धरान÷धरानका अग्रज पत्रकार, नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव, बरिष्ठ साहित्यकार, नेपालको प्रजातान्त्रिक आन्दोलनका हस्ती गिरिराज आचार्यको नाममा नेपाल प्रेस युनियन धरान सुनसरीले गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कारका लागि १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।
अक्षय कोष नेपाली काँग्रेस धरान उपमहानर समितिका सभापति तथा धरान उपमहानगर पालिकाका प्रमुख तिलक राईले बैंकमा जम्मा भएको आफनो पारिश्रमिक, भत्ताबाट उपलब्ध गराउनु भएको हो ।
वि.सं. २००७ सालमा जन्मनु भएका आचार्य पञ्चायत व्यवस्था दमनको उत्कर्षमा रहेको अवस्थामा २०४१ सालदेखि पूर्व टाइम्स साप्ताहिक प्रकाशन आरम्भ गर्नुभएको थियो । बीपी कोइरालाको ‘राष्ट्रिय मेल मिलापको मूल नारालाई पत्रिकाको हेडलाइनमा’ राष्ट्रिय मेलमिलापप्रति समर्पित भन्ने वाक्यांश राखेर पत्रिका प्रकाशन गरेवापत तत्कालीन शासकले उहाँलाई अनेकौ दुःख दिएका थिए । कहिले स्पष्टीकरण सोध्ने, कहिले अनावश्यक मुद्दा लगाउने, कहिले गिराÏतार गर्ने, कहिले तारेखमा छाड्ने काम गरिरहे । उहाँले चन्द्रामसी मासिक समेत प्रकाशन गर्नुभयो । जसमा बीपी, गणेशमान सिह, लक्ष्मीपसाद देवकोटा लगायतका विशेषांकहरु प्रकाशित भएका थिए । आचार्यको व्यक्तित्व र कृतित्वका बारेमा भोला ओझा, डा. महानन्द तिम्सिनाले सोधपत्र तयार गर्नुभएको थियो भने उहाँका उपन्यासका सम्बन्धमा प्रा. हरि त्रितालले शोधपत्र गर्नुभएको थियो ।
वि.संं २०३६ सालको विद्यार्थी आन्दोलनमा उहाँ पहिलो पटक जेल पर्नुभएको थियो । त्यसभन्दा अगाडि उहाँ जेल नपरेपनि वि.सं. २०२५ सालमा बीपी कोइराला जेलमुक्त भएपछि धरानको पब्लिक हाइस्कुलमा आयोजित कार्यक्रममा प्रहरीले उहाँसगै कृष्ण अग्रवालमाथि दुव्र्यवहार गरेको थियो । वि.संं. २०४२ सालको सत्याग्रहमा उहाँलाई घरैबाट गिराÏतार गरी विराटनगर जेल पु¥याइयो । २०४६सालको पहिलो जन आन्दोलनमा उहालाई पुन गिराफ्तार गरी सुनसरीको लौकही प्रहरी कार्यालयमा राखियो । त्यसबेला उहाँसँगै रामबहादुर बस्नेत, सीताराम मेहता, नक्छेदी मेहता, अगमलाल चौधरी लगायत दर्जनौलाई राखिएको थियो । उहाँको वि.सं. २०२७ सालको विद्यार्थी आन्दोलन, जनमत संग्रह घोषणा गर्न बाध्य पारिएको २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ र २०६२÷०६३ का आन्दोलनमा सक्रिय भूमिका रहयो ।
आचार्याले प्रजाान्त्रिक आन्दोलनलाई अगाडि बढाउन साहित्य र पत्रकातिालाई समेत साथ लिनु भएको थियो । बिर्सेका बन्दीहरु बुकलेट, आम चुनाव बहिरष्कार गरौ बुकलेट, जनमत संग्रह (ऐतिहासिक दर्पण), महानायक गणेशमान, बन्दी यातना शिविरबाट फर्कदा, नेपाली काँग्रेसमा राई, लिम्बु, गुरुङको योगदान, बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति, बीपी, जीपी र सुनसरी (हाल प्रेसमा) रहेका छन् भने साहित्यतर्फ मेरी रजनी कविता संग्रह , सानीको सपना कथासंग्रह, जनउदय नाटक, भानुभक्त र नेपाली भाषाको