिक्किमको सोम्पाखाबाट चिवा भञ्ज्याङ्ग सम्मको दूरी २५ किमी रहेको छ । सडकको ट्रयाक खुलेसँगै सिक्किमसँगै नेपालको सीधा सम्बन्ध जोडिन पुगेको छ । पाँचथरको याङवरक गाउँ पालिका वडा नं. १ चिवा भन्ज्याङ्गसम्म ट्रयाक खोल्ने प्रयास सिक्किम सरकारले सन् २०१९ मै गरेको थियो तर ट्रयाक खोल्नुपर्ने २५ किमी भित्र वन्यजन्तु आरक्षण रहेकोले समेत ढिलाई भएको सिक्किमका सञ्चारकर्मी प्रकाश अधिकारीले जानकारी दिनुभयो । नेपाल र सिक्किमका बीचमा भाषिक, साँस्कृतिक, रहनसहन, लवाइखुवाईमा एक रुपता रहको छ । याङवरक गाउँ पलिकाका अध्यक्ष केशरकुमार मेन्याङ्गबो भन्नुहुन्छ, चिवा भन्ज्याङसम्म ट्रयाक खुलेपछि अब नेपाल र सिक्किमबीचका जनतामा सीधा सम्बन्ध जोडिएको छ । सबै कुरामा समानता भएपनि यस भन्दा अगाडि सीमासम्म आउजाउको माध्यम नै थिएन । ट्रयाक खुल्नासाथ सिक्किम तर्फबाट चिवा भन्ज्याङसम्म सवारी साधनहरु आउन थालेको पनि उहाँले बताउनुभयो । नेपालले पाँचथरको भारतसँग सीमा जोडिएका चिवा भन्ज्याङ्ग, फालेलुङ्ग पाउँपालिका वडा नं. ४ प्राङ्गबु्रङ चतराते, सोही गाविसको भैसे र गोरुवाले भन्ज्याङमा विओपी स्थापना गरिसकेको छ भने ती नााकामा सिक्किम सरकारले धेरै अगाडि सीमा सुरक्षा वल र सिक्किम प्रहरी तैनाथ गरेको छ ।
चिवा भन्ज्याङदेखि वैतडीसम्म


पहाडी क्षेत्रको मेरुदण्डको रुपमा मानिएको मध्यपहाडी लोकमार्ग चिवा भन्ज्याङदेखि वैतडीसम्म १७७९ किमी लम्बाई रहेको मध्यपहाडी लोकमार्ग फिदिम कार्यालयले जनाएको छ ।
मौसम अनुकूलता र विविध कारणले यो मार्गको काम तोकिएको समयमा सम्पन्न नहुने आयोजनाले प्रष्ट पारिसकेको छ । वि.स. २०६४ सालबाट शुरु भएको यो आयोजनाको काम हालसम्म ५० प्रतिशत भन्दा कम पूरा भएको छ । १३ बर्षको अवधिमा पर्याप्त बजेट भएपनि हालसम्म ५० प्रतिशत भन्दा कम अर्थात ४९ प्रतिशतमात्र काम सम्पन्न भएको छ । आयोजनाले हालसम्म ५३.२४ प्रतिशत मात्र वित्तीय प्रगति भएको जनाएको छ ।
आयोजनाले दिएको जानकारी अनुसार लोकमार्गको कुल १७७९ किमी मध्ये ४८.६१ प्रतिशत अर्थात ९१३.३ किमी सडक कालोपत्रे गरिसकेको छ । यसमा मध्य पहाडी लोकमार्गले ४५१ किमी र अन्य आयोजनाले ४६२ किमी कालोपत्रे गरेका हुन् । मध्य पहाडी लोकमार्गका निर्देशक सुरज अधिकारीका अनुसार कहिले कोभिडका कारण, कहिले अत्याधिक चिसो, कहिले बाढी पहिरोका कारण काम लक्ष्य बमोजिम अगाडि नबढे पनि काम भने नरोकिएको अवस्था छ । वि.सं. २०८० सालसम्म मध्येपहाडी लोकमार्गको काम सम्पन्न गर्ने लक्ष्य भए पनि तोकिएको समयमा सम्पन्न नहने देखिएको इन्जिनियर अधिकरीले बताउनुभयो । इन्जियर अधिकारीले लोकमार्ग निर्देशनालय काठमाण्डौको हवाला दिँदै भन्नुभयो कुल २७० वटा ठेक्कामध्ये ३८ वटा ठेक्कामा काम मात्र पूरा भएको छ । २६ वटा ठेक्कामा म्याद गुज्रिसकेको, १२३ वटा ठेक्काहरु चलिरहेका छन्, ६७ वटा ठेक्काको म्याद थप भएको र १६ वटा ठेक्का रुग्ण अवस्स्थामा रहेका छन् ।
गौरवको आयोजना अन्तर्गत रहेको मध्यपहाडी लोकमार्गका लागि नेपाल सरकारले प्रत्येक आर्थिक बर्षमा बजेट विनियोजन गर्दै आएको छ । चालू आर्थिक बर्षमा यस आयोजनाका लागि सरकारले ८ अर्ब १७ करोड रुपैया बजेट विनियोजन गरेको छ । आयोजनाका लागि कूल ८४ अर्ब ३३ करोड लाग्ने अनुमान गरिएकोमा १३ बर्षको अवधिमा ४६ अर्ब १४ करोड रुपैया खर्च भइसकेको छ । आयोजनाको चिवा भन्ज्याङदेखि वैतडीको झुलालघाटसम्मको कुल १८७९ किमी मध्ये ९१३.३ किमी कालोपत्रे भएको छ । ६४४.७ किमी कालोपत्रे हुन बाँकी छ भने ९९ किमी ग्राभेलको काम भइरहेको छ । यस्तै आयोजनामा जम्मा १२९ पुल अनिवार्य निर्माण गर्नुपर्नुमा ८३ वटा पुल निर्माण सम्पन्न भइसकेकेको १८ वटाको काम भइरहेको छ भने २८ वटा पुलको निर्माण ठेक्का लाग्न बाँकी रहेको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।
पा“चथर कार्यालयले हालसम्म २० प्रतिशत मात्र काम ग¥यो
मध्यपहाडी लोकमार्गको काम हेर्ने पाँचथर कार्यालयले आयोजना शुरु भएको १३ बर्षमा २० प्रतिशत मात्र काम सम्पन्न गरेको छ । पाँथर कार्यालयले नेपाल र भारतको सिक्किम राज्यबीचको सीमा चिवाभन्ज्याङेखि ३८६ किमी सडक बनाउने जिम्मा पाएको हो ।
पाँचथर कार्यालयले चिवा भन्ज्याङदेखि भोजपुरको लेगुवाघाटसम्मको काम हेर्ने जिम्मा पाएको छ । चिवाभन्ज्याङदेखि लेगुवाघाटसम्मको कुल लम्बाई ३८६ किमी रहेको छ । पाँचथरदेखि तेह्रथुम, धनकुटा र भोजपुर सडक खण्डमा हालसम्म ७९.५ किमी सडक मात्र कालोपत्र भएको छ । गत आर्थिक बर्षमा तेह्रथुमको तमोर–संक्रान्ति म्याङलुङसम्म ३४ किमी भोजपुरको चखेवासम्म ६ किमी कालो पत्रे भएको थियो भने बाँकी चालू आर्थिक बर्षमा भएका थिए । यस आयोजना अन्तर्गत हाल ३५ वटा ठेक्कामा काम भइरहेको छ । रुग्ण अवस्थाका ६वटा ठेक्का भने ९ वटाले कम सम्पन्न गरिसकेका छन् ।
पर्यटन र व्यापारमा प्रचुर सम्भावना
