धरान÷नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी उसले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाले बढाएको हो ।
पेट्रोलियम पदाथको नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय १०, डिजेल र मट्टीतेल प्रतिलिटर ९३ कायम भएको छ । यसभन्दा अगाडि पेट्रोल प्रतिलिटर १०८ र डिजल, मट्टितेल ९१ रुपैया रहेको थियो । निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने स्थिर राखेको छ ।
मुलुक राजनीतिक अनिश्चिततामा रहेको अवस्थामा निगमले मूल्य बढाएको हो । पदीय भागबण्डा नमिल्दा सडक आन्दोलमा रहेका दलहरुले मूल्य बृद्धिका सम्बन्धमा कुनै मुख खोलेका छैनन् । विगतमा पेट्रोलियम पदार्थमा एक रुपैया मूल्य बृद्धि हुँदा पनि चर्का नारा जुलुस गर्नेै राजनैतिक दल, तिनका भातृ संगठन, विद्यार्थी संगठनहरुले समेत मूल्य बृद्धिको विरोधमा कुनै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छैन्न् । पेट्रोलियम पदार्थको मूल्य बृद्धिसँगै अब ढुवानी भाडा, यातायात भाडा लगयतमा बृद्धि हुने भएकोले महँगी अझै बढ्ने सरोकारवालाहरु बताउँछन् ।