विकास, नेपाली भाषा र साहित्यका केही समस्याहरु, विस्थापित यौवन (उपन्यास), तुलसा उपन्यास र हवाई पत्र (मुक्तक संग्रह) प्रकाशित गर्नुभएको छ । साहित्यतर्फ उहाँले महाकवि देवकोटाको पञ्चतन्त्र, बीपी कोइरालाका साहित्यिक विचारहरु, जगदीश नेपालीका लघु कथाहरु, विस्फोट (कविता संग्रह), सडक कविता (क्रान्ति), बमबहादुर राई स्मृति ग्रन्थको सम्पादन गर्नुभएको छ । उहाँ दर्जन भन्दा बढी राजनैतिक संघ सस्था र साहित्यिक, पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ । गणेशमान पत्रकारिता सम्मान विराटनगर, महानन्द सम्मान धरान, शनिवसरीय साहित्यिक सम्मानबाट अभिनसन्दत, स्वामी प्रपन्नाचार्य चतुर्भुज पुरस्कार, रिपोटर्स क्लब सुनसरीबाट सम्मान, नेपाली साहित्य सम्मान उर्लाबारी, मोति संस्मरण समिति धरान, लक्ष्मी वाचनालय–देवकोटा सम्मान, तारानीधि मनमाया पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन, कवि शिरोमणि साहित्य साधना समाज नई प्रकाशनको नई भाजप पुरस्कार काठमाण्डौ, पत्रकारितातर्फ धरान नगरपालिका स्वर्ण महोत्सव २०६७ बाट विशेष सम्मान, क्रान्तिकारी पत्रकार संघ सनुसरी इटहरीबाट अभिनन्दनपत्र, लक्ष्मी गुभाजु स्मृति प्रतिष्ठान विराटनगरबाट साहित्य, राष्ट्रसेवा, पत्रकारिता स–सम्मान पुरस्कार, जीवन स्मृति प्रतिष्ठान दमकद्वारा पत्रकारिता एवम वाङ्मयको जीवन स्मृति प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।
आफ्नो नाममा सिर्जनशील पत्रकारिता पुरस्कार घोषणा भएकोमा बरिष्ठ पत्रकार आचार्यले खुशी मात्र व्यक्त गर्नुभएन उहाँ भावुक पनि देखिनुभयो । पार्टी प्रतिबन्दित अवस्थामा भारतीय चर्चित सञ्चार माध्यमहरु नव भारत टाइम्स, जागरण लगायतमा छद्मभेषी नामबाट प्रजातन्त्र स्थापनाका लागि वल पुग्ने लेख, रचना प्रकाशित गरेको स्मरण गर्नुभएको थियो । उहाँको त्यसबेला वनारसबाट प्रकाशित हुने नेपाली काँग्रेसको मुखपत्र तरुणमा समेत निरन्तर लेख रचना प्रकाशित गर्नुभएको थियो । तरुण पत्रिका नेपालमा त्यसबेला प्रतिबन्धित थियो भने त्यसको सम्पादकमा पूर्व प्रधानमन्त्री सुशिल कोइराला, चक्र वास्तोला, शैलजा आचार्य, प्रदीप गिरी रहनु भएको थियो ।
सो अवसरमा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आचार्यको नाममा पुरकारको घोषणा हुनु अत्यन्तै सकारात्मक भएको बताउदै मान्छे जिउँदो हुँदा नै सम्मान पाउनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले तिक्तता पोख्दै भन्नुभयो काँग्रेस पटक पटक सत्तामा पुग्यो, मञ्चमा आसिन व्यक्तिहरु पनि कुनै न कुनै लाभको पदमा पुग्नु भएको छ । तर सञ्चार माध्यममा कनै लगानी गर्नुभएन, उल्टै युनियनसँग आवद्ध पत्रकारलाई समाचार लेखेन भनेर आरोप लगाउनुहुन्छ । उहाँले प्रश्न गर्नुभयो तपाईले के गनुभयो ? सो अवसरमा प्रदेशसभा सांसद चन्द्रप्रसाद श्रेष्ठ, पूर्व संघीय सांसद मीना सुब्बा, भीष्म काफले लगायतले आचार्यको नाममा पुरस्कारको घोषणा भएकोमा खुशी व्यक्त गर्नुभयो ।