नेपाल र भारतको सिक्किम राज्यको सीमा चिवाभन्ज्याङसम्म ट्रयाक खुलेर सवारी साधनको आवागमन भएपछि दुवै देशका स्थानीय बीचमा यतिबेला खुशी छाएको छ । सीमासम्म सवारी साधन आउजाउ भएपछि नेपालका उत्पादनहरु सिक्किमतर्फ जाने र सिक्किमका उत्पादन नेपालमा आउने हुँदा व्यापारसँगै पर्यटनको समेत सम्भावना बढेर गएको छ ।
पाँचथरका प्रमुख पर्यटकीय स्थलहरुमा कावेली, तिम्बुपोखरी, महादेव स्थान, जोर पोखरी, आगेजुङ्ग गुफा, पाथीभरा देवी स्थान (याङनाम), सिद्धदेवी स्थान, गढी मन्दिर, थाम्ले मन्दिर, किराँतहरुको प्रसिद्ध लुब्रेकुटी मन्दिर, महागुरु फाल्गुनन्दको मन्दिर, यासोकको सिद्धदेवी, देउराली, राउतेको बेहुली ढुंगा आदि हुन् । यी स्थानहको भ्रमणमा बार्षिक रुपमा हजारौ पर्यटकहरु आउने गर्छन् । यहाँ आउने अधिकांश पर्यटकहरु भारतीय नै रहने गरेको पाँचथर फिदिमका व्यवसायी नारायण ढुंगाना बताउनुहुुन्छ । उहाँ भन्नुहुन्छ उनीहरु मेची राजमार्ग हुँदै यी स्थानको भ्रमणमा आउने गर्दथे अब भने चिवा भन्ज्याङको नाका भएर आउन सक्ने छन् । चिवा भन्ज्याङ नाकाबाट आउँदा उनीहरुको समय खर्च दुवैमा कमी आउँछ । पाँचथरका अन्य ऐतिहासिक स्थलहरुमा जोरसाल गढी, आहाल गैह«ी, छाला सुकुवा डाँडा, उत्तरे फौदार पार्टी (अमरपुर), च्याखलेपाटी, जोरपाटी (एकतिन), सिम्राहा पार्टी (रानी गाउँ), तीनधारे पार्टी फिदिम,जोसाल पार्टी, हेवा खोला पाटी (नागिन) मनी महत्वपूर्ण स्थानका रुपमा चर्चित छन् ।
चिनियाँ नागरिकहरुको अवैध प्रवेशको आशंका
चिवाभन्ज्याङसम्म आवागमन सहज भएपछि दुवै देशका नागरिकहरु सामन्य परिचयपत्र देखाएर आवातजावत गर्न सक्छन् । सिक्किम प्रवेशमा चिवा भन्ज्याङ नाकालाई यस भन्दा अगाडि पनि दुई देशका नागरिकले प्रयोग गदेै आएका थिए ।
नेपालको ताप्लेजुङ्ग र पाँचथर जिल्ला चीनको स्वशासित क्षेत्र तिब्बतसँग पनि जोडिएको छ । चिनियाँ नागरिकहरु यहाँका वहुमूल्य जडीबुटी खरिद गर्न निर्वाध रुपमा आउजाउ गर्छन् तर यो सुविधा नेपालीरुलाई तिब्बत प्रवेशमा छैन । अब चिनियाँ नागरिकले चिवाभन्ज्याङ नाका प्रयोग गरेर सिक्किम प्रवेश गर्न सक्ने चिवा भन्ज्याङ्गमा रहेको भारतीय सीमा सुरक्षा बललाई रहेको छ । चिनियाँ र ताप्लेजुङ, पाँचथरका रैथानेहरुको अनुहारमा खासै भिन्नता नहुने र भाषिक ज्ञान पनि करिब करिब उस्तै हुने भारतीय सीमा सुरक्षा बलका एक अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया