मर्यादा पालक थपिए, कुर्सी वेल्डिङ गरिए

धरान÷आज बुधबारबाट आवहान गरिएको प्रदेश नं. १ को संसदको हिउँदे अधिवेशन सञ्चालन हुनपूर्व मयार्दा पालकको संख्या थप गर्दै सांसदहरु बस्ने कुर्सीलाइ फलामे पाताले बेरेर वेल्डिङ गरिएको छ ।
सत्तासीन नेकपाभित्रको पदीय भागबण्डा नमिल्दा विभाजित भएको अवस्थामा एक अर्काले कार्वाहीको प्रक्रियालाई अगाडि बढाएसँगै दुवै पक्षबीचको सम्भावित झडपलाई मध्यनजर गरी मर्यादा पालकको संख्या बढाइएको छ र कुर्सीहरुलाई फलामे पाताले बेरेर वेल्डिङ गरिएको प्रदेश नं. १ का सचेतक बुद्धिनारायण राजभण्डारीले बताउनुभयो ।
प्रदेश नं. १ मा प्रधानमन्त्री केपी ओली पक्षका मुख्यमन्त्री रहेका छन् । माधव–प्रचण्ड समूहले राईलाई संसदीय दलको नेताबाट बर्खास्त गरेसँगै राइका विरुद्धमा पौष १२ गते ३७ जना सासदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविस्वासको प्रस्ताव टेबुल गर्ने कुरामा सभामुखको महत्वपूर्ण भूमिका रहने गर्छ । यसै सम्बन्धमा सभामुख प्रदीप भण्डारी सँग सम्पर्क राख्दा उहँले भन्नुभयो नियम र प्रक्रिया अनुसर अधिवेशन अगाडि बढ्छ । तर टेवल गर्ने सवालमै झडपको सम्भावना देखिएकोले साविकका ४७ जना मर्यादा पालक बाहेक १० जना थप गरी ५७ जना पु¥याइएको प्रमुख सचेतक राजभण्डारीले बताए । प्रदेश सभामा नेकपाका ६७ जना सांसद रहेका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ मध्ये तीन जनाले सोमबार आफ्नो समर्थन फिर्ता लिएका छन् भने दुई जनाले यस भन्दा अगाडि नै समर्थन फिर्ता लिएको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया